Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

सुनसरीमा उग्र बन्दै प्रदर्शन, पसलमा लुटपाट र आगजनी

खबरडबली संवाददाता

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज केन्द्रित विवादपछि उत्पन्न तनाव थप चर्किएको छ। मंगलबार प्रदर्शनकारीहरूले विभिन्न स्थानमा तोडफोड, लुटपाट र आगजनी गरेपछि सुरक्षा अवस्था थप संवेदनशील बनेको छ।

स्थानीयका अनुसार प्रदर्शनकारीहरूले केही पसलमा तोडफोड र आगजनी गरेका छन्। सम्भावित अप्रिय घटना रोक्न प्रहरीलाई प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। प्रदर्शनकारीहरूले पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरी खण्डका विभिन्न स्थानमा टायर बालेर सडक अवरुद्ध गरेका छन्, जसका कारण यातायात सेवा प्रभावित भएको छ।

यो आन्दोलन आइतबार कप्तानगञ्जमा दुई समूहबीच भएको झडपपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन चलाएको गोलीबाट एक जनाको मृत्यु भएपछि चर्किएको हो। उक्त घटनामा अन्य नौ जना घाइते भएका थिए।

घटनापछि स्थानीय प्रशासनले शान्ति–सुरक्षा कायम गर्न सुनसरीको दक्षिणी क्षेत्रका विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरेको थियो। कर्फ्युका बीच पनि सोमबार दिनभर प्रदर्शन जारी रहेपछि प्रशासनले मंगलबार पनि निषेधाज्ञा र कर्फ्युलाई निरन्तरता दिएको छ।

प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार मंगलबार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ। हरिनगरा, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रमा कर्फ्यु कायमै रहेको प्रशासनले जनाएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सदनलाई प्रभावकारी बनाउन प्रतिनिधि सभा बैठक अघि सभामुख र सचेतकबिच छलफल

काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभामा सहभागी दलका मुख्य सचेतक तथा सचेतकसँग छलफल गरेको छन्। असार ३१ गतेपछि स्थगित प्रतिनिधि सभाको बैठक...

पोखराका अस्पतालमा पनि ओपिडी बन्द, बिरामी मर्कामा

लेखनाथ। नेपाल चिकित्सक सङ्घको आन्दोलनका कारण पोखराका अस्पतालमा बहिरङ्ग सेवा (ओपिडी) बन्द भएको छ । नारायणी अस्पताल वीरगञ्जमा कार्यरत डा। प्रमोद रामम...

मेयरका छोराले गरे एकै पटक साउनभरिको हाजिर, कहिलेकाहीँ हुने सामान्य त्रुटिू भन्दै सफाइ

सिरहा । सिरहाको सुखीपुर नगरपालिकास्थित नगर आधारभूत अस्पतालका कार्यालय प्रमुख डा। लुस्युनकुमार यादवले साउन १२ गतेमै साउन २८ गतेसम्मको हाजिर गरेको भेटिए...

भारतले दिएको एम्बुलेन्स वडाध्यक्षले भाडामा लाएको आरोप, अदालतमा भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । धनुषाको विदेह नगरपालिका–५ का तत्कालीन वडाध्यक्ष विजयकुमार यादवविरुद्ध भारतीय सरकारको सहयोगमा प्राप्त एम्बुलेन्स निजी प्रयोजनमा प्रयोग गरी स...

एमबीएस प्रश्नपत्र आउट प्रकरणमा थप दुई पक्राउ, पक्राउ पर्ने संख्या चार पुग्यो

काठमाडौं । एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र आउट भएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। यससँगै यस प्रकरणमा पक्राउ पर्न...

सुनसरीमा आज पनि भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले सुनसरीमा आज पनि भारी वर्षको सम्भावना रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा सुनसरीमा ९० दशमलव ६ मिलिमिटर वर्षा भएक...

बिरामीको ज्यानसँग आन्दोलन नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह, दोषी जेल नपरेसम्म आन्दोलन नरोकिँने चिकित्सकको अडान

काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र दुर्व्यवहारको घटनापछि देशभरका चिकित्सकको आन्दोलन जारी रहँदा स्वास्थ्य तथा जनसंख्य...

सुनसरी घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन: एक साताभित्र प्रतिवेदन बुझाउने

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनाको छानबिन गर्न सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ। गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोज...

सुनसरीमा उग्र बन्दै प्रदर्शन, पसलमा लुटपाट र आगजनी

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज केन्द्रित विवादपछि उत्पन्न तनाव थप चर्किएको छ। मंगलबार प्रदर्शनकारीहरूले विभिन्न स्थानमा तोडफोड,...

नारायणी अस्पतालका चिकित्सक सामूहिक राजीनामाको तयारीमा

काठमाडौँ। वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सक सामूहिक राजीनामा दिने तयारीमा रहेका छन्। अस्पतालका प्रवक्ता तथा सूचना अधिकारी डा। उदयनारायण सिंहका अ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending