ताप्लेजुङ । आगामी बैशाखमा ताप्लेजुङमा आयोजना गर्न लागिएको कञ्चनजङ्घा हीरक महोत्सवको ‘लोगो’ सार्वजनिक गरिएको छ । विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा आरोहणको ७० वर्ष पुगेको अवसरमा आयोजना गर्न लागिएको कञ्चनजङ्घा हीरक महोत्सवको आधिकारिक लोगो सार्वजनिक गरिएको हो ।
कञ्चनजङ्घा हीरक महोत्सव संयोजन समितिले सोमबार सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलन गर्दै लोगो सार्वजनिक गरेको हो । महोत्सवको आधिकारिक लोगो सार्वजनिक गर्नुहुँदै संयोजन समितिका संयोजक पिछ्वाङ शेर्पाले महोत्सवको प्रचारप्रसारमा टेवा पुग्ने बताए।
महोत्सव भव्यरुपमा सम्पन्न गर्न व्यवस्थापन र तयारीमा जुटेको आयोजक समितिले तयारीलाई नै थप टेवा पुर्याउनेगरी महोत्सवको छुट्टै लोगो निर्माण गरेर सार्वजनिक गरिएको संयोजक शेर्पाले जानकारी दिनुभयो । उहाँले लोगो निर्माण ९डिजाइन० सँगै महोत्सवको तयारी निरन्तर भइरहेको पनि जानकारी दिए।
कञ्चनजङ्घा आरोहणको ७० औं वार्षिक उत्सव अर्थात हीरक महोत्सव आगामी २०८२ साल वैशाख ५ देखि ७ गतेसम्म तीन दिन मनाइने भएको छ । कञ्चनजङ्घा व्यवस्थापन परिषद्को मुख्य कार्यालय रहेको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपमा महोत्सव आयोजना हुने छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र प्रकृतिको उपहार, संरक्षण क्षेत्रमा पर्यापर्यटन समृद्धिको आधार भन्ने नारासहित कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या बढाउने मुख्य उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको परिषद्का सदस्य–सचिव मनकुमार राईले जानकारी दिए।
समुद्री सतहदेखि आठ हजार ५८६ मिटर उचाइ रहेको कञ्चनजङ्घा हिमालको सन् १९५५ मे २५ मा बेलायतका आरोही जर्ज बैण्डले पहिलो पटक आरोहण गर्नुभएको थियो । कञ्चनजङ्घामा मानव पाइला टेकेको ७० वर्ष पुगेको अवसरमा हीरक महोत्सव आयोजना गर्न लागिएको हो । यसअघि २०७३ साल मङ्सिरमा पनि कञ्चनजङ्घा आरोहणको ६० वर्ष पुगेको अवसरमा फुङ्लिङको सुकेटारमा हीरक महोत्सव आयोजना गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३० गते, २०८३ - १८:१३
काठमाडौं । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि संवाद र छलफल आवश्यक रहेको भन्दै पाँच जना अग्रज न...
जेष्ठ ३० गते, २०८३ - १७:१६
तनहुँ । आधुनिकताको बढ्दो प्रभाव र पुस्तान्तरणको अभावका कारण भाषा, संस्कृति तथा ऐतिहासिक पहिचान संकटमा पर्न थालेपछि तनहुँका भुजेल समुदाय संरक्षण अभियान...
जेष्ठ ३० गते, २०८३ - १६:५८
पर्वत। पर्वतको बाच्छा गाउँबाट यस वर्ष एक करोड मूल्य बढीको भक्तपुरे लोकल काक्राको बिउ उत्पादनको आँकलन गरिएको छ । विहादी गाउँपालिका वडा १ मा पर्ने बाच्छ...
जेष्ठ ३० गते, २०८३ - १६:३५
सुर्खेत । चोरी मुद्दामा पक्राउ परेर जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक युवाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका–१० पिपिराका २१ ...
जेष्ठ ३० गते, २०८३ - १६:२७
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्ने बताएको छन् ।...
जेष्ठ ३० गते, २०८३ - १६:११
बागलुङ। मध्यपहाडी लोकमार्गको बिहुँमा कार दुर्घटनामा परेको छ। आज बिहान बागलुङको काठेखोला गाउँपालिका –६ धैरेनी स्थित मध्यपहाडी लोकमार्गमा गुडिरहेको कार ...
जेष्ठ ३० गते, २०८३ - १६:०४
काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बन्यजन्तुको व्यवस्थापनका लागि सर्वदलीय बैठकबाट ठोस राष्ट्रिय दृष्टिकोण बनाउन आग्रह गरेको छन् । उनले म...
जेष्ठ ३० गते, २०८३ - १४:३८
काभ्रेपलाञ्चोक । काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित बीपी राजमार्गमा शुक्रबार भएको बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल प्रहरी प्रधान कार...
जेष्ठ ३० गते, २०८३ - १४:३३
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका लागि गठन गरिएको कार्यदलमार्फत प्रदेशस्तरबाट सुझाव स...
जेष्ठ ३० गते, २०८३ - १३:१४
घोराही। दाङको कालाकाटे-सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गर्दै गर्दा बालुवाले पुरिँदा एक जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालि...



प्रतिकृया लेख्नुहोस्: