मकवानपुर । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले सरकारले संसद्लाई छलेर अध्यादेश ल्याउनु व्यवस्था माथि कै हमला भएको बताएका छन् । सरकारले संसद्लाई कमजोर र विस्थापित बनाउन खोजेको समेत उनले आरोप लगाएका छन् ।
प्रेस सेन्टर नेपाल मकवानपुरले शनिवार हेटौँडामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव गुरुङले सरकारले ३१ वटा कानुनलाई अध्यादेश मार्फत संशोधन गर्नुले सरकारको नियत नै गलत भएको बताए । महासचिव गुरुङले विगतमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले थालेको भ्रष्टाचार विरोधी अभियानलाई केपी शर्मा ओली नेतृत्वले सरकारले रातारात उल्टाउने काम गरेको बताए ।
‘देशको लोकतन्त्र र राष्ट्रियतामाथि खतरा पैदा भएको छ । सरकारको सोच र चिन्तनको कारण मुलुक गम्भीर सङ्कटमा फस्दै गएको छ । अन्तर्राष्ट्रिय राजनीतिमा देखिएको फेरबदलले नेपालको स्वाधीनताको रक्षा गर्न चुनौतीपूर्ण देखिएको छ’ उनले भने ।
मुलुकको स्वाधीनताको रक्षा गर्न अङ्गीकार गर्नुपर्ने परराष्ट्र नीति समेत सरकारले अङ्गीकार गर्न नसकिएको उनले बताए । सुशासनको नाममा सरकारले भ्रष्टाचारी र कमिसनतन्त्रलाई प्रशय दिने काम गरेको उनले बताए । ‘विकास, सुशासन र समृद्धिको बाधक भ्रष्टाचार र कमिसनतन्त्र हो,' उनले भने, 'यसका कारण मुलुकको आर्थिक अवस्था चौपट भइसकेको छ । तर, यसलाई नियन्त्रण गर्नुभन्दा पनि संरक्षण गर्ने प्रक्रियाबाट सरकार अगाडि बढिरहेको छ ।’
उनले मुलुकको स्वाधीनता रक्षा गर्ने दायित्व सरकारको भएकाे बताउँदै सरकारले जुन किसिमको परराष्ट्र नीति अवलम्बन गर्नुपर्ने हो, त्यस प्रकारको काम गर्न सकिरहेको छैन,' उनले भने । जसले गर्दा मुलुकको राष्ट्रिय स्वाधीनतामाथि गम्भीर संकट पैदा भइरहेको उनकाे भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २२ गते, २०८१ - २१:१२
उदयपुर । उदयपुर सदरमुकाम गाईघाटमा बोलेरो जिपको ठक्करबाट एकै घरका दिदीबहिनीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदा...
फाल्गुन २२ गते, २०८१ - २१:०६
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न छ मुलुकका नवनियुक्त गैरआवासीय राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट...
फाल्गुन २२ गते, २०८१ - २०:२८
काठमाडौं । पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगरपालिकाबीच धर्मशाला सञ्चालन गर्ने बारेको सम्झौता खारेज भएको छ । उच्च अदालत पाटनले सो सम्झौता खा...
फाल्गुन २२ गते, २०८१ - २०:२३
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले चार बुँदे स्पष्टीकरण सोधेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद्को ...
फाल्गुन २२ गते, २०८१ - २०:०४
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अजरबैजान र सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ...
फाल्गुन २२ गते, २०८१ - २०:००
पाेखरा । गण्डकी प्रदेश सभाको बिहीबार भएको सातौं अधिवेशन अन्तर्गतको चौथो बैठकमा चार विधेयक पेश भएका छन् । सभामा उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्य...
फाल्गुन २२ गते, २०८१ - १९:५५
बाँके । दस किलो लागुऔषध चरेससहित नेपाल भारत सीमा पारी रुपैडिहाबाट एक नेपाली नागरिक पक्राउ परेका छन् । नेपाल भारत नाकाको भारतीय चेकपोष्टमा भारतीय ...
फाल्गुन २२ गते, २०८१ - १९:५०
काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताको बलबाट गलहत्याइएका सामन्ती प्रेतहरूले टाउको उठाउने प्रयास गरे जनता...
फाल्गुन २२ गते, २०८१ - १९:४१
काठमाडौं । नेपाली सैनिक वार कलेज, नगरकोटमा हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सुरु भएको छ । बलाध्यक्ष रथी प्रदीप जंग केसीले एक कार्यक्रमका बिच ताल...
फाल्गुन २२ गते, २०८१ - १९:३७
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय महत्वका आयोजनाहरु मात्र संघले गर्ने भएकाले नयाँ बजेटका लागि आयोजनाहरु प्रस्तुत ग...
प्रतिकृया लेख्नुहोस्: