Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

मुठभेडमा ३१ माओवादी र दुई भारतीय सैनिकको मृत्यु

खबरडबली संवाददाता

भारत । सुरक्षा बलले लामो समयदेखि चलिरहेको विद्रोहलाई दमन गर्ने प्रयास गरिरहेको बेला मध्य भारतको घना जङ्गलमा आइतबार भएको मुठभेडमा कम्तीमा ३१ जना माओवादी विद्रोही र दुई जना भारतीय कमान्डो मारिएका छन् ।

सीमान्तकृत आदिवासी जनताको अधिकारका लागि लड्दै आएका विद्रोहीहरूद्वारा चलाइएको दशकौँ लामो विद्रोहमा १० हजारभन्दा बढी मानिस मारिएका छन् । वरिष्ठ प्रहरी अधिकारी सुन्दरराज पी‍ ले भने, ३१ विद्रोही र दुई सुरक्षाकर्मी मारिएका छन् र अन्य दुई सुरक्षाकर्मी घाइते भएका छन् ।”

प्रहरीले क्षेत्रमा खोजी अभियान जारी राखेकोले मृत्यु सङ्ख्या अझै बढ्न सक्ने अधिकारीले बताए । “घटनास्थलमा अतिरिक्त बल पठाइएको छ”, उनले भने । प्रहरीको विज्ञप्तिअनुसार घटनास्थलबाट स्वचालित हतियार र ग्रेनेड लन्चर बरामद गरिएको छ । विद्रोहको मुटु मानिने छत्तीसगढ राज्यको बिजापुर जिल्लाको जङ्गली क्षेत्रमा मुठभेड भएको थियो ।

“नक्सलवादी (माओवादी) मुक्त भारत हासिल गर्ने दिशामा यो ठुलो सफलता हो”, भारतका गृहमन्त्री अमित शाहले भने । उनले गत वर्ष सरकारले सन् २०२६ सम्ममा विद्रोह दबाउने अपेक्षा गरिएको बताएका थिए । 

सरकारी तथ्याङ्कअनुसार सुरक्षा बलको कारबाहीमा गत वर्ष २८७ विद्रोही मारिएका छन् । तीसमध्ये अधिकांश छत्तीसगढमा मारिएका थिए । माओवादीहरूले स्थानीय बासिन्दाहरूका लागि जग्गा, रोजगारी र यस क्षेत्रको अपार प्राकृतिक स्रोतको हिस्सा माग गर्दै आएका छन् ।

उनीहरू भारतको पूर्व र दक्षिणका विभिन्न दुर्गम समुदायहरूमा प्रवेश गरे । सन् २००० दशकको सुरुसम्म आन्दोलनले शक्ति र सङ्ख्यामा वृद्धि गर्‍यो । त्यसपछि नयाँदिल्लीले ‘रेड करिडोर’ भनिने क्षेत्रमा हजारौँ सैनिक तैनाथ गर्‍यो । यस द्वन्द्वमा सरकारी बलहरूमाथि धेरै घातक आक्रमणहरू पनि भएका छन् । गत महिना सडक किनारमा भएको बम विस्फोटमा कम्तीमा नौ भारतीय सैनिक मारिएका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending