काठमाडौँ । गत वैशाख १ देखि यही साउन १४ गतेसम्म देशका विभिन्न भागमा तीन हजार ९५१ विपद्जन्य घटना भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा १९३ जनाको मृत्यु, तीन जना बेपत्ता, एक हजार १६५ जना घाइते तथा पाँच हजार ८७ परिवार प्रभावित भएका छन् ।
उक्त अवधिमा सबैभन्दा बढी एक हजार दुई वटा आगलागीका घटना, सर्पदंशका ६७०, पहिरोका ६६२, हुण्डरीका ४७९, चट्याङका २३१, भारी वर्षाका २२६, वन्यजन्तु आक्रमणका २१८, बाढीका १९८ र वन डढेलोका १९१ घटना भएका छन् ।
यसैबीच, साउन १३ गते बिहान १०:०० बजेदेखि साउन १४ गते बिहान १०:०० बजेसम्म देशका विभिन्न स्थानमा ३४ वटा विपद्जन्य घटना भएका प्राधिकरणले जनाएको छ । ती घटनामा १३ जना घाइते भएका छन् भने २३ जनाको उद्धार भएको छ । घटनामा रु ४१ लाख आठ हजार बराबरको क्षति भएको छ ।
सो अवधिमा सर्पदंशका आठ, आगलागीका आठ, भारी वर्षाका नौ, पहिरोका पाँच, बाढीको एक र वन्यजन्तु आक्रमणका तीन घटना भएका छन् ।
यसैगरी, साउन १३ गते बिहान ८:४५ बजेदेखि साउन १४ गते बिहान ८:४५ बजेसम्म देशका विभिन्न भागमा अवस्थित ४४८ वर्षा मापन केन्द्रमध्ये २६६ केन्द्रमा वर्षा अभिलेख भएको र सबैभन्दा बढी १०४।६ मिलिमिटर वर्षा कञ्चनपुरको दोधारामा भएको प्राधिकरणले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १५ गते, २०८३ - १२:०४
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मधेशका विभिन्न जिल्लामा विकसित पछिल्लो अवस्थाबारे मधेशबाट प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग छलफल गरेका ...
श्रावण १५ गते, २०८३ - ११:३९
काठमाडौं । पाकिस्तानको काराकोरम हिमशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा हिमपहिरोपछि सम्पर्कविहीन भएका आरोहीहरूको खोजीका क्रममा उद्धार टोलीले चा...
श्रावण १५ गते, २०८३ - ११:३०
जनकपुरधाम । धनुषाको सबैला नगरपालिका–१२ नहरचोकस्थित एक मन्दिर परिसरमा मृत फेला परेका पुजारीको घटनालाई धार्मिक विवादसँग नजोड्न जिल्ला प्रहरी कार्यालय धन...
श्रावण १५ गते, २०८३ - ११:१६
मकवानपुर । तराई–मधेशमा पछिल्लो समय उत्पन्न सुरक्षा अवस्थाका साथै सीमा जोडिएको बागमती प्रदेशमा त्यसको पर्न सक्ने प्रभावबारे समीक्षा गरिएको छ। सुनसरीमा ...
श्रावण १५ गते, २०८३ - १०:४८
काठमाडौं । पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि नेपालका चर्चित पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’सहित १० जना पर्वतारोही सम्पर्कविहीन भएका...
श्रावण १५ गते, २०८३ - १०:३७
जनकपुरधाम । नेपाल रेल्वे कम्पनी लिमिटेडले जयनगर–जनकपुर–भङ्गाहा रेल खण्डअन्तर्गत सञ्चालन हुँदै आएको रेल सेवा अस्थायी रूपमा स्थगित गरेको छ । कम्पनीको...
श्रावण १५ गते, २०८३ - १०:२५
जनकपुरधाम। मधेश प्रदेश प्रहरी कार्यालयले सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा एक युवकको गोली लागेर मृत्यु भएको घटनाको सत्यतथ्य छानबिन गर्न...
श्रावण १५ गते, २०८३ - १०:११
काठमाडौँ । गत वैशाख १ देखि यही साउन १४ गतेसम्म देशका विभिन्न भागमा तीन हजार ९५१ विपद्जन्य घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस...
श्रावण १४ गते, २०८३ - १७:५३
काठमाडौं । नेकपा (एमाले)ले सुनसरीको देवानगञ्ज गाउँपालिकामा पछिल्ला दिनमा उत्पन्न तनावपूर्ण अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। एमाले अध्य...
श्रावण १४ गते, २०८३ - १७:४७
काठमाडौं । प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित भएको छ। बिहीबार बसेको बैठकले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २...



प्रतिकृया लेख्नुहोस्: