काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले क्यानडा, मेक्सिको तथा चीनका सामान निर्यातमा शुल्क बढाउने घोषणा गरेसँगै युरोप र एशियाका शेअर बजारहरू ओरालो लागेका छन्।
ट्रम्पले युरोपेली सङ्घ ईयूको हकमा समेत "निश्चित रूपमा" शुल्क बढाइने बताएका छन्।
जर्मन र फ्रेन्च शेअर बजार करिब दुई प्रतिशतले तल झरेको छ जहाँ कार उत्पादक कम्पनीहरूको शेअर मूल्यमा नराम्रो असर परेको छ। लन्डनको एफटीएसई १०० चाहिँ एक प्रतिशतभन्दा बढीले ओरालो लागेको छ।
बलियो डलर
मुद्रा बजारहरूमा अमेरिकी डलर बलियो भएर आएको छ जसको मूल्य चिनियाँ युआनविरुद्ध कीर्तिमान स्तरमा उच्च देखिएको छ। अर्कोतर्फ क्यानडेली डलरको मूल्य सन् २००३ यताकै न्यून बिन्दुमा झरेको छ।
लगानीकर्ताहरूका लागि एउटा अस्तव्यस्त समय आउने देखिएको छ जब ठूला कम्पनीको आम्दानी प्रभावित हुन सक्ने र विश्वव्यापी आर्थिक वृद्धि घट्न सक्ने ठानिएको छ।
क्यानडा र मेक्सिकोले अमेरिका निर्यात गर्ने सामानहरूमा २५ प्रतिशत शुल्क तिर्नुपर्ने अवस्था छ। विद्यमान शुल्कहरूका साथै चीनमा उत्पादित सामानहरूमा थप १० प्रतिशत लेभी लाग्ने भएको छ।
क्यानडा र मेक्सिकोले जवाफ स्वरूप आफूहरूले पनि अमेरिकी वस्तुहरूमा शुल्क लगाउने बताएका छन्। चीनले "जवाफी कदमहरू" चाल्ने वाचा गर्दै ट्रम्पका कदमहरूलाई विश्व व्यापार सङ्गठन डब्ल्यूटीओमा चुनौती दिने बताएको छ।
ट्रम्पले अवैध औषधिहरू तथा आप्रवासीहरूको प्रवाह रोक्नका निम्ति शुल्क लगाउन आवश्यक रहेको तर्क गरेका छन्। आइतवार राति उनले ईयूमाथि "निश्चित रूपमा" शुल्कहरू लगाइने बताए। यद्यपि यूके "त्यसभन्दा बाहिर रहेको" र एउटा समझदारी हुन सक्ने उनले उल्लेख गरे।
लगानीकर्तामा त्रास
"पूर्ण स्तरमा व्यापार युद्ध हुने सम्भावनाका कारण लगानीकर्ताहरू त्रसित देखिएका छन्," हाग्रीभ्ज लेन्जडाउनस्थित मनी एन्ड मार्केट प्रमुख सुसानाह स्ट्रीटरले भनिन्। कार निर्माता कम्पनीहरूको शेअरमा सबैभन्दा ठूलो गिरावट आएको छ। कनकि थपिएको शुल्कबाट सबैभन्दा बढी जोखिममा पर्ने क्षेत्रको रूपमा त्यसलाई हेरिएको छ।
जापानमा टोयोटाको शेअर मूल्यमा ५ प्रतिशतले र होन्डाको मूल्यमा ७.२ प्रतिशतले गिरावट आएको छ। युरोपमा स्टेलान्टिसको शेअर मूल्य ७ प्रतिशतले घटेको छ भने भोक्सवागेनको मूल्य ६ प्रतिशतले ओरालो लागेको छ।
मेक्सिकोबाट अमेरिकामा टकीला निर्यात गर्ने पेय पदार्थ उत्पादक डिआजिओको शेअर कारोबार ३ प्रतिशतले घटेको छ। एजे बेलस्थित लगानी निर्देशक रस मोउल्डले भनेः "शुल्क वृद्धिले उच्च महँगी निम्त्याउन सक्छ र तत्कालका लागि थप ब्याजदर कटौतीलाई रोक्न सक्छ- त्यो भनेको लगानीकर्ताहरूले चाहेको भन्दा ठीक विपरीत हो।"
मङ्गलवार रातिबाट क्यानडा र मेक्सिकोको हकमा शुल्क लागु हुने बताइएका बेला ट्रम्पले ती देशका नेताहरूसँग सोमवार राति कुराकानी गर्ने बताएका छन्। बीबीसी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - ०९:२५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सचिवालयले चुनावी सहकार्यका विषयमा रास्वपासँग कुनै छलफल नभएको प्रष्टीकरण दिएको छ। प...
पौष १० गते, २०८२ - ०९:०९
काठमाडौँ । चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गर्ने अन्तिम तयारी गरिएको छ। काठमाडौँ उपत्यकामा चन्द्रागिरि सम्भवतः पहिलो ‘बालश्र...
पौष १० गते, २०८२ - ०९:०२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ११ किलो तौलको माला लगाएर बधाइ तथा शुभकामना व्यक्त गरिएको छ। काठमाडौं–संखुवासभा सम्पर्क मञ्चका ने...
पौष १० गते, २०८२ - ०८:३१
कुपण्डोललाई भेटघाटको केन्द्र बनाएर यी दलका नेतासँग पनि गरे बेग्लाबेग्लै छलफल
पौष १० गते, २०८२ - ०८:११
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाएका छन् । बीस वर्षअघि बिलाउनीको झाडीले भरिएको भि...
पौष १० गते, २०८२ - ०८:००
काठमाडौं । सरकारले तोकेको प्रतिनिधिसभा निर्वाचन आउन साढे दुई महिना मात्र बाँकी रहे पनि प्रमुख दुई दल कांग्रेस र एमालेले संसद् पुनःस्थापनालाई मुख्य प्र...
पौष १० गते, २०८२ - ०७:५७
काठमाडौं । अन्तरिम सरकार गठन भएको सय दिन नाघिसक्दासमेत सम्पत्ति विवरण सार्वजनिक भएको छैन । सबै मन्त्रीहरूले सम्पत्ति विवरण बुझाइसकेको दाबी गरे पनि सरक...
पौष १० गते, २०८२ - ०७:४६
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ५१ औँ दीक्षान्त समारोह आज हुँदैछ। विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रम...
पौष १० गते, २०८२ - ०७:३५
वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको पाँच महिनाको ...
पौष १० गते, २०८२ - ०७:१९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने निर्णय ग...




प्रतिकृया लेख्नुहोस्: