नवलपुर । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर (नवलपुर क्षेत्र) बाट १० वटा गैँडा स्थानान्तरण गरी पूर्वी सेक्टर (चितवन)लगिएको छ।
गत वर्षको चैतमा ६ वटा गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गरिएको थियो भने शनिबारदेखि दैनिक एउटा गरेर चारवटा गैँडा स्थानान्तरण गरिएको हो। योसँगै चितवन राष्ट्रिय निकुञ्जले सुरु गरेको गैँडाको आन्तरिक स्थानान्तरण सकिएको छ।
निकुञ्ज पश्चिम सेक्टरको गुन्द्रही ढकाहा वनबाट १५ र १६ वर्षका दुईवटा पोथी, नमुना मध्यवर्ती सामुदायिक वनबाट १८ वर्षको भाले र १४ वर्षको पोथीलाई स्थानान्तरण गरेर निकुञ्जको पूर्वी सेक्टरमा खगेन्द्रमल्ली र प्यारी ढाप क्षेत्रमा पठाइएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जाकारी दिए।
सन् २०२२ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागको नेतृत्वमा गठित प्राविधिक कार्यदलले गरेको एक वर्ष लामो सम्भाव्यता अध्ययनले निकुञ्जको पश्चिम सेक्टरबाट १० वटा गैँडालाई स्थानान्तरण गरेर पूर्वी सेक्टरमा लैजाने सिफारिस गरेको थियो।
वन तथा वातावरण मन्त्रालयले उक्त कार्यदलको सिफारिस अनुसार १० वटा गैँडालाई स्थानान्तरण गर्न स्वीकृति दिएपछि २०८० को चैत महिना पश्चिम सेक्टरबाट ६ वटा गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गरिएको थियो।
जोखिमका हिसाबले पश्चिमभन्दा पूर्वी क्षेत्र बढी सुरक्षित रहेकाले आन्तरिक रूपमा पनि गैँडा स्थानान्तरण गर्नुपर्ने आवश्यकता औंल्याएको निकुञ्जले पश्चिमतर्फका गैँडालाई पूर्वमा स्थानान्तरण गर्ने र ‘रेडियो कलर’ लगाएर अनुगमनलाई प्रभावकारी बनाउदा गैँडालाई बाढीको क्षतिबाट बचाउन सकिने निकुञ्जमा संरक्षण अधिकृत डा। गणेश पन्तले बताए।
आनुवांशिक विविधता मिलाउनका लागि पनि यो गैँडा स्थानान्तरणले महत्त्वपूर्ण भूमिका खेल्ने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले बताए। “एक ठाउँको गैँडालाई अर्को ठाउँमा लगेर क्रस गराएर आनुवांशिक विविधता मिलाउन आन्तरिक स्थानान्तरणले महत्त्वपूर्ण भूमिका खेल्छ’, आचार्यले भने।
यसरी स्थानान्तरण गरेर नयाँ ठाउँमा लगिएका गैँडा र त्यहाँका गैँडाको प्रजनन भएर जन्मिएका गैँडामा रोग प्रतिरोध क्षमता पनि बढी रहने आचार्यको भनाइ छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २ गते, २०८२ - १७:००
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो संस्करणको सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन गरेको छिन् । उद्घाटन कार्यक्रममा उनल...
मंसिर २ गते, २०८२ - १६:५२
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको वातावरणलाई ध्रुवीकृत गर्ने र हिंसाका घटनाले बिथोल्ने जोखिमप्रति सरकार सचेत रहेको बताएकी छन्। ...
मंसिर २ गते, २०८२ - १६:३८
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले देशभर ‘एकता सन्देश सभा’ सञ्चालन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालयले सोमबार जा...
मंसिर २ गते, २०८२ - १५:४५
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी १५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको ...
मंसिर २ गते, २०८२ - १५:३४
सिड्नी।अस्ट्रेलियाले आगामी वर्ष आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु शिखर सम्मेलन (कोप-३१) का लागि टर्कीद्वारा गरिएको सह-आयोजनाको प्रस्ताव सोमबार ...
मंसिर २ गते, २०८२ - १५:१०
काठमाडौं । सर्वोच्च अदालतले मधेश प्रदेशका पाँच सांसदको पदमुक्ति तत्काल नगर्न आदेश जारी गरेको छ। न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले मधेश प्रदेशका...
मंसिर २ गते, २०८२ - १४:५०
ढाका । बंगलादेशको अदालतले गत वर्ष विद्यार्थी आन्दोलन दबाउने क्रममा ‘मानवताविरुद्धको अपराध’ गरेको आरोपमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको स...
मंसिर २ गते, २०८२ - १४:४०
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा। सुधा गौतमले सोमबार वीर अस्पतालको अनुगमन गर्दै यस अस्पतालको सेवा कुनै पनि निजी अस्पतालको भन्दा कम नभएको दा...
मंसिर २ गते, २०८२ - १४:२५
काठमाडौँ। एक वर्षको अवधिमा काठमाडौँ महानगरपालिकाले ४२ हजार ८५६ वटा विद्युतीय सिफारिस जारी गरेको छ । विसं २०८१ माघ १३ गतेदेखि कामपाले प्रयोगमा ल्याएको ...
मंसिर २ गते, २०८२ - १३:५७
ढाका । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई स्थानीय अदालतले मानवताविरुद्धको अपराधमा दोषी ठहर गरेको छ। अदालतको ठहरअनुसार, गत वर्ष आरक्षणको विर...




प्रतिकृया लेख्नुहोस्: