Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

मनाङमा विद्यार्थी सङ्ख्या घट्दै, विद्यालयमा जम्मा एक जना मात्रै विद्यार्थी

खबरडबली संवाददाता
मनाङ । मनाङको चामे गाउँपालिका थान्चोकमा रहेको दिनदयाल आवासीय विद्यालयमा जम्मा एक जना मात्रै विद्यार्थी छन् । एक विद्यार्थीलाई पढाउनका लागि पाँच जना शिक्षकको दरबन्दी रहेको छ ।
 
मनाङकै सबैभन्दा दुर्गम मानिने नार्पाभूमि गाउँपालिका फुमा रहेको फु आवासीय विद्यालयमा विद्यार्थी सङ्ख्या शून्य रहेको छ । त्यसै गरी १ देखि कक्षा ५ सम्मको सञ्चालन अनुमति पाएको विद्यालयमा इसिडीमा एक र प्राविमा एक गरी दुई शिक्षकको दरबन्दी रहेको छ । सोही पालिकाको नारमा रहेको कक्षा १–८ सञ्चालन अनुमति पाएको नार आवासीय विद्यालयमा दुई छात्रा र चार छात्र गरी जम्मा छ विद्यार्थीले अध्ययन गर्दै आएका छन् । यहाँ शिक्षक दरबन्दी तीन रहेको छ । यस हिसाबले भन्ने हो भने तीन जना शिक्षकले छ जना विद्यार्थी पढाउँछन् । यस गाउँपालिकामा जम्मा विद्यालय सङ्ख्या दुई रहेको शिक्षा विकास तथा समन्वय एकाइ मनाङको शिक्षक विद्यार्थी वितरण २०८१ मा उल्लेख छ ।
 
त्यसै गरी मनाङ ङिस्याङ गाउँपालिकामा नौ वटा विद्यालय छन् । नौ वटा विद्यालयका लागि शिक्षक दरबन्दी ४५ रहेको छ । यस पालिकामा रहेको एउटै मात्र अन्नपूर्ण माविमा ६५ जना विद्यार्थी अध्ययन गर्छन् भने १७ शिक्षकको दरबन्दी रहेको छ । दरबन्दीमध्ये एक जना प्रावि शिक्षक काजमा गएका छन् । 
 
कक्षा १–५ अनुमति पाएको भ्राका आवासीय विद्यालय भ्राकामा जम्मा विद्यार्थी आठ जना रहेका छन् । शिक्षक दरबन्दी चार छ भने एक दरबन्दी रिक्त नै छ । कक्षा १–५ अनुमति पाएको घ्यारु आवि घ्यारुमा जम्मा विद्यार्थी सङ्ख्या पाँच रहेको छ भने शिक्षक दरबन्दी तीन रहेको छ । त्यसै गरी कक्षा १–८ अनुमति पाएको हुम्डे आवि हुम्डेमा जम्मा विद्यार्थी सङ्ख्या तीन रहेको छ भने शिक्षक दरबन्दी पनि तीन नै रहेको छ । यस हिसाबले हेर्दा यहाँ एक शिक्षक बराबर एक विद्यार्थी देखिन्छ ।
 
मनाङ ङिस्याङकै कक्षा १–५ अनुमति पाएको लालीगुराँस आवि तलेखुमा १८ जना विद्यार्थी रहेका छन् भने शिक्षक दरबन्दी पाँच रहेको छ । कक्षा १–८ अनुमति पाएको ङावल आवि ङावलमा जम्मा विद्यार्थी सङ्ख्या पाँच र शिक्षकको दरबन्दी चार रहेको छ । कक्षा १–५ अनुमति पाएको पिसाङ आवि पिसाङमा जम्मा विद्यार्थी सङ्ख्या आठ छ भने शिक्षकको दरबन्दी चार रहेको छ । कक्षा १–५ अनुमति पाएको टङ्की आवि मनाङमा जम्मा विद्यार्थी सङ्ख्या दुई छ भने शिक्षकको दरबन्दी पनि दुई नै रहेको छ । यसरी हेर्दा एक विद्यार्थी बराबर एक शिक्षक देखिन्छ । त्यसै गरी मनाङ ङिस्याङकै कक्षा १–८ अनुमति पाएको तिलिचो आवि खाङसारमा जम्मा विद्यार्थी सङ्ख्या सात रहेको छ भने शिक्षक दरबन्दी तीन रहेको छ ।
 
त्यसै गरी चामे गाउँपालिकामा जम्मा चार विद्यालय छन् । तीमध्ये एउटा मात्रै मावि छ । हाल लोकप्रिय मावि चामेमा कक्षा १२ सम्म सञ्चालन छ । जम्मा विद्यार्थी सङ्ख्या १३८ रहेका छन् । कक्षा १–५ अनुमति पाएको विश्वशान्ति आवि कोतोमा चार विद्यार्थी सङ्ख्या र तीन जना शिक्षक भए पनि शिक्षक लोकप्रिय माविमा काजमा गएका छन् । कक्षा १–५ अनुमति पाएको दिनदयाल आवि थान्चोकमा एक जना मात्रै विद्यार्थी रहेका छन् । त्यहाँ शिक्षक दरबन्दी पाँच रहेको छ । यस हिसाबले हेर्ने हो भने एक विद्यार्थीलाई पढाउन पाँच शिक्षक रहेको देखिन्छ । 
 
चामेकै कक्षा १–८ सञ्चालन अनुमति पाएको गौरीशङ्कर आवि तिमाङमा ८२ जना विद्यार्थीलाई सात जना शिक्षकले अध्यापन गराइरहेका छन् । नासोँ गाउँपालिकामा जम्मा ११ वटा विद्यालय छन् । तीमध्ये अमर आवि घेराङमा तीन जना शिक्षक दरबन्दी रहेको छ भने विद्यार्थी सङ्ख्या जम्मा एक रहेको छ । एक जना शिक्षक धारापानीमा काजमा गएको तथ्याङ्कले देखाउँछ । त्यसै गरी भानु मावि तालमा जम्मा विद्यार्थी सङ्ख्या सात हुँदा शिक्षक दरबन्दी १२ रहेकोमा तीन जना शिक्षक प्रकाशज्योति माविमा काजमा गएको देखिन्छ । धरापानी आवि धारापानीमा एक विद्यार्थी एक शिक्षक रहेका छन् ।
 
त्यसै गरी नासोँकै मस्र्याङ्दी आवि खोत्रोमा विद्यार्थी सङ्ख्या दुई हुँदा शिक्षक सङ्ख्या पाँच रहेको छ भने एक शिक्षक काजमा छन् । पशुपति आवि बगरछापमा जम्मा विद्यार्थी चार जना हुँदा सात शिक्षकले अध्यापन गराएको देखिन्छ । यस विद्यालयबाट पनि एक शिक्षक काजमा गएका छन् । त्यसै गरी सरस्वती आवि ओढारगाउँमा जम्मा विद्यार्थी सङ्ख्या दुई देखाइएको छ जसमा शिक्षकको सङ्ख्या भने छ रहेको छ । यस विद्यालयबाट तीन जना शिक्षक अन्य विद्यालयमा काजमा गएको देखिन्छ । यस पालिकाकै सबैभन्दा धेरै विद्यार्थी भएको विद्यालय प्रकाशज्योति मावि हो । यहाँ कक्षा १२ सम्म अध्यापन गराइन्छ । जम्मा विद्यार्थी सङ्ख्या १४० रहेको यस विद्यालयमा शिक्षक दरबन्दी १४ देखाइएको छ । अन्य विद्यालयबाट १८ जना शिक्षक यस विद्यालयमा काजमा आएको तथ्याङ्कले देखाएको छ । 
 
यस हिसाबले हेर्दा मनाङमा विद्यार्थी कम हुँदै गएको शिक्षा विकास तथा समन्वय एकाइ मनाङका प्रमुख धु्रवप्रसाद कोइरालाले बताए । उनका अनुसार कक्षा ६ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या घट्दै गएको छ । उनले भने, “शिक्षातर्फ विद्यार्थीलाई आकर्षित गर्न विभिन्न योजना, दिवा खाजा तथा आवासीय व्यवस्था गरिएको छ । यति गर्दा पनि विद्यार्थी घट्ने क्रममा छन् ।” 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

महासचिव नपाएका ज्ञवाली उपाध्यक्ष बन्न मानेनन्, महाधिवेशनमा अनुपस्थित

काठमाडौं । एमालेको आगामी महाधिवेशनअन्तर्गत भोलि (मंगलबार) हुने निर्वाचनमा नयाँ नेतृत्व चयन हुने तयारी छ। अध्यक्ष पदका मुख्य प्रतिस्पर्धी केपी शर्मा ओल...

एमाले महाधिवेशन निर्वाचन कार्यतालिका संशोधन, उम्मेदवार फारम दर्ता दिउँसो ३ बजेसम्म

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनको लागि हुन लागेको निर्वाचनको कार्यतालिका संशोधन भएको छ। एघारौं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending