Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

शिक्षा नीति बहसमा कांग्रेसको तरुण विमर्श

खबरडबली संवाददाता

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले शिक्षा नीति बहसअन्तर्गत तरुण विमर्श गरेको छ । केन्द्रीय सदस्य नैनसिंह महर नेतृत्वको शिक्षा विभागले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा एक कार्यक्रमबीच तरुणहरूसँग शिक्षा नीति बहस गरेको हो ।

कांर्यक्रमकी प्रमुख अतिथि एवं सहमहान्त्री डिना उपाध्यायले सदनमा थन्किएर बसेको शिक्षा विधेयक निर्माणका लागि कांग्रेसले बहसलाई तिव्रता दिएको बताइन् । उनले शिक्षा विभागले बहसलाई तिव्रता दिनु निकै स्वागत योग्य रहेको र यसमा पार्टीको पूर्ण साथ रहने प्रतिवद्धता जनाएकी छन् ।

'तरुणले शिक्षाका मुद्दा उठानमा विशेष जोड दिनुपर्छ । शिक्षा विभागले कांग्रेस केन्द्रीय समितिको निर्णय अनुसार शिक्षाका मुद्दा बोकिरहेको छ । यसमा पार्टीको पूर्ण साथ हुन्छ । शिक्षा विभागले बनाएको नीति पार्टीको महाधिवेशनबाट पारित गरेर नीति बनाउँछौं,' उनले भनिन् ।

यस्तै शिक्षा विभाग प्रमुख महरले शिक्षालाई जीवनोपयोगी बनाउन सरकार गम्भीर हुनुपर्नेमा जोड दिए । ‘शिक्षालाई विश्व बजारमा प्रतिसपर्धा गर्न सक्ने खालको कसरी बनाउने ?, अध्यापन गराउने शिक्षकका सेवा सुविधाका बारेमा के गर्ने ?, व्यवस्थापन समित र अभिभावकको जिम्मेवारी के हुने ?, राज्यले कति लगानी गर्ने ? भनेर शिक्षाको गुणस्तर अभिवृद्धिका लागि सरकार प्रस्ट हुनुपर्छ,’ उनले भने ।

नि:शुल्क शिक्षाको संवैधानिक प्रावधान कार्यान्वयन गर्न कांग्रेस प्रतिबद्ध रहेको र सरकारलाई आफूहरूको यही दबाब हुने उनले प्रस्ट पारे । सबैबाट संकलित सुझाव सरकारलाई बुझाएर विधेयकमा समावेश गरिने उनले बताए । ‘शिक्षा क्षेत्रले नयाँ प्रगतिका आयाम खोजेको छ । ती आयाम छुन नेपालमा कानुन नै नबन्नु दुखद विषय हो । हिउँदे अधिवेशनमा यसको हल खोजिनुपर्छ,’ उनले भने ।

उनले तरुणमा जोश हुने भएकाले वर्तमान समयका आवश्यकता बोक्दै राज्यलाई दबाब दिन चुक्न नहुने सुझाव दिएका छन् । युवाले शिक्षा र स्वास्थ्यका मुद्दा थप कसिलो रुपमा बोक्नुपर्ने उनको सुझाव छ ।

कार्यक्रममा शिक्षा समिति सदस्य एवं प्रतिनिधि सभा सदस्य लीलादेवी बोखिम, प्रदेश सांसद सीता खड्की र रामकुमार पहाडी, नेपाल तरुण दल केन्द्रीय समिति, विभिन्न जिल्लाका अध्यक्ष, नेपाल विद्यार्थी संघ, महिला संघलगायत कांग्रेसका विभिन्न भ्रातृ संस्थाका २५ जना प्रतिनिधिले आफ्ना सुझाव प्रस्तुत गरेका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending