Ntc summer Offer
Khabar Dabali २३ चैत्र २०८१ शनिबार | 5th April, 2025 Sat
Investment bank

रुकुमपश्चिममा मापदण्ड विपरीत पेट्रोलियम पदार्थ बेच्ने पसलमा तालाबन्दी

खबरडबली संवाददाता

रुकुमपश्चिम । रुकुमपश्चिमको जिल्ला सदरमुकाम मुसीकोटका विभिन्न स्थानमा मापदण्ड विपरित पेट्रोलियम पदार्थको विक्रि वितरण गर्ने चार वटा पसलमा तालाबन्दी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले बुधबार गरेको अनुगमनका क्रममा मापदण्ड विपरित पेट्रोलियम पदार्थको बिक्री वितरण भएको पाईएपछि तालाबन्दी गरिएको हो । अनुगमन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीका अनुसार चार वटा पसल अनुगमन गर्दा चारवटै मापदण्ड विपरित सञ्चालन भएको पाइएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले नियम विपरित सञ्चालन भएको पाइएपछि चार वटा पसललाई तीन दिनभित्र पेट्रोलियम पदार्थको आवश्यक व्यवस्थापन गर्नेगरी तालाबन्दी गरिएको बताए । दुई वटा पसललाई १५ हजार रुपियाँ जरिवाना समेत गरिएको उनले जानकारी दिए । 

प्रशासन कार्यालयले उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको समन्वयमा बजार अनुगमन गरेको हो । अनुगमनमा सहायक प्रजिअ रेग्मी, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख रमेश ओली, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषि पाठक, गैर सरकारी संस्था महासंघका जिल्ला अध्यक्ष भिमराज ओली, राष्ट्रिय अनुसन्धान विभागका अरुण रेग्मी, पत्रकारहरु लगायतको सहभागिता रहेको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बागलुङमा भिरबाट लडेर एक पुरुषको मृत्यु

बागलुङ । आज बारीमा घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएका घर्तीमगरको हेलिकप्टरमार्फत पोखरास्थित मणिपाल अस्पतालमा पुर्‍याइएको थियो । अस्पताल पुर्...

बँदेल मार्ने पासोमा करेन्ट लागेर एककाे मृत्यु, शव लुकाउने तीनजना पक्राउ

रौतहट । रौतहट स्थित जंगली बँदेल मार्न राखिएको विद्युतीय पासोमा करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको छ । मृतक महिलाको शव लुकाएको अभियोगमा तीनजना पक्र...

गाजा ‘मृत्युको जाल’ बनेको राष्ट्रसङ्घीय अधिकारीको भनाइ

एजेन्सी । निरन्तरको युद्धको कारण गाजा ‘मृत्युको जाल’ बनेको संयुक्त राष्ट्रसङ्घका मानवीय अधिकारी जोनाथन ह्विटलले बताएका छन् । कब्जा गरिएको प्यालेस्टिनी...

बन्धक फिर्ता नभएसम्म गाजामा दबाब जारी राखिने: इजरायली प्रधानमन्त्री नेतान्याहू

इजरायल । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले पूर्वाधार र प्रमुख कोरिडोरलाई लक्षित गरी इजरायली सेना (आईडीएफ) ले गाजामा कारबाही तीव्र बनाएको बत...

अमेरिकी करवृद्धि कपडा उद्योगका लागि ठूलो धक्काः बङ्गलादेशी उद्यमी

ढाका । बङ्गलादेशी कपडा उद्योगसम्बद्ध उद्यमीहरूले बिहीबार अमेरिकी करले विश्वको दोस्रो ठूलो गार्मेन्ट उत्पादक बङ्गलादेशलाई ‘ठूलो धक्का’ पुर्‍याएको बताएक...

जुम्ला कालढुङ्गीमा एक घर जलेर नष्ट

जुम्ला । चन्दननाथ नगरपालिका –४ कालढुङ्गीनजिक एक घरमा भिषण आगलागी भएको छ । शिवलक्ष्मी न्यौपानेको घरमा आगलागी भएको प्रहरीले जनाएको छ । तीन तल्लाको घरको ...

तराई–मधेस केन्द्रित सात दलले गरे ‘सङ्घीय लोकतान्त्रिक मोर्चा’ घोषणा

काठमाडौं । तराई–मधेस केन्द्रित सात राजनीतिक दलले ‘सङ्घीय लोकतान्त्रिक मोर्चा’ घोषणा गरेका छन् । संविधान संशोधन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, ...

२० लाखसहित एक चिनियाँ युवती पक्राउ

काठमाडाैं । हुन्डी कारोबारको आरोपमा चिनियाँ युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी वृत्त जनसेवाको टोलीले चीनको तिब्बत स्थायी घर भई पछिल्लो समय ...

बाँकेमा हात्तीको आक्रमणबाट माहुतेको मृत्यु

बाँके । हात्तीको आक्रमणमा परी बाँकेमा एकजनाको मृत्यु भएको छ । बाँके राष्ट्रिय निकुञ्जको खड्गवारस्थित हात्तीसारमा रहेको गणेशगज हात्तीले आक्रमण गर्दा मा...

उदयपुरमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर । मदन भण्डारी लोकमार्गको उदयपुर कटारी नगरपालिका–४, मुसहरी टोल खण्डमा  मोटरसाइकलको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ।  जिल्ला प्रहरी का...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy