Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८२ आईतवार | 4th May, 2025 Sun
Investment bank

चितवन राष्ट्रिय निकुञ्जमा दुई पोथी गैँडाकाे स्थानान्तरण

खबरडबली संवाददाता

चितवन । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरबाट दुई पोथी गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गरिएको छ । शनिबार र आइतबार गरी ती गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गरिएको हो ।

दुवै गैँडालाई पूर्वी सेक्टरको खगेन्द्रमल्ली क्षेत्रमा ल्याएर छोडिएको छ । आन्तरिक स्थानान्तरणका क्रममा शनिबार १५ वर्षको र आइतबार १६ वर्षको पोथी गैँडालाई ल्याइएको निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले जानकारी दिए । उनका अनुसार शनिबार र आइतबार स्थानान्तरण गरिएका दुवै गैँडा निकुञ्जको पश्चिम क्षेत्रको अमलटारीमा रहेका गैँडा हुन् ।

शनिबार डार्ट गरीएको गैँडालाई आइतबार बिहान र आइतबार डार्ट गरिएको गैँडालाई आइताबार साँझ निकुञ्जको पूर्वी सेक्टरमा ल्याएर छाडिएको उनले जानकारी दिए । यस वर्ष चारवटा गैँडा आन्तरिक स्थानान्तरण गर्ने योजनाका साथ गैँडा स्थानान्तरणको काम गरिएको हो ।

निकुञ्जले गत वर्ष ६ गैँडा स्थानान्तरण गरेको थियो । अध्ययन टोलीले निकुञ्जलाई पश्चिम क्षेत्रका १० गैँडा स्थानान्तरण गर्न सुझाव दिएको आधारमा यसपटक थप चार गैँडा स्थानान्तरण गर्न लागिएको हो । प्राविधिक टोलीले नवलपुरमा पर्ने निकुञ्जको पश्चिम क्षेत्रको अमलटारीबाट गैँडा स्थानान्तरणको काम सुरु गरेको हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अर्थसमितिमा बाफियामाथि छलफल

काठमाडौं । बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन (बैङ्क एन्ड फाइनान्सियल इन्स्टिच्युसन एक्ट–बाफिया), २०७३ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्रतिनिधिसभाअ...

पार्टीका आन्तरिक समस्यालाई राष्ट्रिय राजनीतिमा बिसाउन हुँदैन: एमाले

काठमाडाैं । नेकपा एमालेले दलभित्रका समस्यालाई आन्तरिक रुपमै समाधान गर्नुपर्ने बताएको छ । आइतबार बसेको एमाले सचिवालय बैठकले दलभित्रका समस्यालाई राष्ट्र...

राष्ट्रिय हक्की : आर्मी सेमिफाइनलमा

काठमाडौं । विभागीय टोली नेपाल आर्मी राष्ट्रिय हक्की प्रतियोगिताको पुरुषमा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ को लिग खेलमा अपराजित रहँदै आर्म...

प्रधान सेनापति राष्ट्रिय टेनिस सुरु

काठमाडौं । नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस सङ्घको प्राविधिक सहयोगमा तेस्रो संस्करणको प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु भएको छ । ...

म्याद थपका लागि रविन्द्र मिश्रलाई लगियो अदालत

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई म्याद थपका लागि अदालत लगिएको छ।  थपिएको म्याद सकिएसँगै आज पु...

तनहुँमा स्रोत नखुलेको १४ लाख नगदसहित दुई जना पक्राउ

तनहुँ । आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट स्रोत नखुलेको नगद १४ लाख रूपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखा शहिद लख...

बाँके एकीकृत समाजवादीकाे अध्यक्षमा दीपक जिएम

बाँके । नेकपा एकीकृत समाजवादी बाँकेको आठौँ जिल्ला अधिवेशनले दीपक जिएमको अध्यक्षतामा ५३ सदस्यीय जिल्ला कमिटी निर्विरोध चयन गरेको छ । बाँकेका आठैवटा ...

प्रधानमन्त्री ओली र प्रचण्डबिच सिंहदरबारमा भेटवार्ता

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबिच सिंहदरबारमा छलफल भएको छ ।  उनीहरुबिच संक्रमणकाली न्याय तथा समसामय...

मुगुकाे सोरू गाउँपालिका एक मृत फेला

मुगु । मुगुकाे सोरू गाउँपालिका-९ स्थित छेडा भन्ने ठाउँमा सोही गाउँपालिका-९ तल्लो कालै बस्ने १८ वर्षीय हेमराज जोसी आइतबार मृत अवस्थामा फेला परेका छन् ।...

एआई र उन्नत प्रविधिवाट हुन सक्ने अपराध राेक्न प्रहरी सक्षम छः महानिरिक्षक थापा

काठमाडौं । गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आइतबार आयोजित समारोह बीच Masters of Police Sciences (MPS) कार्यक्रम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending