Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

अचानक युक्रेनी राष्ट्रपति जेलेन्स्की युएई पुगे, छलफल र भेटघाट अझै गोप्य

खबरडबली संवाददाता

दुबइ । युक्रेन र रुसबीच जारी युद्ध अन्त्य गर्न शान्ति वार्ताको माग बढ्दै गइरहेको बेला युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की आइतबार राति संयुक्त अरब इमिरेट्स युएई पुगेका छन् ।

उता, यसै बिचमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साउदी अरेबियाको भ्रमण गर्दैछन्, जसले आगामी दिनमा रुसी अधिकारीहरूसँग प्रत्यक्ष वार्ता गर्ने अपेक्षा गरिएको छ । रुबियोको भ्रमणको उद्देश्य युक्रेनमा रुसको झण्डै ३ वर्ष लामो युद्ध अन्त्य गर्नु रहेको एक अमेरिकी अधिकारीले  बताएका छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता साउदी अरबमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्ने संकेत गरेका थिए । रियादमा हुने वार्तामा अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्जको उपस्थिति रहने उक्त अधिकारीले नाम नबताउने सर्तमा बताइसकेका छन । सो भेटघाटमा विशेष दूत स्टिभ विटकफ पनि सहभागी हुने अपेक्षा गरिएको छ । रुबियोको भ्रमण राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच गत हप्ता भएको टेलिफोन वार्तापछि आएको हो । पुटिनसँगको कुराकानीमा ट्रम्पले ‘आफ्नो सम्बन्धित टोलीमार्फत तुरुन्तै वार्ता सुरु गर्न सहमत भएको’ बताएका थिए ।

खासमा पुटिनसँग ट्रम्पको यो वार्तालाप २४ फेब्रुअरी, २०२२ मा युक्रेनमा भएको आक्रमणपछि रुसलाई एक्लो पार्ने अमेरिकी नीतिको विपरीत थियो । यद्यपि ट्रम्पले जेलेन्स्कीसँग पनि छुट्टै कुराकानी गरेका थिए । जेलेन्स्कीले युक्रेनको बारेमा आफ्नो देशलाई समावेश नगर्ने कुनै पनि वार्तालाई स्वीकार नगर्ने बताइसकेका छन भने युरोपेली मुलुकका सरकारले पनि यसमा भूमिका खेल्न माग गरिसकेका छन् ।

फक्स न्युज च्यानलको ‘सन्डे मर्निङ फ्युचर्स’ कार्यक्रममा बोल्दै विटकफले आफू र वाल्ट्जले राष्ट्रपतिको निर्देशनमा भेट्ने र रूस युक्रेन सम्बन्धमा केही राम्रो प्रगति हुने अपेक्षा गरेको बताएका थिए । यसैबीच, जेलेन्स्की जर्मनीमा म्युनिख सुरक्षा सम्मेलनमा भाग लिएर अबुधाबी आइपुगेका हुन् । उनको कार्यालयले जारी गरेको फुटेजमा उनी र उनकी श्रीमती ओलेनालाई आइतवार राति एयरपोर्टमा इमिरेट्सका अधिकारीहरूले स्वागत गरेको देखिन्छ । युद्ध सुरु भएपछि जेलेन्स्कीको यो पहिलो युएई भ्रमण हो । 

जेलेन्स्कीको कार्यालयले एक अनलाइन सन्देशमा भनेको छ, ‘हाम्रो सर्वोच्च प्राथमिकता हाम्रा धेरै मानिसहरूलाई कैदबाट मुक्त गरी स्वदेश फिर्ता ल्याउने हो, हामी लगानी र आर्थिक साझेदारीका साथै ठूलो मात्रामा मानवीय कार्यक्रमहरूमा पनि ध्यान दिनेछौं ।’ यद्यपी युएईको आधिकारिक समाचार एजेन्सी वामले जेलेन्स्कीको आगमनको खबर तुरुन्तै दिइसकेको भने छैन ।

युएईलाई लामो समयदेखि शान्ति वार्ताका लागि सम्भावित स्थलका रूपमा हेरिएको छ । किनभने, युद्ध सुरु भएदेखि रुस र युक्रेनबाट ठूलो संख्यामा आप्रवासीहरू यहाँ आइपुगेका छन् र इमिरेट्ससँग पनि पूर्वमा मध्यस्थताको अनुभवी देश हो । युक्रेनका अर्थमन्त्री युलिया स्विरिडेन्कोले जेलेन्स्कीको युएईको सम्भावित भ्रमण र यसअघि घोषणा गरिएको अमेरिका–रुस वार्ताबीच कुनै सम्बन्ध छ कि छैन भन्ने कुरा स्पष्ट गरेका छैनन् ।

युक्रेनले यस क्षेत्रका देशहरूसँग महत्वपूर्ण आर्थिक सम्झौता गर्ने तयारी गरिरहेकोले युक्रेनी प्रतिनिधिमण्डलको ध्यान आर्थिक सम्बन्धलाई सुदृढ पार्नमा रहेको उनले फेसबुकमा पोस्टमा उल्लेख गरेका छन् । उनले जेलेन्स्कीको युएई भ्रमण र त्यहाँ कसलाई भेट्ने भन्नेबारेमा कुनै जानकारी दिएनन् ।

जेलेन्स्कीका शीर्ष सल्लाहकार एन्ड्री येर्माकले आइतवार टेलिग्राममा पोष्ट गरेका थिए कि निकट भविष्यमा युक्रेन र रुसका प्रतिनिधिहरूको प्रत्यक्ष बैठकको सम्भावना छैन ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending