Ntc summer Offer
Khabar Dabali ४ चैत्र २०८१ मंगलवार | 18th March, 2025 Tue
Investment bank

अचानक युक्रेनी राष्ट्रपति जेलेन्स्की युएई पुगे, छलफल र भेटघाट अझै गोप्य

खबरडबली संवाददाता

दुबइ । युक्रेन र रुसबीच जारी युद्ध अन्त्य गर्न शान्ति वार्ताको माग बढ्दै गइरहेको बेला युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की आइतबार राति संयुक्त अरब इमिरेट्स युएई पुगेका छन् ।

उता, यसै बिचमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साउदी अरेबियाको भ्रमण गर्दैछन्, जसले आगामी दिनमा रुसी अधिकारीहरूसँग प्रत्यक्ष वार्ता गर्ने अपेक्षा गरिएको छ । रुबियोको भ्रमणको उद्देश्य युक्रेनमा रुसको झण्डै ३ वर्ष लामो युद्ध अन्त्य गर्नु रहेको एक अमेरिकी अधिकारीले  बताएका छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता साउदी अरबमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्ने संकेत गरेका थिए । रियादमा हुने वार्तामा अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्जको उपस्थिति रहने उक्त अधिकारीले नाम नबताउने सर्तमा बताइसकेका छन । सो भेटघाटमा विशेष दूत स्टिभ विटकफ पनि सहभागी हुने अपेक्षा गरिएको छ । रुबियोको भ्रमण राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच गत हप्ता भएको टेलिफोन वार्तापछि आएको हो । पुटिनसँगको कुराकानीमा ट्रम्पले ‘आफ्नो सम्बन्धित टोलीमार्फत तुरुन्तै वार्ता सुरु गर्न सहमत भएको’ बताएका थिए ।

खासमा पुटिनसँग ट्रम्पको यो वार्तालाप २४ फेब्रुअरी, २०२२ मा युक्रेनमा भएको आक्रमणपछि रुसलाई एक्लो पार्ने अमेरिकी नीतिको विपरीत थियो । यद्यपि ट्रम्पले जेलेन्स्कीसँग पनि छुट्टै कुराकानी गरेका थिए । जेलेन्स्कीले युक्रेनको बारेमा आफ्नो देशलाई समावेश नगर्ने कुनै पनि वार्तालाई स्वीकार नगर्ने बताइसकेका छन भने युरोपेली मुलुकका सरकारले पनि यसमा भूमिका खेल्न माग गरिसकेका छन् ।

फक्स न्युज च्यानलको ‘सन्डे मर्निङ फ्युचर्स’ कार्यक्रममा बोल्दै विटकफले आफू र वाल्ट्जले राष्ट्रपतिको निर्देशनमा भेट्ने र रूस युक्रेन सम्बन्धमा केही राम्रो प्रगति हुने अपेक्षा गरेको बताएका थिए । यसैबीच, जेलेन्स्की जर्मनीमा म्युनिख सुरक्षा सम्मेलनमा भाग लिएर अबुधाबी आइपुगेका हुन् । उनको कार्यालयले जारी गरेको फुटेजमा उनी र उनकी श्रीमती ओलेनालाई आइतवार राति एयरपोर्टमा इमिरेट्सका अधिकारीहरूले स्वागत गरेको देखिन्छ । युद्ध सुरु भएपछि जेलेन्स्कीको यो पहिलो युएई भ्रमण हो । 

जेलेन्स्कीको कार्यालयले एक अनलाइन सन्देशमा भनेको छ, ‘हाम्रो सर्वोच्च प्राथमिकता हाम्रा धेरै मानिसहरूलाई कैदबाट मुक्त गरी स्वदेश फिर्ता ल्याउने हो, हामी लगानी र आर्थिक साझेदारीका साथै ठूलो मात्रामा मानवीय कार्यक्रमहरूमा पनि ध्यान दिनेछौं ।’ यद्यपी युएईको आधिकारिक समाचार एजेन्सी वामले जेलेन्स्कीको आगमनको खबर तुरुन्तै दिइसकेको भने छैन ।

युएईलाई लामो समयदेखि शान्ति वार्ताका लागि सम्भावित स्थलका रूपमा हेरिएको छ । किनभने, युद्ध सुरु भएदेखि रुस र युक्रेनबाट ठूलो संख्यामा आप्रवासीहरू यहाँ आइपुगेका छन् र इमिरेट्ससँग पनि पूर्वमा मध्यस्थताको अनुभवी देश हो । युक्रेनका अर्थमन्त्री युलिया स्विरिडेन्कोले जेलेन्स्कीको युएईको सम्भावित भ्रमण र यसअघि घोषणा गरिएको अमेरिका–रुस वार्ताबीच कुनै सम्बन्ध छ कि छैन भन्ने कुरा स्पष्ट गरेका छैनन् ।

युक्रेनले यस क्षेत्रका देशहरूसँग महत्वपूर्ण आर्थिक सम्झौता गर्ने तयारी गरिरहेकोले युक्रेनी प्रतिनिधिमण्डलको ध्यान आर्थिक सम्बन्धलाई सुदृढ पार्नमा रहेको उनले फेसबुकमा पोस्टमा उल्लेख गरेका छन् । उनले जेलेन्स्कीको युएई भ्रमण र त्यहाँ कसलाई भेट्ने भन्नेबारेमा कुनै जानकारी दिएनन् ।

जेलेन्स्कीका शीर्ष सल्लाहकार एन्ड्री येर्माकले आइतवार टेलिग्राममा पोष्ट गरेका थिए कि निकट भविष्यमा युक्रेन र रुसका प्रतिनिधिहरूको प्रत्यक्ष बैठकको सम्भावना छैन ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्थानीय तह र प्रदेशलाई अधिकार दिनुपर्छ : सभापति देउवा

ललितपुर । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जनताप्रति जिम्मेवार बनाउने गरी सङ्घीयता कार्यान्वयनमा ध्यान दिनुपर्ने बता...

होली खेलेर जम्मा भएको रकम शिक्षकलाई तलब

बैतडी । जिल्लाका विभिन्न विद्यालयले होली खेलेर संकलन गरेको रकम निजी स्रोतका शिक्षकको तलबमा खर्च गर्ने भएका छन् । निजी स्रोतका शिक्षकहरूको तलबको जोह...

चिसो स्थान फर्कन थाले आगन्तुक चरा

धनगढी । नेपाल आएका हिउँदे आगन्तुक जलपन्छी चिसो भएको ठाउँतिर फर्कन थालेका छन् । अत्यधिक चिसो छल्न नेपाल आइपुगेका विभिन्न प्रजातिका जलपन्छी फेरि चिसो भए...

खाेटाङ र भोजपुरमा आगलागीबाट १२ घर जले

काठमाडौं । भोजपुरको भोजपुर नगरपालिका-१२ मा भीषण आगलागी भएको छ । इनामे सामुदायिक वनबाट बस्तीमा फैलिएको आगोले ८ घर-पाली जलेर नष्ट भएको भोजपुर प्रहरीले ज...

अच्युत वाग्ले केयूको उपकुलपतिमा नियुक्त

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.  डा. अच्युत वाग्ले नियुक्त भएका छन् । प्रधानमन्त्री समेत रहेका केयूका कुलपति केपी शर्म...

सप्तरीमा आगलागीबाट १२ लाख बराबरको धनमाल नस्ट

सप्तरी । राजविराज नगरपालिका वडा नम्बर ६ स्थित खैरसाल टोलमा सोमबार आगलागी हुँदा लाखौँको धनमाल जलेर नस्ट भएको छ । आगलागीमा एक फर्निचर उद्योग, ३ वटा घ...

विपद् प्राधिकरणको सीईओमा भट्ट नियुक्त

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी निर्देशक (सीईओ) मा दिनेश भट्ट नियुक्त भएका छन् । सोमबार साँझ बसेको ...

नेपाल प्रहरीकाे ३१औं महानिरीक्षकमा दीपक थापा नियुक्त

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा दीपक थापा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरीको ३१औं महानिरीक्षकमा नि...

बङ्गलादेशका नेता युनुसको चीनको भ्रमणको घोषणा

ढाका । बङ्गलादेशको सङ्क्रमणकालीन सरकारका प्रमुख नेता मोहम्मद युनुस यसै महिना कूटनीतिक सद्भावना भ्रमणका लागि बेइजिङ जाने भएका छन् । छिमेकी मुलुक भारतसँ...

जनस्वास्थ्य अभियानका क्रममा छ सयभन्दा बढी लाभान्वित

चितवन । जनस्वास्थ्य कार्यालय चितवनले सञ्चालन गरेको जनस्वास्थ्य अभियान तथा पोषण प्रवर्धन कार्यक्रममा छ सय ९३ जनाले सेवा लिएका छन् । कालिका नगरपालिका-१०...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy