काठमाडौँ । बजारमा जथाभाबी अखाद्य बस्तुको विक्री वितरण हुँदै आएको गुनासो पछि काठमाडौँ महानगरपालिकाले खानेकुराको गुणस्तर परीक्षण फिल्डमा तत्काल गर्ने भएको छ । मोबाइल भ्यानको प्रयोग गरी बिक्री वितरण हुने गरेको खाद्यवस्तुको जाँच गरी तत्काल कारबाही गर्ने गरी काम सुरु गर्ने जनाएको हो ।
खाद्य गुणस्तरको जाँच गर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्रभावकारी काम नगरेको र जनताको स्वास्थ्य माथि खेलाँची गरेको समेत उपभोक्ताहरूको आरोप छ । सहरमा विक्री हुने खाद्य सेवाअन्तर्गतका खानेकुराको गुणस्तर परीक्षणका लागि मोबाइल भ्यानबाट फिल्डमा तत्काल नतिजा हेर्ने तयारी गरेको छ । नियमित अनुगमन गरेर सचेतनात्मक कार्यक्रम र क्षमता विकासका लागि क्षेत्रगत तालिम प्रदान गरिसकेपछि व्यवसायीहरूमा आएको परिवर्तनलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको सहकार्यमा प्रयोगशाला परीक्षणबाट नतिजा हेर्ने तयारी भएको महानगरपालिकाका उपप्रमुख प्रमुख सुनिता डङ्गोलले बताईन ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका कार्यकारी निर्देशक सञ्जीवकुमार कर्णसहित अधिकारीहरू बिच मोबाइल भ्यान सञ्चालन र क्षमता विकासका विषयमा छलफल भएको छ । छलफलमा खाद्य स्वच्छताको गुणस्तर नियन्त्रणका लागि महानगरपालिकाले काम गर्ने, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले क्षमता विकास र प्राविधिक सहयोग उपलब्ध गराउने विषयले प्राथमिकता पाएको थियो । छलफलमा महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नुरनिधि न्यौपाने, खाद्य स्वच्छता तथा गुणस्तर कार्यक्रमका विज्ञ सल्लाहकार जीवनप्रभा लामा, कार्यक्रमका सल्लाहकार सन्तोष गिरीसहित अधिकारीहरूले सहकार्य क्षेत्रका विषयमा धारणा राख्नुभएको थियो ।
सुपथ मूल्यमा गुणस्तरीय बस्तु प्राप्त गर्ने उपभोक्ताको अधिकार सुनिश्चित गर्न महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले नियमित बजार अनुगमन गरिरहेको छ । यससँगै स्वच्छ खाद्य सेवा प्रवर्धन तथा प्रमाणीकरणका लागि खाद्य स्वच्छता प्रवर्धन शिविर (फुड सेप्टी, बुट क्याम्प) अन्तर्गत क्षेत्रगत खाद्य सेवा सञ्चालन गर्ने सञ्चालक र व्यवसायीलाई क्षमता विकास तालिम प्रदान गरेको छ ।
क्षमता विकासको पहिलो संस्करणमा साना तथा मध्यम भोजनालय, दोस्रो संस्करणमा मासुजन्य खाद्य बस्तुका उत्पादक तथा विक्रेता, तेस्रो संस्करणमा मिठाइजन्य खाद्य सेवाका उत्पादक तथा विक्रेतालाई तालिम दिइएको थियो । यस्तै चौथो संस्करणमा होटेल, क्याटरिङ् र व्याङ्क्वेट सेवाका व्यवसायी र पाँचौँ संस्करणमा रैथाने खाना सेवाका उत्पादक र विक्रेतालाई तालिम दिइएको थियो ।
बजार अनुगमन र व्यवसायीलाई दिइएको तालिमको नतिजालाई तथ्यमा मापन गर्न महानगरपालिकाले मोबाइल भ्यानमार्फत गुणस्तर परीक्षण कार्यक्रम अगाडि बढाउन लागेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३१ गते, २०८३ - १५:३९
विराटनगर । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत ले विशेष महाधिवेशनबाट बनेको वर्तमान नेतृत्वले पार्टीलाई इतिहासकै कमजोर अवस्थामा पुर्याएको आरोप लग...
जेष्ठ ३१ गते, २०८३ - १५:२७
काठमाडौं । काठमाडौँको माइतीघर मण्डलामा माइतीघर मण्डलामा वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठन नेपालले विरोध प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा उनीह...
जेष्ठ ३१ गते, २०८३ - १५:१८
काठमाडौं । काठमाडौं महानगरपालिका ले आगामी आर्थिक वर्षका लागि सहरी विकास, विपद् व्यवस्थापन र सार्वजनिक सेवासम्बन्धी महत्वपूर्ण नीति तथा कार्यक्रम अघि स...
जेष्ठ ३१ गते, २०८३ - १५:०२
काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी असार १ र २ गते छलफल हुने भएको छ। मन्त्रालयगत छलफलका क्र...
जेष्ठ ३१ गते, २०८३ - १४:३३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कैलाली जिल्ला अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचन प्रक्रिया तथा त्यसको नतिजा बदर गरिएको छ। रास्वपाक...
जेष्ठ ३१ गते, २०८३ - १४:२२
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई नयाँ राजनीतिक दल गठनको तयारीमा रहेका पूर्वसांसद तथा नेता डा। धवलशमशेर राणाले राप्रपाले उठ...
जेष्ठ ३१ गते, २०८३ - १४:१२
सर्लाही। सर्लाहीको बागमती नगरपालिका–९, निर्माण चोकमा आइतबार बिहान इभी गाडीको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएक...
जेष्ठ ३१ गते, २०८३ - १३:५७
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘सर्कुलर इकोनोमी’को अवधारणालाई प्रवर्द्धन गर्दै महानगर क्षेत्रलाई ७ क्लस्टरमा विभाजन गरी प्रविधिमा आधारित फोहरमैला ...
जेष्ठ ३१ गते, २०८३ - १३:४८
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले युवा केन्द्रित स्वरोजगार, उद्यमशीलता विकास तथा रोजगारी सिर्जना गर्ने उद्देश्यले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भए...
जेष्ठ ३१ गते, २०८३ - १३:१८
बिर्तामोड। झापामा मानव–हात्ती द्वन्द्व बढ्दै जाँदा एक वर्ष नबित्दै जङ्गली हात्तीको आक्रमणबाट चार जनाको ज्यान गएको छ। यस अवधिमा तीन वटा जङ्गली हात्त...



प्रतिकृया लेख्नुहोस्: