कैलाली । कैलालीको टीकापुर–८ अरुणाफाँटाका किसानले कर्णाली नदीको बगरमा प्याजखेती गर्दै आएका छन् । यस वर्ष करिब ५० जना किसानले बगरमा प्याजखेती गरेका छन् । कर्णाली नदीको किनारामा विगत तीन वर्ष केही किसानले प्याजखेती गर्दै आएको भए पनि यसवर्ष धेरै किसानले प्याजखेती गरेको स्थानीयको भनाइ छ ।
माटोमा भन्दा बालुवामा प्याज उत्पादन राम्रो हुने भएपछि फाँटाका किसानले बगरमा प्याजखेती गर्न लागेको बताएका छन् । तीन वर्षदेखि बगरमा प्याजखेती गर्दै आएका स्थानीय सहिबहादुर चौधरीले यसवर्ष ८६ किलो प्याजको बीउ लगाएको बताए ।
’गतवर्ष २० किलो प्याजको बेर्ना लगाएर तीन क्विन्टल प्याज उत्पादन भयो’, चौधरीले भने, ’गत वर्ष बेर्ना राम्रो भएन, पहिलो पटक १३ किलो बेर्ना लगाएर पाँच क्विन्टल उत्पादन भएको थियो ।’यसवर्ष अढाइ कठ्ठामा खेती गरेको उनको भनाइ छ । ’सुरुमा हामी एक दुई जनाले खेती गथ्र्याैँँ अहिले पूरै गाउँ प्याज खेतीमा लागेको छ’,चौधरीले भने,’सुरु सुरुमा साँझ बिहान सिँचाइ गर्नुपर्छ, हुर्केपछि धेरै मेहनत गर्नुपर्दैन ।’
विगतमा भारतीय व्यापारीले त्यहाँ लौका र खर्बुजा खेती गर्ने गरेका थिए । स्थानीयले प्याजखेती गर्दा जग्गा खाली नभएपछि भारतीय किसान आउन छाडेको स्थानीयको भनाइ छ । गत वर्ष ६ किलो बेर्ना लगाएर डेढ क्विन्टल बढी प्याज उत्पादन गरेको रामदुलारी चौधरीले बताइन्। ’पोहोरसाल ६ किलो प्याजको बेर्ना लगाएको थिए, यसवर्ष १६ किलो बेर्ना लगाएका छौँ’, रामदुलारीले भनिन्,’पोहरसाल एक क्विन्टल २० किलो बिक्री गरेको थिए, बाँकी आफन्तलाई दियौँं र घरमा खायौँ ।’
’बालुवामा प्याज ठूला ठूला दाना लाग्छन्,५÷६ दाना हालेपछि एक किलो पुग्छ’, रामदुलारीले भनिन्,’पानी बढी चाहिन्छ, पानी नदीमा भएका कारण समस्या छैन ।’ प्याजखेती गर्दा किसानले गोबर मलसहित जिन्क, पोटास र यूरिया प्रयोग गर्ने गरेको बताउँछन् । बालुवामा सिँचाइ गरेपनि सुक्ने भएकाले सुरुका दिनमा दैनिक तीन पटक सिँचाइ गर्नुपरेको किसानको भनाइ छ ।
बालुवामा प्याज उत्पादन बढी हुन्छ भनेर यस पटकबाट बगरमा प्याजखेती सुरु गरेको टीकापुर–८ वनगाँउका किसान हिक्मत ठकुल्लाले बताए । ठकुल्लाले पहिलो पटक १६ किलो बेर्ना लगाएको बताउँदै पहिलो पटक अनुभव लिन लागेको बताए । ’फाँटा गाउँका किसानले लगाएको देख्दा मैले पनि खेती गरेको छु, सिँचाइ बढी गर्नुपर्ने रहेछ’, ठकुल्लाले भने,’मसँग त अरू खेत पनि छ तर बगरमा राम्रो फल्छ भनेर यतातिर लागेको हुँ ।’
प्याज खेतीको लागि खुकुलो माटो उपयुक्त हुने भएकाले राम्रो उत्पादन भएको हुनसक्ने जानकी गाउँपालिकाका कृषि शाखा प्रमुख लालवीर चौधरीले बताए । ’हामीले बगरमा कृषि खेती गर्नुहोस् भनेर सिफारिस गर्दैनौँ तर प्याजका खेतीका लागि खुकुलो माटो चाहिन्छ,’ चौधरीले भने ।
फाँटा गाउँका किसानले प्याजखेती बढाएपछि किसान बगरको प्याजखेती हेर्न आउने गरेको स्थानीय समाजसेवी शेरबहादुर साउदले बताए । ’अहिले दैनिकजसो अन्यत्रका किसान यो प्याजखेती हेर्न आउँछन्’, साउदले भने, ’यसरी सफल हुँदै गयो, भने कर्णालीको बगर हिउँदमा खाली हुँदैन ।’ बगरमा प्याजखेती सफल हुँदै गएमा टीकापुर नगरपालिकाको वडा नम्बर ५, ६ र ७ का किसानले पनि खेती गर्ने अवसर पाउनेछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: