पाेखरा । ललितपुरको थ्रीस्टार क्लब पोखरामा जारी २४औँ आहा–रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रङ्गशालामा आइतबार भएको खेलमा थ्रीस्टारले मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।
प्रतिस्पर्धात्मक खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयमा समेत गोलरहित बराबरीमा सकिएको खेलमा टाइब्रेकरमा पुगेर थ्रीस्टार भाग्यमानी बनेको हो । टाइब्रेकरमा थ्रीस्टारका दीपेश घले, फोडे फोफाना, विराज महर्जन र लक्ष्मण रुचालले गोल गरे । मच्छिन्द्रका दिवाकर चौधरी र सनिश श्रेष्ठले मात्र गोल गर्न सके । विशाल घलानको पहिलो प्रहार बारमा लागेर फर्किएको थियो । आदित्य शाक्यको प्रहारलाई थ्री स्टारका गोलरक्षक सरिन जिसीले विफल पारे । थ्रीस्टारका दिपेश घले म्यान अफ दि म्याच भए ।
पाँच पटकको उपाधि विजेता थ्रीस्टारले सेमिफाइनलमा थन्डरबोल्ट नर्थ युनाइटेड र ब्ल्याक बुल्स एसपीबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । थ्रीस्टारले सिधै वाई पाएर क्वार्टरफाइनल खेलेको हो ।
यता मच्छिन्द्रले विभागीय टोली एपिएफ क्लबलाई हराएर क्वार्टरफाइनलमा स्थान बनाएको थियो । प्रतियोगिता अन्तर्गत सोमबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेड क्लबबिच प्रतिस्पर्धा हुनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २४ गते, २०८२ - २०:१९
काठमाडाैँ । इन्डोनेसियाको राजधानी जकार्तामा मङ्गलबार सात तल्ले कार्यालय भवनमा लागेको आगलागीमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आगो ...
मंसिर २४ गते, २०८२ - २०:१४
बारा । बाराका अग्रज फोटो पत्रकार फैजुल्लाह आलमको उपचारको क्रममा मंगलबार साँझ निधन भएको छ । बाराको परवानीपुर गाँउपालिका–३ लिपनीमाल निवासी ५५ बर्षीय...
मंसिर २४ गते, २०८२ - १९:५८
उदयपुर । चौदण्डीगढी नगरपालिका–४ मा दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक व...
मंसिर २४ गते, २०८२ - १९:२५
काठमाडौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मै...
मंसिर २४ गते, २०८२ - १९:०५
बैतडी । बैतडीमा चियाखेतीका लागि सम्भाव्यता अध्ययन गरिएको छ । यहाँको सुर्नया गाउँपालिकाका तीन वडाका उच्च क्षेत्रमा चियाखेतीका लागि प्रारम्भिक सम्भाव्य...
मंसिर २४ गते, २०८२ - १९:०३
जनकपुरधाम । मधेश प्रदेशमा महिलामाथि हुने विभिन्न प्रकारका हिंसाका घटना बढ्दो क्रममा रहेको ताजा तथ्याङ्कले देखाएको छ । महिला पुनर्स्थापना केन्द्र, ...
मंसिर २४ गते, २०८२ - १८:५९
ओखलढुङ्गा । ओखलढुङ्गामा खोरेत रोग नियन्त्रणका लागि सञ्चालन गरिएको खोप अभियानमार्फत एक महिनाको अवधिमा ३१ हजार ८१४ घरपालुवा पशुचौपायालाई खोप लगाइएको छ ।...
मंसिर २४ गते, २०८२ - १८:५५
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सिंहदरबारबाट सेवा प्रवाह सुरु गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आजदेखि आंशिक रूपमा सिंह...
मंसिर २४ गते, २०८२ - १८:०६
काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पुसको पहिलो हप्तासम्म प्रदेश र जिल्लास्तरमा एकता समायोजन टुंग्याउने लक्ष्य राखे पनि प्रक्रिया अपे...
मंसिर २४ गते, २०८२ - १८:०४
लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लमजुङमा १३० मतदान स्थल रहने भएको छ । उक्त मतदान स्थलमा १८६ मतदान केन्द्र रहने छन् । उक...




प्रतिकृया लेख्नुहोस्: