Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

ड्युटीमा खटिएका प्रहरीलाई कुटपिट गर्ने कमल जोशीलाई तत्काल रिहा गर्न अनेरास्ववियुको माग

यसअघि पनि विभिन्न आपराधिक मुद्दामा चारपटक पक्राउ परिसकेको थिए

खबरडबली संवाददाता

काठमाडौं । ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिटको आरोपमा सत्तारूढ दल नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमल जोशी पक्राउ परेका छन्। बिहीबार काठमाडौं प्रहरीले उनलाई पक्राउ गरेको हो। 

यसअघि उनलाई जोगाइएको आरोप प्रहरीमाथि लागेको थियो। तर, उनलाई पक्राउ गरेलगत्तै अनेरास्ववियुका अध्यक्ष समीक बडालले तत्काल रिहा गर्न माग गरेका छन्। एक विज्ञप्ति जारी गर्दै राजनीतिक प्रतिशोध राखेको आरोप लगाएका छन्।

गत २४ माघको राति उनीसहितका व्यक्तिले ड्युटीमा खटिएका  दरबारमार्ग वृत्तका  प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नर्गेन्द्रराज विष्टलाई ठमेलमा कुटपिट गरेका थिए। उनीहरूको मोटरसाइकलसमेत लडाएर तोडफोड  भएको थियो। 

घटनामा जोशीसहित पाँचजनाको संलग्नता देखिएपछि उनलाई भने सत्ताको आडमा जोगाइएको भन्दै  प्रतिनिधिसभ बैठकमा समेत सांसदहरूले गृहमन्त्रीमाथि प्रश्न उठाएका थिए। 

सो घटनामा संलग्न ताप्लेजुङका दिनेश सिग्देल र डडेल्धुराका रमेश फुलारा गत २७ माघमा पक्राउ परेका थिए। घटनामा संलग्न अन्य दुई अझै फरार छन् । 

मदिरा पिएर होहल्ला नगर्न भनेर सम्झउँदा उनीहरूले प्रहरीको मोटरसाइकल लडाएर कुटपिट गरेका थिए। पक्राउ परेका जोशी यसअघि पनि विभिन्न आपराधिक मुद्दामा चारपटक पक्राउ परिसकेको खुलेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि-बालेनसँग कुलमानको वार्ता निष्कर्षविहिन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्रलाई पढ्न नपाएकामा पछुतो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...

तीन उद्योगलाई एक लाख १० हजार जरिवाना

काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...

प्रतिनिधिसभा निर्वाचन ६६ दिन बाँकी- राष्ट्रियसभा सदस्यका उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु त...

प्रतिनिधिसभा निर्वाचन- एक मतदातास्थल सहित १८ केन्द्र थप गरियो

चन्द्रपु । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन्  । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भए...

भारतीयलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही । नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिक्र...

चिसोमा बनिहारालाई हात मुख जोड्नै धौधौ

महोत्तरी । लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ । यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ...

नयाँ शैलीमा मानव बेचबिखन- नक्कली विवाहदेखि ‘साइबर ट्राफिकिङ’सम्म

कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...

रवि-बालेन मिल्दा किन छुटे कुलमान ?

अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति

प्रतिनिधिसभा निर्वाचन- आज र भोलि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending