Khabar Dabali १ जेष्ठ २०८३ शुक्रबार | 15th May, 2026 Fri
Investment bank

सहकारीमा रकम वचतको ग्यारेन्टी आजको आवश्यकता: सभापति देउवा

खबरडबली संवाददाता

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सहकारीमा रकम जम्मा गर्नेहरुको रकमको ग्यारेन्टी हुनु आजको आवश्यकता भएको बताएको छन ।

शनिवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएको हो । उनले वर्तमान अवस्थामा सहकारी क्षेत्रमा देखापरेका विभिन्न किसिमका विकृति, विसंगतिहरुको अन्त्य गर्न जरुरी रहेको बताए । 

उनले वास्तविक सहकारी आन्दोलनको विकास, बिस्तारका लागि सबै सहकारीहरु सहकारीको सर्वमान्य आधार, मूल्य, मान्यता र सिद्धान्तअनुसार सञ्चालन हुनुपर्छ भन्नेमा पार्टी प्रतिबद्ध रहेको बताए। 

उनले आम नागरिकहरुले दुःख कष्ट, मेहनत गरेर सहकारीमा जम्मा गरेको लाखौँ रकम सहकारी सञ्चालकले अपचलन र दुरुपयोग गर्दा वचतकर्ताहरु पीडित भएको बताए ।

सरकारले समयानुकूल सहकारीमैत्री ऐन, नियमहरुको व्यवस्था गर्नुपर्ने महसुस गरेर अध्यादेश ल्याएको बताए। उनले सहकारी आन्दोलनमा गुणात्मक सुधार हुँदा समग्र अर्थतन्त्रमा नै सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे। 

सभापति देउवाले ने, ‘‘वर्तमान अवस्थामा सहकारी क्षेत्रमा देखा परेका विभिन्न किसिमका विकृति, विसंगतिहरुको अन्त्य गरी वास्तविक सहकारी आन्दोलनको विकास, बिस्तारका लागि सबै सहकारीहरु सहकारीको सर्वमान्य आधार, मूल्य, मान्यता र सिद्धान्तअनुसार सञ्चालन हुनुपर्छ भन्नेमा पार्टी प्रतिबद्ध छ । आम नागरिकहरुले अत्यन्त दुःख कष्ट, मेहनत गरेर सहकारीमा जम्मा गरेको लाखौँ वचतकर्ताहरु सहकारी पीडित भएका छन् । त्यो रकम सहकारी सञ्चालकले अपचलन र दुरुपयोग गरेको सन्दर्भमा वचतकर्ताहरुको वचतको ग्यारेन्टी हुनुपर्दछ र आजको आवश्यकता पनि त्यही हो । सहकारीकै कारण सामुदायिकको स्वावलम्वीकरण, गरिवी उन्मुलन, लोकतान्त्रिक समाजवादको संस्थागत हुन्छ भन्ने कुरामा विश्वास राख्दछ । यसका लागि सरकारले समयानुकूल सहकारीमैत्री ऐन, नियमहरुको व्यवस्था गर्नुपर्ने महसुस गरेर अध्यादेश ल्याएको छ । सहकारी आन्दोलनमा गुणात्मक सुधार हुँदा समग्र अर्थतन्त्रमा नै सकारात्मक प्रभाव पर्दछ ।’’

सभापति देउवाले नेपाली काँग्रेसले सहकारीको मर्म र भावनाअनुसार समाजका विभिन्न वर्गको जीवनस्तर उकास्न सहकारी आन्दोलनलाई आम नागरिक समक्ष पुर्‍याउन अभियानको रुपमा बिस्तार गर्न लागिपरेको बताए । 

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विद्यार्थी संगठनमा प्रतिबन्धको तयारीविरुद्ध राजधानीमा प्रदर्शन

काठमाडौं । संयुक्त विद्यार्थी संगठनले ६२औँ विद्यार्थी दिवसको अवसरमा राजधानीमा प्रदर्शन गरेका छन् । शुक्रबार त्रिचन्द्र क्याम्पसदेखि आरआर क्याम्पससम...

राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीले दिए पदबाट राजीनामा

काठमाडौं । राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार कामीले जेठ...

प्रधानमन्त्री बालेन र अर्थमन्त्री वाग्लेबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र अर्थमन्त्री डा। स्वर्णिम वाग्लेबीच शुक्रबार भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको...

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली। मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका कारण भारतमा पेट्रोलियम पदार्थको मूल्य बढ्न थालेको छ । भारतीय सरकारी तेल कम्पनीले...

अमेरिकी राष्ट्रपति ट्रम्प–चिनियाँ राष्ट्रपति सीबीच व्यापार सहमति

बेइजिङ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भएको उच्चस्तरीय भेटवार्तापछि दुवै देशबीच ‘उत्कृष्ट व्यापार सम्झौता’ भएको द...

महालेखा परीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । शुक्रबार राष्ट्रपति भवन शीतल न...

कास्कीमा प्रहरी प्रमुखकै नेतृत्वमा ‘सरप्राइज चेकिङ’

कास्की। जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–२५, हेमजामा विशेष ‘सरप्राइज चेकिङ’ गरेको छ । सवारी दुर्घटना न्यूनीकरण तथा प्रहरीको कार्यसम्...

हर्कलाई ज्ञानेन्द्र शाहीको अपिल: प्रधानमन्त्रीको राजीनामा माग्नुपर्ने कारण छैन, जनताको मतको सम्मान गरौं

काठमाडौं । राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको राजीनामा माग्नु उचित नभएको बताए...

रौतहटमा एचआइभी संक्रमितको संख्या उच्च

रौतहट। रौतहटमा एचआइभीरएड्स संक्रमितको संख्या उच्च रहेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय रौतहटको तथ्याङ्कअनुसार हाल जिल्लामा चार सय २५ जनामा एचआइभ...

पाकिस्तानमा आत्मघाती आक्रमण: नौजनाको मृत्यु २१ घाइते

पाकिस्तान । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्काउट्स क्याम्पमा भएको आत्मघाती आक्रमणमा नौ जना सुरक्षाकर्मीको मृत्यु हुनुका साथै २१ जना घाइते भएको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending