Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

‘सार्वभौमिकता सुरक्षित’ भएमा मात्र युक्रेनमा शान्ति सम्भव : जर्मन चान्सलर

खबरडबली संवाददाता

म्यूनिख । जर्मनीका चान्सलर ओलाफ स्कोल्जले युक्रेनको सार्वभौमिकता सुरक्षित भएमा मात्र युक्रेन र रूसबीचको युद्ध वास्तवमै शान्तिका साथ अन्त्य हुने बताएका छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै हप्ता युक्रेनका लागि वासिङ्टनको सहयोगको अवस्थालाई निरन्तरता दिइराख्न असम्भव हुने भन्दै चाँडै नै युद्धविराम वार्ता सुरु गर्न रुसी नेता भ्लादिमिर पुटिनलाई भेट्ने घोषणा गरेका थिए । 

“युक्रेनको सार्वभौमिकता सुरक्षित भएमा मात्र शान्ति कायम हुनेछ”, स्कोल्जले म्युनिख सुरक्षा सम्मेलनमा भने, त्यसैले निर्धारित शान्तिले कहिल्यै पनि हाम्रो समर्थन पाउन सक्दैन ।” उनले अगाडि भने, “हामी रूसी राष्ट्रपति पुटिन मात्र लाभान्वित हुने र युरोपेली र अमेरिकी सुरक्षालाई विघटित गर्ने कुनै पनि समाधानलाई स्वीकार गर्ने छैनौँं ।

“हामी युरोपेलीहरूले आगामी वार्तामा यी चासोहरूलाई आत्मविश्वासका साथ र एकताबद्ध रूपमा प्रतिनिधित्व गर्नेछौं,” स्कोल्जले भने । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जर्मनीमा युरोपेली नेता र नीति निर्माताहरूको भेलालाई सम्बोधन गर्नुभन्दा केही समयअघि स्कोल्जले उक्त कुरा बताएका थिए । 

अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग मस्कोसँग युद्धविराम सम्झौताका लागि ट्रम्प प्रशासनको प्रयासबारे छलफल गर्न भेटेपछि जेलेन्स्कीले शुक्रबार आफूले युक्रेनी ‘सुरक्षा सुनिश्चतता’ चाहेको बताएका थिए । 

स्कोल्जले भने, “यदि शान्ति कायम भयो भने रुसले फेरि आक्रमण नगरोस् भनेर किएभका समर्थकहरूले भविष्यमा युक्रेनको सशस्त्र बल निर्माण गर्न आवश्यक छ । युद्धपछिको समयमा युरोप, संयुक्त राज्य अमेरिका र युक्रेनका अन्तर्राष्ट्रिय साझेदार र मित्रहरूका लागि यो सम्भव तुल्याउने जिम्मेवारी हुनेछ र सबै प्रकारका सुरक्षाका प्रत्याभूतिहरू यसै आधारमा बनाइनुपर्छ ।” 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending