Ntc summer Offer
Khabar Dabali १२ चैत्र २०८१ मंगलवार | 25th March, 2025 Tue
Investment bank

मानव बस्तीमा पसेको बाघको बच्चाको उद्धार

सांकेतिक तस्विर
खबरडबली संवाददाता

दाङ ।  बर्दियाको ठाकुर बाबा नगरपालिकाको अम्रेनी क्षेत्रबाट बिहीबार बिहान एउटा बाघको बच्चालाई उद्धार गरिएको छ। 

मानव बस्तीमा पसेर स्थानीयका बाख्रा खोरमा पसेर बाख्रा मारेर खाँदै गरेको देखेपछि स्थानीयले मध्यराति बर्दिया निकुञ्ज प्रशासनलाई खबर गरेका थिए। 

निकुञ्जका सूचना अधिकारी शान्त मगरका अनुसार  बाख्राको खोरमा पसेर बाघले चार पाँच वटा बाख्रा मारेको भन्दै स्थानीयले राति एक बजेतिर आत्तिँदै खबर गरेका थिए।

बस्तीमा पसेको बाघको उद्धारको लागि निकुञ्जले योजना बनाएर गएको र बिहान नौ बजेपछि डार्ट गरी झन्डै दुई साढे दुई वर्ष जतिको पोथी बाघको बच्चालाई उद्धार गरिएको सूचना अधिकारी मगरले  बताए। 

मगरका अनुसार पाटे बाघको त्यो बच्चा भोको भएपछि पेट भर्नका लागि स्थानीयले पालेका बाख्राको खोरमै पसेर केही बाख्राहरू मारेको देखिएको छ। 

डार्ट गरी नियन्त्रणमा लिइएको बाघको बच्चालाई अहिले पशु चिकित्सकले रेखदेख र चेकजाँच गरिरहेको उनले बताए। 
नियन्त्रणमा लिइएको त्यो बाघको बच्चाको बारेमा थप केही निर्णय भइनसकेको र त्यसबारे सल्लाह हुने उनले जानकारी दिए। बच्चा भएको हुँदा ऊ धेरै टाढा नगएको हुँदा समयमै नियन्त्रणमा लिन र उद्धार गर्न सम्भव भएको उनको  भनाई छ । 

नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोष र बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसहितको संयुक्त टोलीले त्यो पाटे बाघको बच्चा नियन्त्रण लिइएको थियो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिकामा गोली चल्याे, तीन मृत्यु हुँदा १५ घाइते

काठमाडौं ।  संयुक्त राज्य अमेरिकाको एक राज्य न्यु मेक्सिकोमा राति गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन्। लास क्रुसेस प्...

नेप्से परिसूचकको ओरालो यात्रा कायम, ५४ अंकको गिरावट

काठमाडौं। गत हप्ता निरन्तर ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यो साता कारोबारको पहिलो दिन उच्च अंकले घटेको छ। आज नेप्से परिसूचक ५४ दशम...

चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाख ४ देखि ६ सम्म गोसाईकुन्ड रसुवामा

काठमाडौं। नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) को चौंथो संस्करण आउँदो वैशाख  ४ गते देखि ६ गते सम्म हुने भएको छ । यस पटकको महोत्सव गोसाईकुण्ड गाउँ पा...

चौथो क्वालिटी इन्टरटेनमेन्ट अवार्डको २७ विधामा मनोनयन सार्वजनिक

काठमाडौं । चौथो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०८१ को यस पटक थाइल्यान्डमा हुने भएको छ । यो अवार्ड गत वर्ष मलेशियामा आयोजना गरिएको थियो । यसैबिच आयोजक ...

बाल शिक्षामा २५ वर्षको उत्कृष्टताको उत्सव: एनएमटीसीको रजत जयन्ती समारोह

काठमाडौं  । नेपाल मोंटेसरी ट्रेनिङ सेन्टर (NMTC) ले २५औं वार्षिकोत्सव तथा वार्षिक सम्मेलन भव्य रूपमा प्रिमियर इन्टरनेशनल IB कन्टिन्युम स्कूल मा सम्पन्...

नवजीवन सहकारीले ल्यायो आफ्नै ब्राण्डमा चामल

धनगढी । कैलालीस्थित नवजीवन सहकारी संस्था लिमिटेडले आफ्नै ब्राण्डमा चामल उत्पादन शुरु गरेको छ । सहकारीलाई किसानसँग जोड्न र शेयर सदस्यहरुको गुणस्तरिय चा...

प्रेस चौतारीको १० औं महाधिवेशन सुरु, किन गएनन् उद्घाटनमा एमाले अध्यक्ष ओली ?

विराटनगर  । प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशन आजबाट विराटनगरमा सुरु भएको छ । ‘समृद्धिका लागि सञ्चार प्रेस चौतारीको आधार’ भन्ने मूल नाराका साथ स...

प्रधानमन्त्रीको मौनतामा मन्त्रीहरूको मनपरीः भीम रावल

काठमाडौं । नेकपा एमालेबाट निष्कासित पूर्वउपाध्यक्ष भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको मौनतामा सरकारका मन्त्रीले मनपरी गरिरहेको आरोप लगाएका छन्।...

माइतीबाट फर्किएकी श्रीमतीले त्यही रात श्रीमानको जिब्रो टोकेर दुई टुक्रा पारिदिएपछि...

काठमाडौं । राजस्थानको झालावाड जिल्लाको बकानी शहरबाट शुक्रबार एउटा हृदयविदारक घटना बाहिर आएको छ । यहाँ एक विवाहित महिलाले आफ्नो श्रीमानको जिब्रो टोकेर ...

करेन्ट लागेर गोरखामा एक जनाको मृत्यु

गोरखा । गोरखाको आरुघाट गाउँपालिका– ६ स्थित कल्लेरीका २७ वर्षीय हरि विकको करेन्ट लागेर मृत्यु भएको छ ।  आइतबार बिहान फाइबरको तार तान्ने क्रममा पोलमा...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy