ढाका । पूर्व नेता शेख हसिनाको अपदस्थ शासनसँग सम्बन्धित गिरोहहरूले प्रदर्शनकारीहरूमाथि आक्रमण गरेपछि बङ्गलादेशले आइतबार ठूलो सुरक्षा अभियान सुरु गरेको छ ।
“पतित स्वेच्छाचारी शासनसँग सम्बन्धित गिरोहले विद्यार्थीहरूको एक समूहमाथि आक्रमण गरी उनीहरूलाई गम्भीर रूपमा घाइते बनाएपछि अभियान सुरु भएको हो”, सरकारी विज्ञप्तिमा भनिएको छ । सन् २०२४ अगस्टको विद्यार्थी नेतृत्वको क्रान्तिमा हसिना अपदस्थ भएपछि सत्तामा आएको अन्तरिम सरकारका गृह मन्त्रालयका प्रमुख जहाँगीर आलम चौधरीले यसलाई ‘अपरेसन डेभिल हन्ट’ नाम दिएका छन् ।
“दानवहरूलाई जरैदेखि उखेल्न नसकेसम्म यो जारी रहनेछ”, चौधरीले पत्रकारहरूलाई भने । केही दिनको अशान्तिपछि व्यापक सुरक्षा अभियानहरू सुरु भएका हुन् । बुधबार ढाकामा भीडले हसिनाको दरबारमा आक्रमण गर्दा उनी भागेको छ महिनापछि प्रदर्शनकारीहरूले उत्खनन यन्त्रहरू प्रयोग गरेर उनको परिवारसँग जोडिएका भवनहरू भत्काएका थिए ।
मानवता विरुद्धको अपराधको मुद्दाको सामना गर्न गिरफ्तारी वारेन्टको अवहेलना गरेकी ७७ वर्षीया हसिना छिमेकी भारतबाट निर्वासनबाट फेसबुक प्रसारणमा देखा पर्ने रिपोर्टको प्रतिक्रियामा विरोध प्रदर्शन सुरु भएको थियो । भत्काइएका भवनहरूमा हसिनाका दिवङ्गत पिता तथा बङ्गलादेशका प्रथम राष्ट्रपति शेख मुजिबुर रहमानको सङ्ग्रहालय र पुरानो घर समावेश छन् ।
अन्तरिम सरकारले हिंसाको जिम्मेवारी हसिनालाई दिएको छ । शुक्रबार अन्तरिम नेता तथा नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसले पनि शान्तिको आह्वान गरे । “विधिको शासनलाई सम्मान गर्नु नै हामीले मिलेर निर्माण गरिरहेका नयाँ बङ्गलादेशलाई फासीवादी शासनअन्तर्गतको पुरानो बङ्गलादेशबाट छुट्याउने कुरा हो”, युनुसले एक विज्ञप्तिमा भने, “हसिना शासनको विरुद्ध उठेर त्यसलाई पल्टाएका नागरिकहरूका लागि… एक अर्काको नागरिक र मानव अधिकारको सम्मान र कानूनअन्तर्गत काम गर्ने हाम्रा सिद्धान्तहरूप्रतिको हाम्रो प्रतिबद्धता अडिग छ भन्ने कुरा आफैँलाई र विश्वभरका हाम्रा मित्रहरूलाई प्रमाणित गर्नु अत्यावश्यक छ ।”
केही घन्टापछि हसिनाविरुद्धको विद्रोह भड्काउन श्रेय दिइएको प्रदर्शनकारी समूह स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेशनका सदस्यहरूमाथि ढाकाको गाजीपुर जिल्लामा आक्रमण भएको थियो । मुखर र शक्तिशाली समूहले त्यसयता कारबाहीको माग गरेका थिए । समूहका सदस्यहरू सरकारी मन्त्रिमण्डलमा छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: