Ntc summer Offer
Khabar Dabali २७ माघ २०८१ आईतवार | 9th February, 2025 Sun
Investment bank

वसन्तपञ्चमीः मिथिलाको बहुआयामिक पर्व

खबरडबली संवाददाता

महोत्तरी । आज माघ शुक्ल पञ्चमी अर्थात् हिन्दू वैदिक परम्पराको वसन्तपञ्चमी पर्व । मधेशको प्राचीन मिथिलाक्षेत्रमा श्रीपञ्चमी पनि भनिने यस पर्वमा कैयौं परम्परा जोडिने हुँदा यो यहाँ बहुआयामिक महत्वको रुपमा रहँदै आएको छ ।

मिथिलामा मुख्यतः विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजन परम्परासँग जोडिएको यो पर्वमा ससाना नानीहरुलाई अक्षरारम्भ गराइने मैथिल परम्परा छ । “यो सरस्वती पूजनोत्सव र विद्यारम्भसँग सम्बद्ध पर्व हो”, मैथिल लोकपरम्पराका ज्ञाता जलेश्वर–४ सुगाभवानीपट्टीका बासिन्दा ८७ वर्षीय कृष्णचन्द्र झा भन्छन्, “यसै परम्पराअनुसार यो पर्वका दिन ससाना नानीलाई खरीपाटी समाउन लगाउने चलन छ ।” पहिलेको खरीपाटीको ठाउँ भने अब कापी, कलम र पेन्सिलले लिएको उनले स्पष्ट पारे ।

माघ शुक्लपञ्चमीका दिन अक्षरारम्भ गराइएका बालबालिकाले पढे लेखेको कुरा सहजै टिप्छन् भन्ने मान्यताले वसन्तपञ्चमी पर्व लेखपढको राम्रो मुहूर्त मानिँदै आइएको हो । अक्षराम्भ गराइने बालबालिकालाई व्यञ्जन वर्णमालाको पहिलो अक्षर ‘क’ लेख्न सिकाइन्छ । ‘क’ पूर्वीय दर्शन परम्परामा व्यञ्जन वर्णमालाको पहिलो अक्षरमात्र नभई ब्रह्मस्वरुप भएको हुँदा यसको लेखन र वाचन अभ्यासले परंब्रह्मको आराधना पनि हुने पूर्वीय दर्शन तथा मैथिल परम्पराका ज्ञाता बलवा नगरपालिका–१० धमौराका ७० वर्षीय कामेश्वर झा बताउनुहुन्छ । पर्वका दिन विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाअर्चना उत्सवका रुपमा मनाइने मैथिल चलन छ ।

मिथिलामा यो मुख्य कृषि पर्वका रुपमा पनि स्थापित छ । यस दिनलाई कृषि वर्षको प्रारम्भका रुपमा मानिने पुरानो चलन छ । यस चलनअनुसार मिथिलामा श्रीपञ्चमीकै दिन किसानले वर्षभरि कृषि कार्यका लागि श्रमिकको निधो गर्ने र उनलाई पुज्ने परम्परा छ ।

किसान र श्रमिकबीच कामको र पारिश्रमिकको टुङ्गो लागेपछि श्रमिकलाई घरमा डाकेर भोजन गराइ वस्त्र र दक्षिणा दिने चलन रहेको गौशाला–४ का ७० वर्षीय रामऔतार महासेठ बताउँछन् । मिथिलामा यसै दिन किसानले बाँझो खेतमा गोरु नारेर दुई/तीन फन्को भएपनि जोत्छन् । यस दिन किसानले वर्षभरि कृषि हराभरा होस् भन्ने कामना गर्छन् । श्रीपञ्चमीका दिन खेत जोतिँदा गोरु, श्रमिक र खेत तीनै कुराबाट फलिफाप हुने जनविश्वास छ ।

यसै दिन कृषिज्यावल (कुटो, कोदालो, बञ्चरो, हँसिया, कँचिया, खुर्पी, हलो, फाली) उध्याउने,मर्मत गर्ने र नयाँ बनाउने कामका लागि लोहार (यससम्बन्धी काम गर्ने मिथिलाको जातिविशेष) तय तमन्ना (कुरा पक्कागर्ने ) परम्परा छ ।

श्रीपञ्चमी मिथिलामा ऋृतु परिवर्तनको पर्व समेत मानिन्छ । श्रीपञ्चमीसँगै वसन्त ऋतु सुरु हुने मान्यताले यस दिन मान्यजनबाट अबिर लगाएर आशिर्वाद लिने मैथिल परम्परा छ । यसलाई वसन्त उत्सवको प्रतीक मानिन्छ ।

मिथिलामा वसन्त उत्सवको परम्पराअनुसार श्रीपञ्चमीकै दिनदेखि बस्तीबस्तीमा ‘जोगिरा’ (फागुगीत) गाउन थालिन्छ । फागुन पूर्णिमाका दिन रङ् र अबिर खेलेपछि यो उत्सव समापन हुने चलन छ । यद्यपि पछिल्ला केही वर्षयता पुराना ‘जोगिरा’ गाउने ‘गवैया’ (गीत गाउने समूह) लोप हुँदै गएको छ ।

मिथिलामा श्रीपञ्चमीका दिन देवी सरस्वतीको मात्र नभएर शिव आराधना पनि सुखदायक मानिन्छ । यसै विश्वासले श्रीपञ्चमीका दिन शिवालयमा जल, पूmल र गाईको दूध चढाउने मैथिल परम्परा छ ।

साउनको सोमबार र महाशिवरात्री झैं श्रीपञ्चमी पर्वमा मैथिल टाढाटाढाका शिवालयमा तीर्थाटनका लागि जाने चलन रहेको मटिहानी–७ स्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस) का मैथिली भाषा साहित्यका उपप्राध्यापक मनोज झा मुक्ति बताउँछन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खोङटाङ–चोलन्ती–खावा–पाँचधारे सडक कालोपत्र हुँदै

भोजपुर । खोङटाङ–चोलन्ती–खावा–पाँचधारे सडक कालोपत्र थालिएको छ । मध्यपहाडी लोकमार्गको शून्यविन्दुबाट कालोपत्र थालिएको हो ।  यो सडकखण्डको करिब २५ किलो...

ड्युटीमै रहेका बेला श्वास लिन समस्या भएपछि अस्पताल पुर्‍याइयो तर उठेनन् असई चमार

महोत्तरी । महोत्तरीको जलेश्वर जिल्ला प्रहरी कार्यालय कन्ट्रोल रुममा ड्युटी गरिरहेका प्रहरी सहायक निरीक्षक (असई) सुरेन्द्र राम चमारको मृत्यु भएको छ।  ...

जसपा नेपालले संगठन निर्माण अभियानलाई निरन्तरता दिने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले संगठन निर्माण अभियानलाई निरन्तरता दिने भएको छ ।  पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले ‘जनता...

कालीमाटीमा आज तोरीको साग प्रतिकेजी २५ रुपैयाँ, अरु तरकारीको मुल्य कति ?

काठमाडौँ । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थ...

झापाबाट काठमाडौं आउँदै गरेको गाडी सिन्धुलीमा दुर्घटना हुँदा १ जनाको मृत्यु, ५ घाइते

सिन्धुली । झापाबाट काठमाडौँतर्फ गइरहेको निजी सवारी साधन दुर्घटना भएको छ ।  विपी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–५ मा आज बिहान भएको दुर्घटनामा ...

आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्ने भएका छन् । आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रि...

प्रचण्डलाई एमालेको प्रतिप्रश्न- असन्तुलित र विरोधाभाषी अभिव्यक्तिको अन्तर्य के होला ?

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा बैठकमा असन्तुलित अभिव्यक्ति दिएको...

अन्तरजातीय जोडीमाथि राज्यसंयन्त्रबाटै अत्याचार, गृहमन्त्रीविरुद्धको जाहेरी लिएन प्रहरीले

काठमाडौं । अन्तरजातीय विवाह गरेका सर्लाहीका सत्येन्द्र राम (चमार) र नेहा रौनियारको जोडीलाई छुटाउन र फसाउन गृह प्रशासनबाटै भएको अत्याचारविरुद्ध सडकदेखि...

प्रतिनिधि सभाको बैठक बस्दै, यी हुन् कार्यसूची

काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ। बैठक दिउँसो १ बजे बैठक सुरू हुनेछ।  आजको बैठकका लागि तीन वटा कार्यसूची सम्भावित भनेर राखिएको छ। बैठकमा...

६ महिनामा भित्रियो सात खर्ब ६३ अर्ब विप्रेषण

काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनाको अवधिमा रू सात खर्ब ६३ अर्ब आठ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । अर्थ मन्त्रालयले बिहिबार सार्वजनिक गरेको ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy