Ntc summer Offer
Khabar Dabali २९ फाल्गुन २०८१ बिहीबार | 13th March, 2025 Thu
Investment bank

बाँकेमा ३२ प्रजातिका हिउँदे आगन्तुक जलचर चरा भेटिए

खबरडबली संवाददाता

बाँके । बाँकेमा यो वर्ष ३२ प्रजातिका हिउँदे आगन्तुक जलचर चरा भेटिएका छन् । यो वर्ष गरिएको चरा गणनाको नतिजा अनुसार उक्त सङ्ख्यामा जलचर चरा भेटिएका हुन् ।

राप्तिसोनारी गाउँपालिका–१ कुसुमस्थित राप्ति नदीबाट सुरु गरिएको गणना तथा सर्वेक्षणमा थप ३२ प्रजातिका चरा भेटिएका चरा संरक्षणकर्मी आशिष चौधरीले जानकारी दिए । “जिल्लास्थित राप्ती नदीको कुसुमबाट अगैया क्षेत्र र विभिन्न ताल एवं नदीमा जलचर चराको गणना तथा सर्वेक्षण गर्दा यो वर्ष ३२ प्रजातिका थप चरा भेटिएका हुन्”, उनले भने, “अघिल्लो वर्षको तुलनामा यो वर्ष नयाँ चराको सङ्ख्या बढेको छ ।”

चौधरीले कान्तितालमा हिउँदे आगन्तुक पानी चरा २० प्रजाति र जिल्लाभरि ३२ प्रजातिका भेटिएका जानकारी दिए । जलचरा संरक्षणका लागि सिमसार नदीनालाको संरक्षण र अन्य पूर्वाधार व्यवस्थापन प्रभावकारी बनाउन सके चराको सङ्ख्या थप वृद्धि हुने उनको भनाइ छ ।

चराविद् राम शाहीले पानी चराको बासस्थान र संरक्षणको अवस्थाका बारेमा विस्तृतमा सूचना तथा जानकारी प्राप्त हुने भएकाले चरा गणना गरिएको बताए । उनले बाँकेको राप्तीनदी तटिय क्षेत्र, सुतैया ताल, कान्तितालमा सिलसिले हाँस र जल कौवासँगै अन्य वकुला प्रजातिका चराका लागि बासस्थान सुरक्षित रहेको जानकारी दिए ।

“जलमा बस्ने चरा प्रजाति सुरक्षित तब हुन्छन् जब उनीहरूले बास गर्ने जलाशय सफा र स्वच्छ हुन्छ”, शाहीले भने, “यो वर्ष अघिल्लो वर्षको तुलनामा तालतलैया सफा भएकाले सिलसिले हाँस र जल कौवाको सङ्ख्या बढेको हो ।” ती चखेवासहित साइबेरियन र रसियाबाट नेपाल फर्केका चरा रहेका उनले जानकारी दिए ।

डिभिजन वन कार्यालय बाँकेका प्रमुख डिभिजन वन अधिकृत शङ्करप्रसाद गुप्ताले जलचर चराहरूको गणनाबाट यो वर्ष थप ३२ चरा प्रजातिका चराको सङ्ख्यामा वृद्धि भएको बताए । चराको मुख्य बासस्थानका रूपमा रहेको राप्तीनदी र कान्तिताललगायत जलाशय क्षेत्रमा मानवीय गतिविधि र प्रदूषण रोकथान गरेसँगै सङ्ख्या वृद्धि भएको उनको भनाइ छ । कान्तिताल महत्वपूर्ण सिमसार भएको बताउँदै चरा संरक्षण क्षेत्रका रूपमा यसलाई विकसित गर्नुपर्नेमा उनले जोड दिए । 

बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मन्दिप पङ्गेनीले यो वर्षको हिउँदे मौसममा गरिएको चरा गणना र सर्वेक्षणमा नयाँ र चाख लाग्दा चरा भेटिएका बताए । उनले राप्तीनदीको आसपास क्षेत्र, स्थानीय वन, कान्तिताल र सुतैया तालमा आगामी वर्ष चराको सङ्ख्या वृद्धि गर्न उनीहरूको बासस्थानलाई सफा र सुरक्षित राख्न विशेष योजना बनाइने जानकारी दिए । 

बर्सेनि हुने सर्वेक्षण तथा गणनाबाट चराको बासस्थान व्यवस्थापनका लागि अपनाउनुपर्ने उपायका बारेमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । बर्दियामा पनि चराको सर्वेक्षण तथा गणना सकिएको छ । रैथाने चराको गरणा हुन बाँकी रहेको चरा संरक्षणकर्मी चौधरीले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिंहदरबार ग्यालरी बैठक भवनको ‘रेट्रोफिटिङ’ को भौतिक प्रगति २० प्रतिशत

काठमाडौं । सिंहदरबारस्थित ग्यालरी बैठक भवनको ‘रेट्रोफिटिङ’ को भौतिक प्रगति २० प्रतिशत देखिएको छ । सङ्घीय संसद्, राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्...

सर्वोच्च अदालतद्वारा वीरगञ्जको मुख्य सडक विस्तार विरूद्धको रिट खारेज

वीरगञ्ज । सर्वोच्च अदालतले लामो समयदेखि अदालतमा विचाराधीन रहेको वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार गर्ने विरूद्धको रिट खारेजी गरेको छ । वीरगञ्जका छु...

ट्रम्पको पत्र ‘चाँडै’ प्राप्त गर्ने इरानको भनाइ

इरान । इरानका शीर्ष कूटनीतिज्ञले आफ्नो मुलुकसँग आणविक सम्झौता गर्न आह्वान गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पत्र एउटा अरब देशले चाँडै नै तेहरा...

उपत्यकासहित केही प्रदेशमा हावाहुरीसहित सामान्य वर्षा

काठमाडौं । बुधबार साँझ काठमाडौं उपत्यकासहित देशका केही स्थानमा हावाहुरीसहित पानी परिरहेको छ । गण्डकी, बागमती र कोशी प्रदेशका केही जिल्लामा मेघगर्जन, च...

राष्ट्रिय खेलकुद परिषद सदस्यमा कटारीका कार्कीले लिए सपथ

युवराज कार्की (सन्ताेष) उदयपुर । राष्ट्रिय खेलकुद परिषद सदस्यमा मनोनित भएका कटारी बजारका व्यवसायी प्रयास कार्कीले सपथ लिएका छन् । कार्कीलाई नेपाल स...

भिजिविलिटीका कारण विमान आकाशमै ‘होल्ड’

काठमाडौं । प्रतिकुल मौसमका कारण आवश्यक भिजिविलिटी नहुँदा आन्तरिक र अन्तरराष्ट्रियतर्फका हवाई उडान प्रभावित भएका छन् ।  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्...

शिक्षा ऐन जारी गर्नेगरी काम अगाडि बढेको छ: पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले शिक्षा ऐन अहिलेकै संसद्को अधिवेशनबाट जारी गर्नेगरी सरकारले काम अगाडि बढाएको बताएका छन् ।  ललितपुर...

प्रेस चौतारी प्रतिष्ठान प्रदेशको अध्यक्षमा सरोज ढुङ्गेल निर्वाचित

काठमाडाैं । प्रेस चौतारी प्रतिष्ठान प्रदेशको दोस्रो अधिवेशनले सरोज ढुङ्गेलको अध्यक्षतामा सर्वसम्मत २४ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । बुधबार...

फिलिपिन्सका पूर्व राष्ट्रपति डुटेर्तेलाई हेग लगिँदै, स्वदेश फिर्ता गर्न छोरीको अपिल

फिलिपिन्स । फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो डुटेर्तेका वकिलले लागूऔषधविरुद्धको घातक कारबाहीका लागि अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) मा सुनु...

युक्रेन युद्धविराम प्रस्तावबारे अमेरिकी सूचना पर्खिरहेको क्रेमलिनको भनाइ

मस्को । रूसले साउदी अरबमा भएको वार्तापछि किएभ सहमत भएको युक्रेनमा प्रस्तावित युद्धविरामको विस्तृत विवरणबारे अमेरिकाले जानकारी गराउने प्रतीक्षा गरिरहेक...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy