Ntc summer Offer
Khabar Dabali २७ माघ २०८१ आईतवार | 9th February, 2025 Sun
Investment bank

तीन दिन जसपा नेपालकाे केन्द्रीय समितिकाे बैठक बस्ने

खबरडबली संवाददाता

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समिति बोलाएको छ । सोमबार सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको बैठकले आगामी फागुन १९, २० र २१ गते काठमाण्डौमा बस्ने गरी केन्द्रीय समितिको बैठक आह्वान गरिएको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् । 

उनका अनुसार पार्टीले केन्द्रीय विभागमा प्रमुख र उपप्रमुख तोकेर त्यसको परिपत्रसमेत गरेको छ । परिपत्रअनुसार संगठन विभाग प्रमुखको जिम्मेवारी मधेसका पूर्वमुख्यमन्त्रीसमेत रहेका नेता लालबाबु राउतलाई दिइएको छ भने उपप्रमुख लाक्पा शेर्पा बनेका छन् । यस्तै सुरेशकुमार मण्डललाई पार्टीको स्कुल तथा प्रशिक्षण विभाग प्रमुख तोकिएको छ भने अम्बिका काफ्ले उपप्रमुख तोकिएकी छन् । 

यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा अर्जुन थापा र उपप्रमुख रेणुका सिंहले जिम्‍मेवारी पाएकी छन् । प्रचार विभाग प्रमुखमा पूर्णबहादुर बस्नेत तोकिएका छन् भने उपप्रमुख शम्भु झा बनेका छन् ।

यसैगरी प्रमिला यादवलाई महिला विभाग प्रमुखको जिम्‍मेवारी दिइएको छ भने शशी लिङ्देन उपप्रमुखमा चयन भएकी छन् । स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखमा सुरेन्द्र यादव र उपप्रमुखमा अब्दुल कलाम अन्सारी तोकिएका छन् ।

पार्टीको सामाजिक सेवा तथा गैरसरकारी विभाग प्रमुखमा विनिता यादव र उपउप्रमुखमा विणा सिन्हान, कृषि तथा भूमि विभाग प्रमुखमा संजय सिंह र उपप्रमुखमा मालामति राना थारू चयन भएकी छन् । यस्तै वन वातावरण तथा विपद व्‍यवस्थापन विभाग प्रमुखमा चन्द‍ेश्वर पाशसवानलाई जिम्‍मेवारी दिइएको छ । सहकारी तथा गरिबी निवासरण विभाग प्रमुखमा उदयकान्त मिश्र र उपपेरमुखमा रामबहादुर जाग्री तोकिएका छन् ।

यस्तै शिक्षा विभाग प्रमुखको जिम्मेवारी योगेन्द्र यादव र उपप्रमुखमा अन्जेस दाहाल लाई चयन गरिएको छ भने उद्योग वाणिज्‍य तथा आपूर्ति विभाग प्रमुखमा लक्ष्मण गुरूङलाई चयन गरिएको छ ।

सरकारले संसदमा प्रस्तुत गरेको अध्यादेशहरुका सम्बन्धमा अध्ययन, छलफल तथा विश्लेषण गरी पाटीको धारणा बनाउन पार्टीका उपाध्यक्ष राजकिशोर यादवको संयोजकत्वमा कार्यदल गठन गरेको छ, जसमा मृगेन्द्रकुमार सिंह यादव, खालिद सिद्धिकी, मनिसकुमार सुमन र शैलेन्द्रकुमार साह रहेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देशभर करिब ४० प्रतिशत किशोरीले ‘एचपिभी’ खोप लगाए

काठमाडाैं । सरकारले सञ्चालन गरेको पाठेघरकाे मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानमा करिब ४० प्रतिशत किशोरीले खोप लगाएका छन् । स्वास्थ्य सेवा वि...

ट्रम्पलाई नेतन्याहुले दिए ‘गोल्डेन पेजर’ उपहार

जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउसमा भएको भेटमा ‘गोल्डेन पेजर’ उपहार दिएका छन् ।...

बर्दियामा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु

काठमाडौं । बर्दियामा बाख्रा चराउन गएकी एक महिलाको चितुवाको आक्रमणबाट मृत्यु भएको छ । बर्दियाको मधुवन नगरपालिका-७ बस्‍ने अन्दाजी ५१ वर्षीय जुनाकुमारी ल...

बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन

गण्डकी । संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार एडिनब्राका ड्यूक एड्वर्ड र अधिराजकुमारी डचेस सोफीले शुक्रबार पोखरास्थित ब्रिटिस क्याम्पमा आयोजित कार्यक...

१०औँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा सञ्चालन गर्न सरकारलाई निर्देशन

काठमाडाैं । संघीय संसद्अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले कर्णाली प्रदेशमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै समयमा सञ...

कृषि ऐन ल्याउने सरकारको तयारी

चितवन । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले सबै किसानलाई समेट्ने गरी कृषि ऐन ल्याउने तयारी सरकारले गरेको बताएका छन् । प्रथम राष्ट्रिय डेरी...

भारतीय अण्डा भित्रिएपछि नेपाली बजार प्रभावित

चितवन । भारतीय सीमा क्षेत्रबाट अबैधरुपमा सेतो अण्डा भित्रिएपछि चितवनको अण्डा बजार प्रभावित भएको छ । यही कारण लामो समयपछि लागत मूल्य पाउन सफल कुखुरापाल...

बाल यौन दुरुपयोग कसुरमा कृषिविज्ञ मदन राईलाई दुई वर्ष ६ महिना कैद सजाय

खोटाङ । कृषिविज्ञ मदन राईलाई दुई वर्ष ६ महिना कैद सजाय तोकिएको छ । जिल्ला अदालत खोटाङले राईलाई बाल यौन दुरुपयोग कसुरमा दुई वर्ष ६ महिना कैद सजायको फैस...

दाङमा कृत्रिम जलाशय निर्माण गरी सिँचाइ

दाङ । केही वर्षअघिसम्म हिउँदमा सुक्खा देखिने यहाँको घोराही उपमहानगरपालिकाका खेतबारी अहिले हरियाली देखिन्छन् । स्थानीय तहले पानीको स्रोत संरक्षण गर्दै ...

औद्योगिक क्षेत्र सुधार गर्दै सरकार

नवलपरासी । सरकारले औद्योगिक क्षेत्रको सुधार गरिरहेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बताएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नव...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy