Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

देशका ५७ प्रतिशत नागरिकले शुद्ध खानेपानी पाउनेछन् : मन्त्री यादव

खबरडबली संवाददाता

सिन्धुपाल्चोक । खानेपानी मन्त्री प्रदिप यादवले शुद्ध खानेपानीमा नागरिकको पहुँच वृद्धिमा सरकारले काम गरिरहेको बताए । सिन्धुपाल्चोकको सदरमुकाम चौतारा साँगाचोकगढी नगरपालिकाको जुगल थालखर्क होल्चे खानेपानी मूल उपभोक्ता तथा सरसफाई समितिको नवनिर्मित भवन तथा गुणस्तरीय खानेपानी प्रशोधन केन्द्रको उद्घाटन गर्दै मन्त्री यादवले एक वर्षभित्र ५७ प्रतिशत नागरिकले शुद्ध खानेपानीको सुविधा प्राप्त गर्ने बताए । 

मन्त्री यादवले खानेपानी आयोजना निर्माणमा नागरिकको लगानी सहभागिता खारेज गर्ने गरि सहलगानी बिना नै सरकारले पूर्ण लगानीमार्फत आयोजना पूर्ण गर्ने तयारी गरिरहेको बताए । "२७ प्रतिशत नागरिक मात्र शुद्ध खानेपानीको पहुँचमा छन्, अबको एक वर्षमा ५७ प्रतिशतले उक्त सुविधा प्राप्त गर्ने गरी सरकारले काम गरिरहेको छ," मन्त्री यादवले भने, "खानेपानी आयोजना निर्माणमा नागरिकको लगानी ३० प्रतिशत छ, उपभोक्ता समितिलाई कर तिर्नुपर्ने बाध्यता छ, यो सबै नागरिकको हितमा छैनन् । हामी यस्ता निर्देशिका खारेजीको तयारीमा छौँ ।"

खानेपानी आयोजना निर्माण र शुद्ध खानेपानीमा नागरिकको पहँच वृद्धि गर्न दातृ निकायको समन्वय र सहयोगमा तीब्र गतीमा काम भएको उनको जिकिर छ । ‘आगामी वर्षको बजेट र कार्यक्रम निर्माणमा देशभरका ४२ हजार अपभोक्ताको हित र आवश्यकता अनुरूप निर्माण हुने छ,’ मन्त्री यादवले भने, ‘यो सरकार नागरिकलाई सहुलियत दिन निर्माण भएको हो । उपभोक्ता समिति जसको आम्दानी छैन उसैलाई कर लिने परिपाटी हामी अन्त्य गर्दैछौँ ।’ लामो समयदेखि खानेपानी ऐन अलपत्र रहेकोमा गत साता खानेपानी नियमावली निर्माण गरी कार्यान्वयन गरिएको उनले बताए । 

जिल्ला सदरमुकाम चौतारा सहितका क्षेत्रमा खानेपानी सेवा वितरण गर्दै आएको जुगल थालखर्क होल्चे खानेपानी आयोजनाले प्रतिसेकेन्ड २५ लिटर पानी वितरण गर्नेगरी प्रशोधन केन्द्र, चार लाख लिटर क्षमताको दुई ट्याङ्की  र साँढे दुई तले कार्यालय भवन निर्माण सम्पन्न गरेको समितिका अध्यक्ष सुवास कर्माचार्यले जानकारि दिए । 

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भक्तपूर र जापानिज सहयोगी संस्था जाइकाले ९ करोड ७ लाख लागतमा संरचना निर्माण सम्पन्न गरेको हो । डब्लुएचओको गुणस्तरको खानेपानी वितरण गर्न सक्षम संरचना निर्माण भएको खानेपानी तथा ढल व्यवस्थापन आयोजना भक्तपुरका प्रमुख राजेन्द्र श्रेष्ठले जानकारी दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फागुन २१ को निर्वाचन निष्पक्ष र धाँधलीरहित गराउन राष्ट्रिय सभाका अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...

चीनद्वारा ‘क्वाइचोउ–११’ रकेटमार्फत व्यावसायिक प्रयोगात्मक अन्तरिक्ष यान प्रक्षेपण

जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...

गोकर्णेश्वर नगरपालिकाका तत्कालीन प्रमुखविरुद्ध तीन करोड ६८ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...

तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...

बर्लिन वार्ताअघि संवादका लागि तयार छु : जेलेन्स्की

काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...

पाँचथरमा हजुरबाको छुरा प्रहारले नातिकाे मृत्यु

पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ ।  पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...

एमाले महाधिवेशनः निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...

यस्तो बन्ने छ केन्द्रीय कमिटीको संरचना (सूचीसहित)

काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ ।  जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...

खेतीयोग्य बारी बाँझिदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो

बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...

सिड्नीको बोन्डी बिचमा गोली चल्दा १० जनाको मृत्यु

सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  सिड्नीको प्रहरीले एक अज्ञा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending