Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

ट्रम्पद्वारा युएसएडका महानिरीक्षक बर्खास्त

खबरडबली संवाददाता

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय विकास निकाय (युएसएआइडी– युएसएड) का स्वतन्त्र महानिरीक्षकलाई बर्खास्त गरेको अमेरिकी सञ्चारमाध्यमहरूले बुधबार रिपोर्ट गरेका छन् ।

वासिङ्टन पोस्ट, सिएनएन र अन्यले रिपोर्ट गरेअनुसार पल मार्टिनको बर्खास्त उनको कार्यालयले निकायलाई विघटन गर्ने ट्रम्प प्रशासनको प्रयासको आलोचना गर्ने प्रतिवेदन जारी गरेको एक दिनपछि आएको हो । ती सञ्चारमाध्यमले ह्वाइट हाउसबाट मार्टिनलाई मङ्गलबार पठाइएको दुई वाक्यको इमेललाई उद्धृत गरेका छन् । इमेलमा निर्णयको कारण बताइएको थिएन तर उनको पद ‘तत्काल लागु हुने गरी समाप्त’ भएको जनाइएको थियो ।

ट्रम्प प्रशासनले सहायता फ्रिज र स्टप–वर्क अर्डर (रोक्का र काम रोक्ने) लागू गरेपछि ४८ करोड ९० लाख डलरभन्दा बढी खाद्यान्न सहायता बिग्रने वा सम्भावित दुरुपयोगको जोखिममा रहेको उनको कार्यालयको प्रतिवेदनले चेतावनी दिएको थियो । प्रतिवेदनले लामो समयदेखि ‘महत्त्वपूर्ण चुनौतीहरू पहिचान गरेको र धोखाधडी, फजुल खर्च र दुरुपयोग रोक्न एजेन्सीको कार्यक्रम सुधार गर्न सिफारिसहरू प्रस्ताव गरेको’ बताएको छ ।

“तथापि एजेन्सीभर हालैको व्यापक कर्मचारी कटौती… विदेशी सहायता छुटको दायरा र कार्यान्वयनकर्ताहरूसँग अनुमति योग्य सञ्चारबारे अनिश्चितताका साथ मिलेर, युएसएडको करदाताद्वारा वित्त पोषित मानवीय सहायता वितरण र सुरक्षा गर्ने क्षमता कमजोर भएको छ”, प्रतिवेदनमा भनिएको छ ।

ट्रम्पले पहिले नै १८ जना महानिरीक्षकलाई बर्खास्त गरिसकेका थिए । उनीहरू सङ्घीय सरकारका स्वतन्त्र निगरानीकर्ता थिए तर ट्रम्पका पूर्ववर्ती जो बाइडेनले नियुक्त गरेका मार्टिन भने पदमा रहेका थिए । गत महिना आफ्नो दोस्रो कार्यकाल सुरु गरेका ट्रम्पले विश्वका सबैभन्दा धनी व्यक्ति र आफ्ना प्रमुख दाता एलन मस्कको नेतृत्वमा अमेरिकी सरकारका विभिन्न अङ्गलाई कम गर्न वा विघटन गर्न अभियान सुरु गरेको छ ।

सबैभन्दा बढी निशाना युएसएडमाथि केन्द्रित छ । यो निकाय करिब १२० देशमा स्वास्थ्य र आपत्कालीन कार्यक्रमहरू सञ्चालन गर्दै विश्वभर अमेरिकी मानवीय सहायता वितरण गर्ने प्रमुख संस्था हो । युएसएडले ४२ अर्ब ८० करोड डलरको बजेट व्यवस्थापन गर्छ । यो विश्वभर वितरित मानवीय सहायताको ४२ प्रतिशत हो ।

चीन लगायत प्रतिद्वन्द्वीहरूसँगको प्रभावका लागि सङ्घर्षमा संयुक्त राज्य अमेरिकाका लागि सफ्ट पावरको महत्त्वपूर्ण स्रोतका रूपमा यसलाई हेरिएको थियो । ट्रम्प प्रशासनले विदेशी सहायता रोकेको छ, हजारौँ अन्तर्राष्ट्रिय आधारित कर्मचारीलाई संयुक्त राज्य अमेरिका फर्कन आदेश दिएको छ र युएसएडका १० हजार कर्मचारीको सङ्ख्या करिब तीन सयमा घटाउन थालेको छ ।

श्रमिक युनियनहरूले आक्रमणको वैधतालाई चुनौती दिइरहेका छन् । एक सङ्घीय न्यायाधीशले सप्ताहन्तमा दुई हजार दुई सय युएसएड कामदारलाई भुक्तान बिदामा राख्ने प्रशासनको योजनामा शुक्रबार रोक लगाउने आदेश दिएका छन् ।

डेमोक्रेटहरूले व्यवस्थापिकाको स्वीकृति बिना ट्रम्पले सरकारी निकायहरू बन्द गर्नु असंवैधानिक हुने बताएका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE