Khabar Dabali १४ श्रावण २०८३ बिहीबार | 30th July, 2026 Thu
Investment bank

देवानगञ्जमा गृहमन्त्रीको पर्खाइ : ‘पीए’ पुग्दा स्थानीयले भने– मन्त्री नै आउनुपर्छ

खबरडबली संवाददाता

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा झण्डाको विषयबाट सुरु भएको विवादपछि उत्पन्न तनाव अझै पूर्ण रूपमा साम्य हुन सकेको छैन। सुरक्षाकर्मीको बाक्लो परिचालनपछि अवस्था नियन्त्रणउन्मुख भए पनि स्थानीयले गृहमन्त्रीलाई घटनास्थलमै आएर समस्या सम्बोधन गर्न माग गरेका छन्।

देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताका अनुसार स्थानीयले सरकारको उच्च राजनीतिक नेतृत्वले घटनास्थलमै पुगेर वास्तविक अवस्था बुझ्नुपर्ने धारणा राखेका छन्। स्थानीय शिवकुमार यादवले पनि गाउँको अवस्था सामान्य बनाउन गृहमन्त्री र प्रधानमन्त्रीको प्रत्यक्ष उपस्थितिको अपेक्षा रहेको बताए।

यद्यपि, गृहमन्त्री सुधन गुरुङ हालसम्म देवानगञ्ज नपुगेका छन्। उनले आफ्ना प्रमुख स्वकीय सचिव जेम्स कार्कीलाई भने घटनास्थलमा पठाएका छन्। कार्कीसँगै कोशी प्रदेशका पूर्वाधार विकासमन्त्रीका स्वकीय सचिव पारश क्षेत्री पनि देवानगञ्ज पुगेका थिए।

उनीहरूले ड्रोनसहित घटनास्थलको निरीक्षण गर्नुका साथै बुधबार बसेको सर्वपक्षीय बैठकमा सरकारको प्रतिनिधित्व गरेका थिए। बैठकमा कार्कीले प्रधानमन्त्री र गृहमन्त्री दुवै घटनाप्रति गम्भीर रहेको तथा समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएका थिए।

तर गाउँपालिका अध्यक्ष मेहताले काठमाडौंबाट निर्देशन दिनुभन्दा घटनास्थलमै पुगेर स्थानीयसँग संवाद गर्नुपर्नेमा जोड दिए। उनले मृतकलाई शहीद घोषणा, घाइतेको निःशुल्क उपचार, मदरसाको व्यवस्थापन तथा दोषीमाथि कारबाहीका मागसमेत सरकारसमक्ष राखेका छन्।

जवाफमा कार्कीले ती माग कानुनी प्रक्रियाअनुसार अघि बढाइने र सबै पक्षबीच सहमति बने गृहमन्त्री पनि देवानगञ्ज आउने बताएका छन्।

यसबीच, सर्वपक्षीय बैठकले पाँचबुँदे प्रतिबद्धता सार्वजनिक गर्दै सामाजिक सद्भाव कायम राख्न, भ्रामक तथा उत्तेजक सामग्री सामाजिक सञ्जालमा नफैलाउन, अभिभावकलाई आफ्ना बालबालिकामाथि निगरानी बढाउन तथा प्रशासनले जारी गरेको कर्फ्यु आदेश पालना गर्न सबैसँग आग्रह गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार अवस्था सुधारोन्मुख भए पनि अझै पूर्ण रूपमा सामान्य भइसकेको छैन। त्यसैले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा पारिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चिठी बोक्ने हुलाक अब स्मार्ट बन्दै, राहदानीदेखि प्रमाणपत्रसम्म घरमै पुग्ने

काठमाडौँ । कुनै समय चिठीपत्र आदानप्रदानको माध्यमका रूपमा परिचित हुलाक सेवा अब नयाँ स्वरूपमा परिवर्तन हुँदैछ । मोबाइल र इन्टरनेटको व्यापक प्रयोगसँगै पर...

दूधको लाखौँ भुक्तानी रोकिँदा किसानको चुलोदेखि गोठसम्म समस्या

झापा । दूध बिक्री गरेको रकम लामो समयसम्म नपाएपछि दमकका करिब दुई सय दुग्ध किसान आर्थिक समस्यामा परेका छन् । दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु ...

आज बस्दै प्रतिनिधिसभा बैठक, अर्थसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव पेश हुने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। बैठकमा अर्थसम्बन्धी विधेयक र शोक प्रस्ताव मुख्य कार्यसूचीमा रहेका छन...

देवानगञ्जमा गृहमन्त्रीको पर्खाइ : ‘पीए’ पुग्दा स्थानीयले भने– मन्त्री नै आउनुपर्छ

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा झण्डाको विषयबाट सुरु भएको विवादपछि उत्पन्न तनाव अझै पूर्ण रूपमा साम्य हुन सकेको छैन। सुरक्षाक...

भारतीय नागरिकलाई कुटपिट, जबर्जस्ती बिल तिराएको आरोपमा दुई पक्राउ

काठमाडौं । भारतीय नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार लाजिम्प...

देशभर सडक संकट, रातिको यात्रा नगर्न प्रहरीको आग्रह

काठमाडौं । निरन्तर वर्षासँगै पहिरो र बाढीको जोखिम बढेपछि देशका विभिन्न मुख्य राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीले यात्रा अघि सडकको ...

कपिलवस्तुमा अर्को सडक दुर्घटना, टिपरले पैदलयात्रीलाई किच्यो

काठमाडौं । कपिलवस्तुमा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। शिवराज नगरपालिका–५, दक्षिण रहटकोलमा गएराति भएको दुर्घटनामा अन्दाजी ४५ वर्षीय पुर...

आजको तरकारी बजार : गोलभेँडा ५० रुपैयाँ, प्याज ५७, काउली १२० रुपैयाँ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले साउन १४ गतेका लागि कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार ठूलो नेपाल...

स्वास्थ्य मन्त्रालयको ‘शून्य सहनशीलता’ नीति : स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न कानुन कडा बनाइँदै

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने आक्रमणप्रति ‘शून्य सहनशीलता’ को नीति दोहोर्याउँदै स्वास्थ्य सेवा प्रणालीला...

बागमती सरकारको साँचो राप्रपासँग, सातै प्रदेशमा सत्ता साझेदारी नभए समर्थन नदिने संकेत

काठमाडौं । बागमती प्रदेशमा नयाँ सरकार गठनको चाबी अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को हातमा पुगेको छ। एमाले–नेकपा गठबन्धनले सरकारको नेतृत्व ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending