काठमाडौं । त्रिभुवन विश्वविद्यालयका ६ विद्यार्थी संगठनले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव बिथोल्ने गतिविधि नगर्न आग्रह गरेका छन् ।
अनेरास्ववियु जिल्ला कमिटि अध्यक्ष सिद्धान्त भट्ट, अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष दिनेश ऐर, अनेरास्ववियू अध्यक्ष समिर गौतम, अखिल छौठौं त्रिवि इन्चार्ज विवेक जिसी, अखिल समाजवादीका संयोजक कविन्द्र सी र अखिल क्रान्तिकारीका अध्यक्ष विरेन्द्र नेपालीले विज्ञप्ति निकालेर चुनावको वातवरण बनाउन अनुरोध गरेका हुन् ।
पद्यमकन्या बहुमुखी क्याम्पसका स्ववियु अध्यक्ष ज्योति पनेरु र अस्कल क्याम्पसका स्ववियु अध्यक्ष प्रेम जैशीले रेक्टर खड्ग केसीको कार्यकक्षको ढोकामा ताला लगाएपछि ६ विद्यार्थी संगठनको विज्ञप्ति आएको हो ।
‘विद्यार्थीहरुको वैधानिक तथा साझा संस्था स्ववियुको निर्वाचनको विषयलाई लिएर विद्यार्थीहरुबाट नै निर्वाचित भएका र विद्यार्थी कल्याण परिषद् सदस्य रहेका स्ववियुका केही सभापतिद्वारा शिक्षाध्यक्षको कार्यालय र विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयमा गरिएको तालाबन्दी प्रति हाम्रो गम्भीर ध्यानकर्षण भएको छ ।
निर्वाचनका गतिविधि विधोल्ने उद्देश्य राखेर त्रिवि सभामा विद्यार्थीबाट प्रतिनिधित्व गरेका सदस्यहरुले स्ववियु निर्वाचन नगराउने मनसाय राखेर जारी गरेका वक्तव्य प्रति घोर आपत्ति र दुख व्यक्त गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ११ गते, २०८१ - १८:४४
ढाका । बङ्गलादेशका पूर्व एकदिवसीय क्रिकेट कप्तान तमिम इक्बाललाई घरेलु मैदानमै हृदयघात भएपछि अस्पताल भर्ना गरिएको छ । ढाका प्रिमियर डिभिजन क्रिकेट ...
चैत्र ११ गते, २०८१ - १८:३९
अछाम । नियमित औषधि नखाँदा अछाममा ३८ जना क्षयरोगीको मृत्यु भएको छ । आर्थिक वर्ष ०७८/७९ देखि ०८१/०८२ सम्ममा ३८ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय अछाम...
चैत्र ११ गते, २०८१ - १८:३६
हुम्ला । हुम्ला जिल्लामा उत्पादन हुने रैथाने बालीको मूल्य निर्धारण गरिएको छ । जिल्ला प्राथमिक खरिद समितिको बैठकले चालू आर्थिक वर्षका लागि सात प्रकारका...
चैत्र ११ गते, २०८१ - १८:३३
काठमाडाैं । नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको मुद्दामा दुईजना दोषी ठहर भएका छन् । विशेष अदालतले सोमबार यस्ता दुई मुद्दामा ठहर हुने फैसला गरेक...
चैत्र ११ गते, २०८१ - १८:२९
अछाम । अछामबाट जातीय विभेदको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पन्चदेवल विनायक नगरपालिका-४ का रमेशबहादुर शाही र देवेन्द्र शाहीलाई स्थानीय द...
चैत्र ११ गते, २०८१ - १८:२६
भारत । भारतको सर्वोच्च अदालतको कलेजियमले दिल्ली उच्च न्यायालयका न्यायाधीश यशवंत वर्मालाई इलाहाबाद उच्च अदालतमा फिर्ता पठाउन सिफारिस गरेको छ । भारती...
चैत्र ११ गते, २०८१ - १८:२१
काठमाडौं । संक्रमणकालीन न्यायकाे प्रक्रियामा पुनः सिफारिस समिति बन्ने भएकाे छ । प्रमुख दलका तीन शीर्ष नेताहरू संक्रमणकालीन न्यायको प्रक्रिया अघि बढाउन...
चैत्र ११ गते, २०८१ - १८:१४
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं.–७ स्थित कालोपुल क्षेत्रमा टहरा हटाउने क्रममा डोजर चालकमाथि ढुङ्गा प्रहार भएको छ । गुठी संस्थान केन्द्रीय क...
चैत्र ११ गते, २०८१ - १८:११
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बजेट बनाउदा ‘आइटि इन्फास्टक्चर’ निर्माणमा जोड दिनुपर्ने बताएका छन् । त्रिवर्षीय ...
चैत्र ११ गते, २०८१ - १७:५९
लमजुङ । सुख्खा पहिरो खस्दा बेसीसहर–चामे सडक अवरुद्ध भएकाे छ । दिउँसो १२ बजेको समयमा मर्स्याङ्दी गाउँपालिका–४ अक्टोपस झरना नजिकै सुख्खा पहिरो खस्दा सडक...
प्रतिकृया लेख्नुहोस्: