जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामस्थित थप पाँच निजी अस्पतालको अनुगमन गरेको छन । उनले गत सातादेखि निरन्तर रूपमा निजी अस्पतालहरूको अनुगमन गरिरहको हो । उहाँले योसँगै ३१ वटा अस्पतालको निरीक्षण गरिसक्नु भएको छ ।
अनुगमनमा मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहर र मुख्यमन्त्री सिंहसहितको टोलीले नियम र कानुनी प्रक्रिया पूरा नगरेका अस्पतालहरूलाई आवश्यक कागजातसहित उपस्थित हुन निर्देशन दिएको छन ।
भानुचोकस्थित जनकपुर सिटी हस्पिटल ५० शय्याको अनुमति प्राप्त भए पनि नवीकरण नगरिएको पाइएपछि मुख्यमन्त्रीले सञ्चालकलाई तलब विवरण तथा गरीब, दलित तथा सीमान्तकृतलाई दिइएको छुटको विवरणसहित आइतबार कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छन ।
यसैगरी, रेल्वे स्टेसनस्थित धनुषा अस्पतालको पनि नवीकरण नभएको पुष्टि भएपछि सञ्चालकलाई सम्बन्धित कागजातसहित उपस्थित हुन भनिएको छ ।
अनुगमनका क्रममा कदमचोकस्थित न्यूरो सेन्टरको अस्पताल सञ्चालन अनुमतिसम्बन्धी कुनै कागजात नभेटिएपछि मुख्यमन्त्री सिंहले सञ्चालकलाई सम्पूर्ण कागजात लिएर आइतबार कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छन ।
विनयतारा फाउन्डेसन क्यान्सर अस्पताललाई पनि स्वास्थ्य सेवा सञ्चालन अनुमतिसम्बन्धी कागजात लिएर उपस्थित हुन भनिएको छ ।
यसैबिच, मुरलीचोकस्थित जनकपुर न्यूरो अस्पताल दर्ता भएको र तुलनात्मक रूपमा व्यवस्थित रहेको पाइएको छ ।
मुख्यमन्त्री सिंहले यसअघि पनि जनकपुरधामका २६ निजी अस्पतालको अनुगमन गरिसकेको छन । उनले स्वास्थ्य सेवा क्षेत्रलाई पारदर्शी, उत्तरदायी र कानुनी रूपले व्यवस्थित बनाउन सरकार निरन्तर क्रियाशील रहेको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १ गते, २०८३ - १४:००
काठमाडौं । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका ट्राफिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) अभय लामाको उपचारका क्रममा निधन भएको छ। ३२ वर्षीय लामा सवार बा.प्...
बैशाख १ गते, २०८३ - १३:५६
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा एक महिनाभित्र सार्वजनिक गर्ने लक्ष्यसहित काम अगाडि बढाएको छ। बोर्डले आगामी...
बैशाख १ गते, २०८३ - १३:५०
लमजुङ। मनाङको नासोँ गाउँपालिका–३ धारापानी नजिकै ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङको सुन्दरबजार घर भई हाल मर्स्याङ्दी गाउँ...
बैशाख १ गते, २०८३ - १३:४४
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गर्ने 'जरा अभियान' को शुभारम्भ गरेको छन् । काठमाडौँ मह...
बैशाख १ गते, २०८३ - १२:३९
काठमाडौँ। पूर्वप्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय हित, विधिको शासन र सामाजिक सद्भाव अभिवृद्धिका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताएको छिन् । नय...
बैशाख १ गते, २०८३ - १२:३०
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्षले सबैमा नयाँ ऊर्जा, आशा र उत्साह सञ्चार गरोस् भन्ने कामना व्यक्त गरेको छिन्। नयाँ वर्ष २०...
बैशाख १ गते, २०८३ - १२:१८
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले नारायणगढ–बुटवल सडक खण्डको अनुगमन गरेको छन् । अनुगमनका क्रममा आज गृहमन्त्री गुरुङले सम्बन्धित निकाय र ठेकेदार कम्पनी...
बैशाख १ गते, २०८३ - ११:२०
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले नयाँ वर्ष २०८३ “खिल निकाल्ने वर्ष” हुने टिप्पणी गरेका छन्। नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना दिँदै उनले ...
बैशाख १ गते, २०८३ - ११:१४
पाख्रीबास। नयाँ वर्षको सुरुवातसँगै धनकुटाका पर्यटकीय स्थलहरूमा वैशाखको पहिलो दिन बिहानैदेखि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ। जिल्लाका करिब ...
बैशाख १ गते, २०८३ - १०:५३
तनहुँ। तनहुँ, लमजुङ र मनाङ जोड्ने मुख्य मार्ग डुम्रे–बेसीसहर सडक खण्डमा विगत केही दिनदेखि हुँदै आएको सवारी आवागमनको अवरोध आज (मङ्गलबार)देखि हटेको छ । ...


प्रतिकृया लेख्नुहोस्: