Ntc summer Offer
Khabar Dabali ११ चैत्र २०८१ सोमबार | 24th March, 2025 Mon
Investment bank

अन्तरजातीय जोडीमाथि राज्यसंयन्त्रबाटै अत्याचार, गृहमन्त्रीविरुद्धको जाहेरी लिएन प्रहरीले

खबरडबली संवाददाता

काठमाडौं । अन्तरजातीय विवाह गरेका सर्लाहीका सत्येन्द्र राम (चमार) र नेहा रौनियारको जोडीलाई छुटाउन र फसाउन गृह प्रशासनबाटै भएको अत्याचारविरुद्ध सडकदेखि संसद्सम्म आवाज उठ्दा पनि सरकारले छानबिनमा चासो देखाएको छैन् । गृहको राजनीतिक नेतृत्व र आइजिपीसहितका उच्च प्रहरी अधिकारीकै निर्देशनमा ज्यादती गरिएकाले छानबिन हुन नसकेको स्रोत बताउँछ ।

घुम्न मुम्बई गएका सत्येन्द्र र नेहालाई पक्राउ गर्न प्रहरीले विशेष टोली नै पठाएको थियो । पीडितहरूले मात्रै होइन, यो कुरा त्यहाँ गएका प्रहरीले समेत राष्ट्रिय मानव अधिकार आयोगमा स्वीकार गरिसकेका छन् । तर, प्रहरी नेतृत्व अहिले पनि मुम्बई कुनै टोली नपठाएको दाबी गरिरहेको छ । गृहमन्त्री रमेश लेखक पनि बिहिबार संसद्मा प्रष्टिकरण दिँदा यस विषयमा मौन रहे । ‘उनीहरू (सत्येन्द्र र नेहा) लाई पक्राउ गर्न प्रहरी टोली विदेश गएको हाम्रो आधिकारिक रेकर्डमा छैन,’ केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी दिनेश आचार्यले भने ।

पीडितहरूले भने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका तत्कालीन डिएसपी रुगम कुँवर र सहायक हवल्दार इन्द्रमणि पोखरेल मुम्बई गएर आफूहरूलाई पक्राउ गरेर दिल्लीसम्म ल्याएको बताएका छन् । दिल्लीमा कागजात नमिल्दा नेपाल ल्याउन सकेका थिएनन् । 

हाल एसपीमा बढुवा भएका कुँवर र हवल्दार पोखरेलसँग मानव अधिकार आयोगले बयान लिइसकेको छ । उनीहरूकै कुरा बाझिएको स्रोत बताउँछ । उनीहरूपछि आयोगले एसपी अंगुर जिसी, तत्कालीन कार्यालय प्रमुख एसएसपी सानुराम भट्टराईलगायतका उच्च प्रहरी अधिकारीसँग समेत बयान लिने तयारी गरेको छ । ‘गृहमन्त्रीकै निर्देशनमा पक्राउ गरेर कुटपिट गरेको भन्ने पीडितहरूको भनाइ छ,’ आयोगका एक अधिकारीले भने, ‘आदेश दिने सबैलाई छानबिनमा तान्छौँ ।’ आयोगले बुधबार सत्येन्द्र र नेहासँग छलफल गरेको थियो ।

गृहमन्त्री रमेश लेखक, आइजिपी वसन्तबहादुर कुँवर र अपराध अनुसन्धान कार्यालय टेकुका तत्कालीन एसएसपी सानुराम भट्टराईकै निर्देशनमा डिएसपीको टोली सत्येन्द्र र नेहालाई पक्राउ गर्न मुम्बई गएकाले यसमा छानबिन समिति बन्न नसकेको एक उच्च प्रहरी अधिकारीले बताए । 

गृह मन्त्रालयले भने ‘आवश्यक परे’ छानबिन गर्न निर्देशन दिएको बताएको छ । तर, प्रहरी प्रवक्ता डिआइजी आचार्य छानबिनको आवश्यकता नदेखिएको बताउँछन् । उनी भन्छन्, ‘२० वर्षभन्दा कम उमेरमा विवाह गरेको आधारमा जाहेरी दर्ता भएको छ, त्यही आधारमा मुद्दा दर्ता भएको छ, प्रहरीले कानुनअनुसार नै काम गरेकाले छानबिन आवश्यक नभएको हो ।’ तर, प्रहरीले बालविवाहको जाहेरी लिएको समयमा सत्येन्द्र र नेहाले विवाह नै गरेका थिएनन् । प्रहरीले पक्राउ गरेर उनीहरूलाई यातना दिएको विषयमा जानकारी नभएको आचार्यको भनाइ छ । 

गृहमन्त्रीविरुद्धको जाहेरी लिएन प्रहरीले 

बालविवाहको आड लिएर पीडितलाई प्रहरी लगाएर दमन गरेको भन्दै दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनुवार नेतृत्वको टोली गृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी दिन बिहीबार जिल्ला प्रहरी परिसर, काठमाडौं पुगेको थियो । तर, आफूहरूको जाहेरी नलिइएको उनले बताए । 

दलित अधिकारकर्मीहरूले बिहीबार पनि माइतीघरमा प्रदर्शन गरी घटनाको छानबिन गरी कारबाहीका लागि माग गरेका छन् । उनीहरूले शुक्रबार कांग्रेस पार्टी कार्यालय सानेपा पुगेर दबाब दिने तयारी गरेका छन् । दोषीलाई कारबाही नभएसम्म आन्दोलन गरिने उनीहरूको भनाइ छ । 

अन्तरजातीय प्रेमविवाह गरेका सर्लाहीका सत्येन्द्रकुमार राम (चमार) र नेहा रौनियारमाथि गृहमन्त्री रमेश लेखककै आदेशमा प्रहरीबाट भएको अत्याचारको विषयमा सार्वभौम संसद्मा सरकारको आलोचना भएको छ । 

बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक, शून्य र विशेष समयमा बोल्दै सांसदहरूले अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्नुको साटो जातीय विभेदलाई राज्यसंयन्त्रबाटै संरक्षण गर्नु संविधान र मानव अधिकारको उल्लंघनसँगै समाज बिथोल्ने कामसमेत भएको भन्दै खबरदारी गरेका हुन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एक महिनामा अपराधका चार हजार मुद्दा दर्ता, सबैभन्दा धेरै मधेसमा

काठमाडौँ । फागुनमा देशभर चार हजार चार सय ६८ आपराधिक घटनाका मुद्दा दर्ता भएका छन् । फागुनमा दर्ता भएका आपराधिक घटनाका मुद्दामध्ये सबैभन्दा बढी बैंकिङ क...

आज कुन तरकारी र फलफूलको कति छ थोक मूल्य ? (सूचीसहित)

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक म...

पूर्वराजा ज्ञानेन्द्रले नवराजलाई अघि सारेपछि प्रचण्डको टिप्पणी- बुद्धि छैन, सफल हुँदैनन्

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहको बुद्धि नभएको टिप्पणी गरेका छन् । ८६ वर्षे वयोवृद्ध ...

घोराहीमा प्लाई उद्योगबाट सल्किएको आगो नियन्त्रणबाहिर, ३० घर जोखिममा

दाङ । घोराही उपमहानगरपालिका–९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा आगगाली हुँदा करोडौँ रुपैयाँको क्षति भएको छ । उक्त उद्योगमा विद्युत् सर्ट भएर आगलागी ...

पूर्वराजा ज्ञानेन्द्र शाहलाई गिरफ्तार गर्ने योजना बन्दैछ ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गिरफ्तार गर्ने संकेत गरेका छन् । राजसंस्थाको पुनस्र्थापना, संघीयताको खारेजी, हि...

काठमाडौं केन्द्रित कार्यक्रमका लागि जागरण अभियान स्थगित गरेर फर्कँदै माओवादीका नेताहरू

काठमाडौं । नेकपा माओवादी केन्द्रको हुलाकी राजमार्गकेन्द्रित तराई(मधेस जागरण अभियान पुनः स्थगित भएको छ। राजावादीको सक्रियता बढेपछि काठमाडौं केन्द्रित क...

बाघको सङ्ख्या बढ्दा बासस्थानको समस्या

चितवन । नेपालमा बाघको सङ्ख्या बढ्दै जाँदा त्यसको बासस्थान क्षेत्र बढाउनुपर्ने देखिएको छ । निकुञ्ज क्षेत्र, मध्यवर्ती क्षेत्र र अन्य वन क्षेत्र बाघको ब...

आजको मौसम- देशभर आंशिक बदली

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । आज देशभर आंशिक बदलीदेखि मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको ...

नेपाली चलचित्रमा काम गर्ने मनिषाको चाहना

काठमाडौं। अभिनेत्री मनिषा कोइरालाले चलचित्र ‘फेरी भेटौंला’मा अभिनय गरेपछि बलिउड प्रवेश गरेकी थिइन्। उनले पछि नेपाली चलचित्र ‘धर्मा’मा अभिनय गरिन्। ...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको पहल

काठमाडौं । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल थालिएको छ । उक्त विमानस्थललाई सञ्चालनार्थ नेपाल नागरिक उड्डयन प्राधिकरण तथा सम्बन्धित...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy