काठमाडौं । अमेरिकाले तत्कालका लागि मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सहयोग रोकेको छ । अर्थ मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै एमसीसी रोकिएको जानकारी गराएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)ले मिति फागुन गतेको इमेल पत्रमार्फत नेपाल सरकार र उक्त निकायबिच सम्वत् २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यान्वयन भइरहेका आयोजनाहरूसँग सम्बन्धित एमसीसी फण्डबाट भुक्तानी हुने क्रियाकलापहरू अमेरिकी राष्ट्रपतिको जनवरी २०, २०२५ मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको ब्यहोरा सरोकारवालाहरूलाई जानकारी गराइन्छ ।’
केही दिनअघि युएसएड अन्तर्गतका सबै सहयोग रोकेको अमेरिकाले अहिले मिलिनियम च्यालेञ्ज कर्पोरेसन अन्तर्गतको सहयोग समेत रोकेको हो । एमसीसीले सहयोग रोक्नेसम्बन्धी पत्र गत फागुन २ गते नै पठाएको अर्थ मन्त्रालयले जनाएको छ । नेपाल सरकार र उक्त निकायबिच २०७४ भदौ २९ गतेको सम्झौता अनुसार नेपालमा नुवाकोटको रातमाटेदेखि बुटवल हुँदै गोरखपुरसम्म ४०० केभीए क्षमताको प्रसारण लाइन निर्माण थालिएको थियो । त्यस्तै विभिन्न पाँचवटा सडकको स्तरोन्नति समेत यो परियोजना अन्तर्गत भएको थियो । सहयोग रोकिएसँगै यी आयोजना प्रभावित हुने निश्चित भएको छ ।
एमसीसीसँग सरकारको सम्झौता अनुसार कुनै एक पक्षले चाहेमा ९० दिनको समय दिएर सम्झौता रद्द गर्नसक्ने व्यवस्था छ । तर, अमेरिकाले स्थगनको पत्र पठाएर सहयोग तत्कालै लागू हुनेगरी सम्झौता स्थगन गरेको छ । निकै विवादका बिच नेपालको संसद्ले व्याख्यात्मक घोषणासहित एमसीसी पारित गरेर कार्यान्वयन हुँदै आएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ११ गते, २०८१ - १८:३९
अछाम । नियमित औषधि नखाँदा अछाममा ३८ जना क्षयरोगीको मृत्यु भएको छ । आर्थिक वर्ष ०७८/७९ देखि ०८१/०८२ सम्ममा ३८ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय अछाम...
चैत्र ११ गते, २०८१ - १८:३६
हुम्ला । हुम्ला जिल्लामा उत्पादन हुने रैथाने बालीको मूल्य निर्धारण गरिएको छ । जिल्ला प्राथमिक खरिद समितिको बैठकले चालू आर्थिक वर्षका लागि सात प्रकारका...
चैत्र ११ गते, २०८१ - १८:३३
काठमाडाैं । नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको मुद्दामा दुईजना दोषी ठहर भएका छन् । विशेष अदालतले सोमबार यस्ता दुई मुद्दामा ठहर हुने फैसला गरेक...
चैत्र ११ गते, २०८१ - १८:२९
अछाम । अछामबाट जातीय विभेदको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पन्चदेवल विनायक नगरपालिका-४ का रमेशबहादुर शाही र देवेन्द्र शाहीलाई स्थानीय द...
चैत्र ११ गते, २०८१ - १८:२६
भारत । भारतको सर्वोच्च अदालतको कलेजियमले दिल्ली उच्च न्यायालयका न्यायाधीश यशवंत वर्मालाई इलाहाबाद उच्च अदालतमा फिर्ता पठाउन सिफारिस गरेको छ । भारती...
चैत्र ११ गते, २०८१ - १८:२१
काठमाडौं । संक्रमणकालीन न्यायकाे प्रक्रियामा पुनः सिफारिस समिति बन्ने भएकाे छ । प्रमुख दलका तीन शीर्ष नेताहरू संक्रमणकालीन न्यायको प्रक्रिया अघि बढाउन...
चैत्र ११ गते, २०८१ - १८:१४
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं.–७ स्थित कालोपुल क्षेत्रमा टहरा हटाउने क्रममा डोजर चालकमाथि ढुङ्गा प्रहार भएको छ । गुठी संस्थान केन्द्रीय क...
चैत्र ११ गते, २०८१ - १८:११
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बजेट बनाउदा ‘आइटि इन्फास्टक्चर’ निर्माणमा जोड दिनुपर्ने बताएका छन् । त्रिवर्षीय ...
चैत्र ११ गते, २०८१ - १७:५९
लमजुङ । सुख्खा पहिरो खस्दा बेसीसहर–चामे सडक अवरुद्ध भएकाे छ । दिउँसो १२ बजेको समयमा मर्स्याङ्दी गाउँपालिका–४ अक्टोपस झरना नजिकै सुख्खा पहिरो खस्दा सडक...
चैत्र ११ गते, २०८१ - १७:५६
साउदी । वासिङ्टन र किएभका प्रतिनिधिहरूबिच छलफल भएको एक दिनपछि अमेरिकी र रुसी अधिकारीहरूले युक्रेन युद्धमा आंशिक युद्धविराम गर्ने विषयमा सोमबार साउदी अ...
प्रतिकृया लेख्नुहोस्: