काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले शिक्षा नीति बहसअन्तर्गत तरुण विमर्श गरेको छ । केन्द्रीय सदस्य नैनसिंह महर नेतृत्वको शिक्षा विभागले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा एक कार्यक्रमबीच तरुणहरूसँग शिक्षा नीति बहस गरेको हो ।
कांर्यक्रमकी प्रमुख अतिथि एवं सहमहान्त्री डिना उपाध्यायले सदनमा थन्किएर बसेको शिक्षा विधेयक निर्माणका लागि कांग्रेसले बहसलाई तिव्रता दिएको बताइन् । उनले शिक्षा विभागले बहसलाई तिव्रता दिनु निकै स्वागत योग्य रहेको र यसमा पार्टीको पूर्ण साथ रहने प्रतिवद्धता जनाएकी छन् ।
'तरुणले शिक्षाका मुद्दा उठानमा विशेष जोड दिनुपर्छ । शिक्षा विभागले कांग्रेस केन्द्रीय समितिको निर्णय अनुसार शिक्षाका मुद्दा बोकिरहेको छ । यसमा पार्टीको पूर्ण साथ हुन्छ । शिक्षा विभागले बनाएको नीति पार्टीको महाधिवेशनबाट पारित गरेर नीति बनाउँछौं,' उनले भनिन् ।
यस्तै शिक्षा विभाग प्रमुख महरले शिक्षालाई जीवनोपयोगी बनाउन सरकार गम्भीर हुनुपर्नेमा जोड दिए । ‘शिक्षालाई विश्व बजारमा प्रतिसपर्धा गर्न सक्ने खालको कसरी बनाउने ?, अध्यापन गराउने शिक्षकका सेवा सुविधाका बारेमा के गर्ने ?, व्यवस्थापन समित र अभिभावकको जिम्मेवारी के हुने ?, राज्यले कति लगानी गर्ने ? भनेर शिक्षाको गुणस्तर अभिवृद्धिका लागि सरकार प्रस्ट हुनुपर्छ,’ उनले भने ।
नि:शुल्क शिक्षाको संवैधानिक प्रावधान कार्यान्वयन गर्न कांग्रेस प्रतिबद्ध रहेको र सरकारलाई आफूहरूको यही दबाब हुने उनले प्रस्ट पारे । सबैबाट संकलित सुझाव सरकारलाई बुझाएर विधेयकमा समावेश गरिने उनले बताए । ‘शिक्षा क्षेत्रले नयाँ प्रगतिका आयाम खोजेको छ । ती आयाम छुन नेपालमा कानुन नै नबन्नु दुखद विषय हो । हिउँदे अधिवेशनमा यसको हल खोजिनुपर्छ,’ उनले भने ।
उनले तरुणमा जोश हुने भएकाले वर्तमान समयका आवश्यकता बोक्दै राज्यलाई दबाब दिन चुक्न नहुने सुझाव दिएका छन् । युवाले शिक्षा र स्वास्थ्यका मुद्दा थप कसिलो रुपमा बोक्नुपर्ने उनको सुझाव छ ।
कार्यक्रममा शिक्षा समिति सदस्य एवं प्रतिनिधि सभा सदस्य लीलादेवी बोखिम, प्रदेश सांसद सीता खड्की र रामकुमार पहाडी, नेपाल तरुण दल केन्द्रीय समिति, विभिन्न जिल्लाका अध्यक्ष, नेपाल विद्यार्थी संघ, महिला संघलगायत कांग्रेसका विभिन्न भ्रातृ संस्थाका २५ जना प्रतिनिधिले आफ्ना सुझाव प्रस्तुत गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २५ गते, २०८२ - २०:४६
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संस्कृत विश्वविद्यालयको सेवा आयोगको अध्यक्ष पदमा प्राध्यापक डा. भागवतप्रसाद शर्मालाई नियुक्त गरेका छन् ...
कार्तिक २५ गते, २०८२ - २०:३७
काठमाडौं । सरकारकाे डिजिटल रूपान्तरण यात्रालाई गति दिन राष्ट्रिय कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्र स्थापना गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रा...
कार्तिक २५ गते, २०८२ - १९:४०
काठमाडौं । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को नियमित बैठकले सात महत्वपूर्ण निर्णय गरेको छ । बैठकका निर्णयबारे सञ्चा...
कार्तिक २५ गते, २०८२ - १९:३५
काठमाडौं । नेपाल प्रहरीको ३३ औं नयाँ महानिरीक्षक (आईजीपी)मा दानबहादुर कार्की नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई नेपाल प्...
कार्तिक २५ गते, २०८२ - १९:३१
काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदमुक्त गरेको हो । संविधानको ...
कार्तिक २५ गते, २०८२ - १९:२८
वासिङ्टन । अमेरिकी इतिहासमा सबैभन्दा दीर्घकालीन सरकारी सटडाउन ४०औँ दिनमा पुग्दा आइतबार दुर्लभ सप्ताहन्त सत्रका लागि आइतबार सिनेट पुनः बसेको छ । सदन...
कार्तिक २५ गते, २०८२ - १९:२५
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफल बनाउन स्थानीय सरकारको भूमिका निर्णायक हुने बताउँदै संघ, प्रदेश र स्थानीय तहबीचको सुदृढ समन...
कार्तिक २५ गते, २०८२ - १९:१६
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध आज विशेष अदालतमा...
कार्तिक २५ गते, २०८२ - १९:०५
दाङ । लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन मंसिर ८ गते बस्ने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् ब...
कार्तिक २५ गते, २०८२ - १८:२१
उदयपुर । गाईघाट कदमाहा सडक खण्डअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका–४, बगाहास्थित शान्तिचोकमा यात्रुवाहक विङ्गर दुर्घटना हुदाँ चालकसहित १२ जना यात्रुह...




प्रतिकृया लेख्नुहोस्: