जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जीवन दर बढाउने प्रयासमा मङ्गलबार निम्न र मध्यम आय भएका देशहरूमा बसोबास गर्ने हजारौँ बालबालिकाका लागि निःशुल्क क्यान्सर औषधी प्रदान गर्ने नयाँ प्लेटफर्म सुरु गरेको छ ।
सङ्गठनका अनुसार पहिलो औषधीहरू मङ्गोलिया र उज्बेकिस्तानमा पुर्याइँदैछ र परियोजनाको पाइलट चरणका रूपमा इक्वेडर, जोर्डन, नेपाल र जाम्बियामा थप ढुवानीको योजना बनाइएको छ ।
यी छ देशका कम्तीमा ३० वटा अस्पतालमा यस वर्ष क्यान्सर भएका करिब पाँच हजार बालबालिकासम्म उपचार पुग्ने अपेक्षा गरिएको छ ।
“पाइलट चरणका देशहरूले गुणस्तर सुनिश्चित गरिएका बाल क्यान्सर औषधीहरूको निरन्तर आपूर्ति निःशुल्क प्राप्त गर्नेछन्”, संयुक्त राष्ट्र स्वास्थ्य निकायले विज्ञप्तिमा भनेको छ ।
डब्लुएचओका अनुसार न्यून तथा मध्यम आय भएका देशहरूमा बाल क्यान्सर जीवित रहने दर प्रायः ३० प्रतिशतभन्दा कम छ भने उच्च आय भएका देशहरूमा यो करिब ८० प्रतिशत छ ।
“धेरै लामो समयदेखि क्यान्सर भएका बालबालिकाहरूको जीवन बचाउने औषधीमा पहुँच थिएन”, डब्लुएचओ प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले भने।
प्लेटफर्ममा सामेल हुन थप छ देशलाई आमन्त्रित गरिएको छ । यसबाट आगामी पाँचदेखि सात वर्षमा ५० देशमा पुग्ने आशा गर्दछ र करिब एक लाख २० हजार बालबालिकालाई औषधि उपलब्ध गराउने लक्ष्य राखिएको छ ।
डब्लुएचओका अनुसार विश्वभर हरेक वर्ष अनुमानित चार लाख बालबालिकामा क्यान्सर विकसित हुन्छ । तीमध्ये अधिकांश सीमित स्रोत भएका वातावरणमा बस्छन् ।
“यस्ता वातावरणका ७० प्रतिशत बालबालिका उपयुक्त उपचारको अभाव, उपचारमा अवरोध वा कम गुणस्तरको औषधि जस्ता कारणले क्यान्सरबाट मर्ने अनुमान गरिएको छ”, डब्लुएचओले भनेको छ ।
डब्लुएचओले निःशुल्क प्रावधान पायलट चरणभन्दा पनि पछि जारी रहने र प्लेटफर्मले लामो समयसम्म यसको दिगोपन विकास गर्न काम गरिरहेको बताएको छ ।
प्लेटफर्म स्थापना गर्ने योजना पहिलो पटक सन् २०२१ डिसेम्बरमा घोषणा गरिएको थियो । यो संयुक्त राज्य अमेरिकाको टेनेसीको मेम्फिसमा रहेको सेन्ट जुड चिल्ड्रेन्स रिसर्च हस्पिटल र डब्लुएचओ बिचको संयुक्त उद्यम हो ।
गैर–नाफामूलक बाल चिकित्सा उपचार र अनुसन्धान संस्थाले यसको प्रक्षेपणका लागि २० करोड डलर प्रतिबद्ध गरेको डब्लुएचओले जनाएको छ । राससरएएफपी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २१ गते, २०८३ - ११:३४
धनगढी। कैलालीसहित सुदूरपश्चिम प्रदेशको विभिन्न ठाउँमा आज विहानैदेखि निरन्तर वर्षा भइरहेको छ । हावाहुरीसहित वर्षा भइरहेको हो । विहान ५ बजेदेखि अहिलेसम्...
बैशाख २१ गते, २०८३ - ११:३१
धनगढी । कैलालीको धनगढीस्थित सशस्त्र प्रहरीको बडिमालिका जवान तालिम शिक्षालयमा तालिम लिइरहेका एक प्रशिक्षार्थी जवानको मृत्यु भएको छ। दार्चुलाको नौगाड गा...
बैशाख २१ गते, २०८३ - ११:०८
विराटनगर। कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिकाको आन्तरिक आयको मुख्य स्रोत मानिएको घरबहाल तथा सम्पत्ति कर संकलनमा चुनौती देखिएको छ। सर्वोच्च अदा...
बैशाख २१ गते, २०८३ - १०:१५
हुम्ला । चीनद्वारा नेपाल–चीन सीमा क्षेत्र हिल्सामा निर्माण गरिएको मितेरी पुल तत्काल सञ्चालनमा नआउने भएको छ । सीमा क्षेत्रसँग जोडिएका दुवै देशका प्रतिन...
बैशाख २१ गते, २०८३ - ०९:५२
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुकुमवासी बस्ती खाली गर्ने कार्य नागरिकलाई हटाउने उद्देश्यले नभएको स्पष्ट पारेका छन्। सामाजिक सञ्जालमार्फत् उनले ...
बैशाख २० गते, २०८३ - १७:४१
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाएका छन्। राष्ट्रपति कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसा...
बैशाख २० गते, २०८३ - १७:२८
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सातौँ अध्यादेश जारी गरेका छन्। उनले आइतबार ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३’ जारी गरेका हुन्। य...
बैशाख २० गते, २०८३ - १७:१८
काठमाडौं । सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जन ले सफाइ पाएका छन्। जिल्ला अदालत सर्लाहीले उनलाई आरोप पुष्टि हुन नसकेको ठहर गर्दै सफाइ दिएको हो। ...
बैशाख २० गते, २०८३ - १६:३४
नेपालगन्ज। स्तरोन्नतिको चरणमा रहेको नेपालगन्ज–गुलरिया सडक खण्डको खजुरा बजार क्षेत्रको सडक फराकिलो बनाउन माग गर्दै स्थानीयबासीले दवाव दिन हस्ताक्षर सङ्...
बैशाख २० गते, २०८३ - १६:२३
रुकुम पश्चिम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रान्तिको सपना अझै पूरा नभएको बताएका छन्।...


प्रतिकृया लेख्नुहोस्: