Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

जापानी प्रधानमन्त्रीले बिहीबारदेखि अमेरिकाको भ्रमण गर्ने

खबरडबली संवाददाता

टोकियो । जापानका प्रधानमन्त्री शिगेरु इसिबाले यस हप्ता संयुक्त राज्य अमेरिकाको भ्रमणमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्नुहुने शीर्ष सरकारी प्रवक्ता योशिमासा हयासीले मङ्गलबार बताए । 

“यदि परिस्थितिले अनुमति दिए उहाँ फेब्रुअरी ६-८ (बिहीबारदेखि शनिबार) मा संयुक्त राज्य अमेरिकाको भ्रमण गर्नुहुनेछ र वासिङ्गटन डिसीमा राष्ट्रपति ट्रम्पसँग पहिलो पटक जापान-अमेरिका शिखर बैठक गर्नुहुनेछ”, हायाशीले भने, “यस भ्रमणमार्फत हामी नयाँ अमेरिकी प्रशासनसँग विश्वासको बलियो सम्बन्ध निर्माण गर्न र अमेरिका-जापान गठबन्धनलाई नयाँ उचाइमा पुर्‍याउन चाहन्छौँ ।”

निक्केई व्यापार दैनिकले इसिबाले ट्रम्पसँग अमेरिकी शेल ग्यासको आयात बढाउने विषयमा छलफल गर्न चाहेको जनाएको छ । यो राष्ट्रपतिको ‘ड्रिल, बेबी, ड्रिल’ को प्रतिज्ञासँग मेल खान्छ । इसिबाले नोभेम्बरमा तत्कालीन राष्ट्रपति–निर्वाचित ट्रम्पसँग छोटो टेलिफोन वार्ता गरेका थिए । जनवरीमा उनको शपथग्रहण अघि नै भेट्ने असफल प्रयास भएकाे थियाे । 

यद्यपि ट्रम्पले डिसेम्बरमा जापानका हत्या गरिएका पूर्व प्रधानमन्त्री शिन्जो आबेकी विधवा आकिए आबेलाई फ्लोरिडास्थित आफ्नो निवासमा मेलानिया ट्रम्पसँग निजी डिनरको आयोजना गरेका थिए । गत हप्ता इसिबाले क्षेत्रीय स्थिरताका लागि संयुक्त राज्य अमेरिकासँग घनिष्ठ सम्बन्धको महत्वलाई जोड दिएका थिए । 

“यस क्षेत्रमा शक्तिको सन्तुलनमा ऐतिहासिक परिवर्तन आएको छ, हामीले जापान-अमेरिका सहयोगलाई ठोस रूपमा अझ गहिरो बनाउनुपर्छ”, इसिबाले संसद्लाई भने, “शक्ति रिक्तताले क्षेत्रीय अस्थिरतातर्फ नडोर्याओस् भन्नका लागि यस क्षेत्रप्रति अमेरिकी प्रतिबद्धता सुनिश्चित गर्न जारी राख्नुपर्छ ।” उनको टिप्पणीले एसिया-प्यासिफिकमा चीनको सैन्य निर्माण र ट्रम्पको ‘अमेरिका फस्र्ट’ नीतिहरुमा तनावलाई जोड दिन्छ, जसमा जापान जस्ता सहयोगी राष्ट्रहरुलाई रक्षा खर्चको ठूलो हिस्सा बेहोर्न लगाउने माग पर्न सक्छ ।

जापान र संयुक्त राज्य अमेरिका प्रमुख रक्षा सहयोगी र एक अर्काका शीर्ष विदेशी लगानीकर्ता हुन् ।  डिसेम्बरमा पनि इसिबा अघि जापानी प्रविधि लगानीकर्ता सफ्टब्यांकका प्रमुख मासायोशी सन ट्रम्पका साथमा संयुक्त राज्य अमेरिकामा एक खर्ब डलरको लगानी घोषणा गर्न उभिएका थिए । 

सनले ट्रम्पको शपथग्रहणमा पनि भाग लिएका थिए । त्यसपछि सफ्टब्यांकले क्लाउड दिग्गज ओराकल र च्याटजिपिटी-निर्माता ओपनएआईसँग मिलेर संयुक्त राज्य अमेरिकामा एआई पूर्वाधार निर्माण गर्न पाँच खर्ब डलरको स्टारगेट परियोजनाको नेतृत्व गर्ने घोषणा गरे । त्यसपछि सोमबार साँझ सन र ओपनएआई प्रमुख साम अल्टम्यानले इसिबालाई भेट्नुभयो र ‘स्टारगेटलाई जापानमा विस्तार गर्ने’ बारेमा छलफल गरेको सनले पछि पत्रकारहरुलाई बताए । “हामी अत्याधुनिक एआई पूर्वाधार निर्माण गर्न चाहन्छौँ, मेरो मतलब विश्वकै सबैभन्दा ठूलो, अत्याधुनिक एआई डाटा केन्द्रहरु हो”, सोनले थप विवरण नदिई भने । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending