Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

पार्टी एकताभन्दा पनि माओवादी बलियाे बनाउने ध्यानमा प्रचण्ड

खबरडबली संवाददाता

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार म्याग्दीकाे बेनीमा भएकाे आमसभालाई सम्बाेधन गर्दै  पार्टीलाई आफ्नै वर्ग र समुदायतर्फ फर्काएर जनताको सेवामा जुट्ने अभियान सुरु गरिएको उद्घाेष गरे । नेपालको राजनीतिक परिवर्तनमार्फत जनतालाई अधिकार सम्पन्न बनाउन माओवादीले निर्णायक र ऐतिहासिक आन्दोलनको अगुवाइ गरे पनि पछिल्लो समय पार्टीले केही त्रुटि गरेको स्वीकार गर्दै उनले अब गम्भीर आत्मसमीक्षासहित पार्टी आफ्नै वर्ग र समुदायमा फर्केको दाबी गरेका थिए । 

उनले भने, ‘हामीले पार्टी एकता कायम राख्न सकेनौँ, हामी आफ्नो वर्ग र समुदायबाट केही टाढा हुन पुग्यौँ । म अन्तरआत्माका साथ भन्न चाहन्छु, गल्ती भएकै हो । अब फेरि हामी आफ्नै वर्ग र समुदायमा फर्कने सङ्कल्पका साथ अघि बढेका छौँ ।’

पछिल्लाे समय समाजवादी माेर्चा बनाएर पार्टी एकता गर्ने चर्चा चलिरहेकाे वेला प्रचण्ड पार्टी एकता भन्दा पनि पार्टीलाई बलियाे बनाउने उद्घाेष गर्दै देश दाैडाहामा छन् । त्यही शिलसिलामा प्रचण्डले बेनीबाटै भने, हिजो क्रान्तिको बेलामा जङ्गलमा होइन, जनताको काखमा थियौँ बरु पछि गएर हामी दलाल र बिचौलियाको घेरामा पर्दा जङ्गलमा फसेजस्तो भयो । फेरि अब हामीले त्यो घेरा तोडेका छौँ । जनतासँगै रहेर सुशासन, सामाजिक न्याय र समृद्धिको एजेन्डाका साथ अघि बढ्ने छौँ ।’

देश दाैडाहामा रहेका प्रचण्ड विभिन्न कार्यक्रममा पुग्दा माओवादीलाई २०६४ काे अवस्थामा फर्काउने दाबी गरिरहेका छन् । ‘८४ मा ६४ भन्दा राम्रो जनमत प्राप्त गर्ने हो भने देशबाट भ्रष्टाचारको जरोकिलो उखेलेर फालिने छ । म अहिले यही अपिलका साथ देशव्यापी अभियानमा हिँडेको छु र अब चाँडै सिङ्गो पार्टी पङ्क्ति देशव्यापी अभियानमा जुट्ने छ’, उनले बेनीबाटै भने । 

प्रचण्डका हरेका भाषणलाई हेर्दा कम्युिस्टपार्टीबीच एकताभन्दा पनि माओवादीलाई बलियाे बनाउने तर्फ प्रचण्ड लागेकाे प्रस्ट देखिन्छ । प्रचण्डले लागतार पार्टीलाई जनमाझ लैजाने उद्घाेष गरेकाे सुन्दा उनि हतारमा पार्टी एकता नगर्ने मुडमा रहेकाे सहजै अनुमान लगाउन सकिन्छ । 

प्रचण्डकाे यही मनस्थितिका कारण माओवादी केन्द्रसँग एकता गर्ने तयारीमा बसेका विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा) र महिन्द्र राय  नेतृत्वको नेपाल समाजवादी पार्टी(नेसपा) झस्किँदै आएका छन् । 

करिब १९ महिना सरकारको नेतृत्व गरेका प्रचण्ड असार ३१ गते सत्ताबाट बाहिरिएपछि अन्य वामपन्थी पार्टीसँग हतारमा एकता गर्नेभन्दा पनि पार्टी संगठनलाई बलियो बनाएर जाने पक्षमा छन् । माघ ८ गते खुमलटारमा बसेको पदाधिकारी बैठकमा पनि तत्काल अन्य पार्टीसँग एकताभन्दा आन्तरिक संगठनलाई बलियो बनाएर जानुपर्नेमा प्रचण्डकाे जोड रहेकाे बताइन्छ । 

‘विचार मिल्ने वामपन्थी, कम्युनिस्ट तथा समाजवादी पार्टीसँग एकता नगर्ने भनेको छैन । पहिला आफै बलियो हुनु पर्‍यो नि । पार्टी बलियो भएपछि विचार, सिद्धान्त मिल्नेसँग एकता गरेर जाँदा राम्रो हुन्छ भन्ने पार्टीको निष्कर्ष हो । तर नेकपा र नेसपासँग एकता गर्ने भनेर पहिले नै सहमति भइसकेकाले पदाधिकारी बैठकले निर्णय लिन्छ’, माओवादीका एक पदाधिकारीले बैठकपछि भने ।

उनले माओवादी अहिले हतारमा एकताकाे पक्षमा नभएकाे बताए । हिजाेआज प्रचण्ड आफैँ पनि पार्टीका आन्तरिक बैठकमा व्यस्त हुन थालेका छन् । यस बिचमा पटक पटक पार्टीको पदाधिकारी, स्थायी समिति बैठक राखेका प्रचण्ड पुस(२१–२३)मा केन्द्रीय समिति बैठक पनि राखे । एकता प्रक्रियामा आएका नेताहरूलाई साबिक पार्टी सरहकै जिम्मेवारी दिने निर्णय माओवादीले गरिसकेको छ । 

केन्द्रीय समिति बैठकले नेकपा र नेसपा लगायत दलहरूसँग एकता गर्न उच्चस्तरीय वार्ता समिति गठन गर्ने भनिएको थियो । तर निर्णय भएको एक महिना पुग्न लाग्दासमेत निर्णय कार्यान्वयनमा आउन सकिएको छैन । प्रवक्ता अग्निप्रसाद सापकोटाले यसबिचमा विद्यार्थीको चुनाव भएकाले निर्णय कार्यान्वयनमा ढिलाइ भएको बताए । ‘विद्यार्थी संगठनको चुनावका कारण केन्द्रीय समिति बैठकको निर्णय कार्यान्वयनमा ढिलाइ भएको हो । छिट्टै पदाधिकारी बैठक बसेर सबै नेताहरूलाई जिम्मेवारी दिएर पालिका पठाउँछ’, केही दिनअघि प्रेस सेन्टरको केन्द्रीय समिति बैठकमा उनले भनेका थिए ।

नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले केहीअघि पार्टी एकता प्रचण्डले नै नचाहेको आरोप लगाएका थिए । यसै वर्षको वैशाखमा नेकपाको केन्द्रीय समिति बैठकले माओवादीसँग एकता गर्ने निर्णय गरेको थियो । तर निर्णय भएको ८ महिनासम्म उनले एकताका लागि कुनै चासो नदेखाएपछि मंसिर दोस्रो साता कपिलवस्तुको शिवगढीमा सम्पन्न केन्द्रीय समिति बैठकमा विप्लवले तीव्र असन्तुष्टि पोखेका थिए । 

माघ १५ गते समाजवादी मोर्चाको काठमाडौंमा भएको सभामा समेत पार्टी एकताप्रति ढिलाइ भएकोमा प्रचण्डसँग असन्तुष्टि पोखेका थिए । सभामा प्रचण्ड, विप्लव र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबिच निकैबेर घोचपेच नै चलेको थियो ।  विप्लव र नेपालले लगाएको आरोपप्रति प्रचण्डको असन्तुष्टि प्रस्ट झल्किन्थ्यो । 

‘पार्टी एकतामा प्रचण्डले अरुचि गर्‍यो कि भने जसरी कमरेडहरूले मप्रति ताक्ने गरेका छन्, त्यस्तो होइन– म तत्काल एकता गर्ने पक्षमा छु । तर हतारोमा एकता गर्दा नेकपा असफल भएको विगतका अनुभव छन् । मोर्चा बनाएर नै जाऊँ त्यसपछि विचारमा एकमत भएपछि एकता गर्दा दिगो हुन्छ । यसको मतलब कछुवाको गतिमा वर्षौँ लगाउने भन्न खोजेको होइन,’ असन्तुष्टि पोख्दै उनले भनेका थिए ।

नेकपाका स्थायी समिति सदस्य अनिल शर्मा विरहीले पनि पार्टी एकताका लागि आफूले निर्णय गरे पनि प्रचण्डले नै नचाहेको आरोप लगाए । यद्यपि विचार र राजनीतिमा निष्कर्षमा नपुगेसम्म अगाडि नबढ्ने उनले दाबी गरे ।

‘विचार र राजनीतिमा एउटा निष्कर्षमा नपुगेसम्म अगाडि बढ्दैन । प्रचण्डजी पहिला संगठनको कुरा मिलाऊँ– विचार र राजनीतिक कार्यदिशाबारे छलफल गर्दै गरौँला भन्नुहुन्छ, त्यस्तो हुँदैन । माओवादीमा विचार, राजनीतिक कार्यदिशा मात्र होइन संगठनमा पनि एकरूपता छैन’, उनले भने, ‘प्रचण्डले आफ्ना पङ्क्तिलाई एक ठाउँमा ल्याउनु पर्‍यो नि । 

खासगरी मंसिर १६ गते सम्पन्न स्थानीय तह उपनिर्वाचनमा माओवादीले उल्लेख्य मत र सिट सङ्ख्या बढाएपछि प्रचण्ड  हौसिएका छन् । दौडाहामा रहेका प्रचण्ड पूर्व–पश्चिम जहाँ पुग्छन् उनी स्थानीयसँग घुलमिल हुने, सँगै खाना खाने, मर्निङ वाक गर्ने, गुनासा सुन्ने, सहिद परिवार, बेपत्ता तथा घाइते अपाङ्गता भएका परिवारसँग समय बिताउने गर्दै आइरहेका छन् । 

पदाधिकारी बैठकबाट सबै केन्द्रीय सदस्यहरूलाई पालिकाको जिम्मा दिएर ६ महिना पूर्व–पश्चिम मध्यपहाडी राजमार्ग केन्द्रित जनतासँग माओवादी अभियान सञ्चालन गर्ने तयारी गरेका छन् । धेरै समय देशको पूर्वी क्षेत्रको कार्यक्रममा व्यस्त रहेका प्रचण्डमा माओवादी फेरि कमब्याक हुनेमा आशा बढेको देखिन्छ । कोशी प्रदेशका इन्चार्ज समेत रहेका उपमहासचिव हरिबोल गजुरेलले पनि पूर्वबाट नै माओवादी कमाब्याक बताउँछन् । 

‘पछिल्लो समय माओवादीले सत्ताको नेतृत्व गर्दा सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा राम्रो काम गरेकाले हाम्रो पार्टीप्रति जनआकर्षण बढेको छ । अब हाम्रो सम्पूर्ण ध्यान पार्टी निर्माण र समाजवादी विचार संश्लेषण दिनुपर्छ । २०८४ सम्म सत्तामा जान हुँदैन भनेर पार्टीले निर्णय गरेको छ । अब पार्टीको सम्पूर्ण शक्ति जनतामा केन्द्रित रहन्छ । पहिला पार्टी बलियो भएपछि वामपन्थी शक्तिसँग एकता र ध्रुवीकरण गर्नुपर्छ’, उनले भने । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: भाेलि विहान ८ वजे मात्र मतदान हुने

काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...

एमाले महाधिवेशन: प्रतिनिधि लाइनमा, सुरु भएन मतदान

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...

समाजवादी क्रान्तिका लागि पार्टी एकता: नेता गजुरेल

खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।  ...

छद्मभेष

दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे  दिनमा नारा ...

५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...

विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ ।  विभागले उद्योग तथा फर्म...

पोखरा विमानस्थल प्रमुखविरुद्ध २ करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...

सशस्त्रका तीन एआईजीको सरुवा

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending