Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

बङ्गलादेश : ‘अपरेसन डेभिल हन्ट’ नामक कारबाहीका क्रममा एक हजार तीनसय पक्राउ

खबरडबली संवाददाता

ढाका । पूर्व प्रधानमन्त्री शेख हसिनाको शासनसँग सम्बन्धित गिरोहलाई लक्षित गरी गरेको ‘अपरेसन डेभिल हन्ट’ नामक व्यापक कारबाहीमा एक हजार ३०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको बङ्गलादेशी प्रहरीले सोमबार जनाएको छ ।

सन् २०२४ को अगष्टमा विद्यार्थी नेतृत्वको क्रान्तिमा हसिनालाई सत्ताच्युत गरिएपछि सत्ता सम्हालेको अन्तरिम सरकारमा गृह मन्त्रालयका प्रमुख जहाँगीर आलम चौधरीले ‘सैतानलाई जरैदेखि उखेलेर नफाल्दासम्म’ यो अभियान जारी रहने बताएका छन् ।

प्रहरी प्रवक्ता इनामुल हक सागरले भने, “शनिबार सुरु भएको अभियानबाट देशभर एक हजार ३०८ जनालाई पक्राउ गरिएको छ । अभियान अझै जारी छ । फेब्रुअरी महिनाको सुरुमा हसिना नेतृत्वको विपक्षी दल आवामी लिगको नेतृत्वमा व्यापक आन्दोलनको घोषणा भएपछि सुरक्षा कारबाही सुरु गरिएको हो ।

ढाकास्थित प्रधानमन्त्रीको कार्यालयमा भीडले आक्रमण गरेपछि पूर्व प्रधानमन्त्री त्यहाँबाट हेलिकप्टरमार्फत् भागेर नयाँदिल्लीमा गएका थिए । कार्यालयमा आक्रमण भएको छ महिनापछि फेब्रुअरी ५ मा प्रदर्शनकारीहरूले एक्स्काभेटरको प्रयोग गरी उनको परिवारसँग सम्बन्धित भवनहरू भत्काएका थिए ।

मानवताविरुद्धको अपराधको सामना गर्न पक्राउ पुर्जीको अवज्ञा गरेकी ७७ वर्षीया हसिना छिमेकी मुलुक भारतमा निर्वासनबाट फेसबुकमार्फत् नेता तथा कार्यकर्तासँग संवाद गर्ने समाचारपछि सरकारले आवामी लिगका नेता, समर्थक र कार्यकर्तामाथि व्यापक धरपकड शुरू गरेको थियो ।

अभियानको नाममा हसीनाका स्वर्गीय पिता, बङ्गलादेशका प्रथम राष्ट्रपति शेख मुजिबुर रहमानको संग्रहालय र पूर्व घरसमेत रहेका भवनहरू ध्वस्त भएपछि नागरिक अधिकारकर्मीको एक समूहले यसको निन्दा गरेको छ ।
हसिना विरोधी प्रदर्शनकारी र उनको अवामी लिग पार्टीका सदस्यहरूबीच पनि झडप भएको थियो । अन्तरिम सरकारले हिंसात्मक गतिविधिका लागि हसिनालाई दोषी ठहराईएको छ ।

शुक्रबार अन्तरिम नेता तथा नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसले शान्तिका लागि अपिल गरेका छन् । नेता युनुसको अपिल सार्वजनिक भएको केही घण्टापछि ढाकास्थित गाजीपुर जिल्लामा हसिनाविरुद्ध विद्रोह चर्काउने समूह स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसनका सदस्यहरूमाथि आक्रमण भएको थियो ।

त्यसपछि सरकारी क्याबिनेटमा रहेका मुखर र शक्तिशाली समूहले कारबाहीको माग गरेका थिए । सरकारले ‘निरंकुश शासनसँग सम्बन्धित गिरोहले विद्यार्थीहरूको एक समूहमाथि आक्रमण गरेको र उनीहरू गम्भीर घाइते भएपछि कारबाही सुरु गरिएको’ बताएको छ । यो अभियानले चिन्ता बढाएको छ ।

युनुसका प्रेस सल्लाहकार शफिकुल आलमले भने, “सरकारले विशेष कमान्ड सेन्टर टोलीलाई कानून कार्यान्वयन गर्ने निकायको प्रयासको निरीक्षण गर्न जिम्मा दिएको छ ।” तर सर्वोच्च अदालतका वकिल स्नेहद्री चक्रवर्तीले यस अभियानलाई ‘बेकारको लफडा’ भन्दै आलोचना गरेका छन् । उनले सामूहिक गिरफ्तारीले मुख्य समस्यालाई सम्बोधन नगरी ‘निर्दोष मानिसहरू’लाई सफा गर्ने खतरा रहेको बताएका छन् ।

उनले भने, “मलाई लाग्दैन कि यो अभियानले बिग्रँदो कानूनी व्यवस्थाको स्थितिमा उल्लेखनीय सुधार ल्याउनेछ । “मेरो विचारमा यो ‘बेकारको लफडा’ हो ।” 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE