Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

संसद्मा दर्ता भएको नेपाल नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक सकारात्मक

खबरडबली संवाददाता

काठमाडौँ । सरकारले प्रतिनिधिसभामा दर्ता गरेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकका प्रावधान सकारात्मक रहेको भन्दै नागरिक अधिकारका लागि नागरिक समाज सञ्जालले स्वागत गरेको छ । 

विधेयकमा कुनै व्यक्तिको जन्मदर्ता वा शैक्षिक योग्यताको प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्रमा बाबुको नाम उल्लेख भए पनि निजको बाबुको अन्य पहिचान नखुलेको र हाल सम्पर्कमा नरहेको भनी निजले स्वःघोषणा गरेमा त्यस्तो व्यक्तिको बाबुको पहिचान नभएको मानी वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यवस्था गर्नु स्वागतयोग्य रहेको सञ्जालले जनाएको छ । 

सञ्जालका साथै महिला, कानुन र विकास मञ्चले आज यहाँ संयुक्त रूपमा आयोजना गरेको छलफल कार्यक्रममा विधेयकमा छ वटा सकारात्मक बुँदा रहेका जानकारी गराइएको हो । 

विधेयकमा नेपालको नागरिक आमाबाट विदेशमा जन्म भई नेपालमा बसोबास गरेको, विदेशको नागरिकता वा राहदानी नलिएको र बाबुको पहिचान नभएको व्यक्तिले तोकिएबमोजिम स्वःघोषणा गरेमा अङ्गीकृत नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । 

नेपाली नागरिकताको प्रमाणपत्रमा र कुनै व्यक्तिले नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर, ठेगाना उल्लेख गर्न नचाहेको भनी निवेदन दिएमा त्यस्तो व्यक्तिलाई दिइने नेपाली नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर तथा ठेगाना उल्लेख हुनुपर्ने स्थानमा कुनै व्यहोरा उल्लेख नगरी दिनुपर्ने व्यवस्था पनि सकारात्मक रहेको वरिष्ठ अधिवक्ता मीरा ढुङ्गानाले बताए । 

सोह्र वर्ष उमेर पूरा नभएको र बाबु वा आमामध्ये कम्तीमा एक जना नेपाली नागरिक रहेकालाई अधिकारीले तोकिएबमोजिम नाबालक परिचयपत्र प्रदान गर्नसक्ने व्यवस्था विधेयकमा गरिनु पनि सकारात्मक रहेको मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले उल्लेख गरे । 

निवेदकले नेपाली नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर, ठेगाना उल्लेख गर्न नचाहेको भनी निवेदन दिएमा सोहीअनुसार व्यवस्था मिलाउनुपर्ने व्यवस्था विधेयकमा गरिएको छ । प्रस्तावित संशोधित विधेयकबाट लामो समयसम्म नेपाली आमाबाट सहज रूपमा नागरिकता प्राप्त गर्न नसक्नेले अब राहत पाउने आशा गरिएको अधिवक्ता विनोदचन्द्र देवकोटाले बताए । 

संविधानसभाबाट निर्मित नेपालको संविधान, २०७२ ले प्रदान गरेको मौलिक हकमध्ये नागरिकता प्राप्त गर्ने हक धारा ११ मा सुनिश्चित गरिएको छ । विभिन्न व्यावहारिक कठिनाइका कारण कैयौँ नेपाली अनागरिक हुनुपर्ने बाध्यता रहेको छ । 

सर्वोच्च अदालतबाट प्रतिपादित नजिरहरू स्वेता श्रीवास्तवविरुद्ध जिल्ला प्रशासन कार्यालय भएको रिट निवेदन, निवेदक सुरज घिमिरे रहेको परमादेश, सविना दमाईंविरुद्ध सरकार भएको मुद्दा, निवेदक कृष्टिना महर्जन भएको मुद्दा, निवेदक रुबी बस्नेत भएको रिट निवेदनको फैसलालाई समेट्दै तथा सरकारले अनुमोदन गरेको महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धिलगायत अन्तर्राष्ट्रिय सन्धि सम्झौताको मर्मसमेत आत्मसात गर्दै नेपाल नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन हुन लागेको मञ्चले जनाएको छ । 

सरकारले सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभामा दर्ता गराएको विधेयकलाई नागरिकता अधिकारका लागि नागरिक समाज सञ्जालले हार्दिक स्वागत गर्दै आभार प्रकट गरेको छ । सञ्जालका एक दर्जन बढी संस्थाले आज संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै उक्त विधेयकमा भएका व्यवस्थाको स्वागत गरेका अधिवक्ता सन्तोष चौधरीले जानकारी दिए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending