Ntc summer Offer
Khabar Dabali ११ चैत्र २०८१ सोमबार | 24th March, 2025 Mon
Investment bank

सुनसरीमा हाँस पालन गरिएकाे एक कृषि फर्ममा बर्डफ्लु पुष्टी

खबरडबली संवाददाता

सुनसरी । सुनसरीको कोशी गाउँपालिकाका एक कृषि फर्ममा बर्डफ्लु  रोग फैलिएको पुष्टि भएको छ । हाँस पालन गरिएको कोशी गाउँपालिका ६ तुम्याहीस्थित सप्तकोशी कृषि फर्ममा बर्डफ्लु पुष्टि भएको हाे ।

बर्डफ्लु पुष्टि भएसँगै सो कृषि फर्मलाई केन्द्र मानेर चारकिल्लाभित्रको क्षेत्रमा रोग नियन्त्रणको कार्य अगाडि बनाउन पशुपक्षी मन्त्रालयले मंगलबार पत्राचार गरेको छ । ‘प्रस्तुत विषयमा नेपाल सरकार माननीय मन्त्रीस्तरको मिति २०८१।११।०६ को निर्णय अनुसार बर्डफ्लु  नियन्त्रण नियमावली २०७८ को नियम ८ (३) बमोजिम तपसिल बमोजिम उल्लेख भएअनुसार चार किल्लाभित्रको क्षेत्रमा रोग नियन्त्रण कार्य सञ्चालन गर्न आवश्यक समन्वय, सहजीकरणका लागि अनुरोध छ,’ उक्त पत्रमा भनिएको छ ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका कार्यालय प्रमुख डा. मनोजकुमार महतोले बर्डफ्लु भेटिएको पुष्टि गरे । ‘फर्ममा अण्डा पार्ने ५ सयवटा ठुला हाँस रहेछ । ४५० वटा डेढ महिनाको बच्चा हाँस थियो । आजसम्म ठुलो २५० वटा मरिसक्यो । सानो २ सय ५० वटा मरिसक्यो,’ उनले भने ।

उनका अनुसार सो क्षेत्र शिल गरिएको छ । ‘मन्त्रालयले निर्णय गरिसकेको हुनाले हामी अब भोलि त्यहाँ पुगेर बाँकी रहेका हाँस तथा कुखुरा डिस्पोज गर्छौं,’ महताले भने ।  बर्डफ्लु  नियन्त्रण नियमावलीमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बर्डफ्लु नियन्त्रण समिति रहने व्यवस्था छ । उक्त समितिको बैठक बसेर सबै सर्तकर्ता अपनाउने उनले बताए । 

डिस्पोज गर्नका लागि काठमाडौंको विज्ञ टोली पनि आउने उनले बताए । त्यसपछि अन्य वरिपरिका फर्महरुमा पनि नमुना सङ्कलन गरेर परीक्षण गरिने उनको भनाइ छ । माघको अन्तिम सातातिर उक्त फर्ममा धमाधम हाँस मर्न थालेका थिए । तर, बर्डफ्लु भएको आशङ्का गरिएको थिएन । ‘सो फर्ममा केही दिनअगाडिदेखि नै हाँस मर्न थालेको रहेछ । फर्म सञ्चालकले मर्न थालेको तीन, चार दिन पछि मात्रै अस्पताल ल्याउनु भयो । स्थानीय प्राविधिकले उपचार गरेपनि नियन्त्रण नभएपछि अस्पताल ल्याएर आउनु भएको रहेछ । त्यसको चेकजाँच गर्दा पनि सुरुमा बर्डफ्लु देखिएन । तर, रोग नियन्त्रण नभएपछि पिसिआर गरेर नमुना काठमाडौं पठाइएको थियो,’ महतोले भने । केन्द्रीय पशुपक्षी रोग परीक्षण प्रयोगशालामा चेकजाँच गरिएको हो । 

उनका अनुसार गत फागुन २ गते नमुना परीक्षण गरिएको थियो । उक्त नमुना परीक्षणको क्रममा बर्डफ्लु पुष्टि भएको थियो । हाँसमा सुरुमै लक्षण नदेखिने र एकैपटक मर्ने खालको हुने महतो बताउँछन् । ‘संक्रमित हाँस कुखुराको बथानमा पठायो भने संक्रमणको दर भने तीव्र हुन्छ । उक्त फर्ममा एक दर्जनबढी कुखुरा पनि थियो । अहिले २–४ वटा मात्रै छन्,’ उनले भने । उनका अनुसार अण्डा पारिराखेको हाँसले अहिले अण्डा दिन छोडेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बङ्गलादेशका पूर्वकप्तान तमीम हृदयघातका कारण अस्पताल भर्ना

ढाका । बङ्गलादेशका पूर्व एकदिवसीय क्रिकेट कप्तान तमिम इक्बाललाई घरेलु मैदानमै हृदयघात भएपछि अस्पताल भर्ना गरिएको छ ।  ढाका प्रिमियर डिभिजन क्रिकेट ...

अछाममा चार वर्षमा ३८ क्षयरोगीको मृत्यु

अछाम । नियमित औषधि नखाँदा अछाममा ३८ जना क्षयरोगीको मृत्यु भएको छ । आर्थिक वर्ष ०७८/७९ देखि ०८१/०८२ सम्ममा ३८ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय अछाम...

हुम्लामा रैथाने बालीको मूल्य निर्धारण

हुम्ला । हुम्ला जिल्लामा उत्पादन हुने रैथाने बालीको मूल्य निर्धारण गरिएको छ । जिल्ला प्राथमिक खरिद समितिको बैठकले चालू आर्थिक वर्षका लागि सात प्रकारका...

नक्कली प्रमाणपत्र मुद्दामा दुईजना दोषी, ९ दिनअघि दायर मुद्दामा फैसला

काठमाडाैं । नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको मुद्दामा दुईजना दोषी ठहर भएका छन् । विशेष अदालतले सोमबार यस्ता दुई मुद्दामा ठहर हुने फैसला गरेक...

अछामबाट जातीय विभेदको आरोपमा दुई पक्राउ

अछाम । अछामबाट जातीय विभेदको आरोपमा प्रहरीले दुई जनालाई  पक्राउ गरेको छ । पन्चदेवल विनायक नगरपालिका-४ का रमेशबहादुर शाही र देवेन्द्र शाहीलाई स्थानीय द...

अबैध १५ करोड ‘नोट काण्ड’ मा मुछिएका दिल्ली अदालतका न्यायधिसमाथि कारवाही

भारत । भारतको सर्वोच्च अदालतको कलेजियमले दिल्ली उच्च न्यायालयका न्यायाधीश यशवंत वर्मालाई इलाहाबाद उच्च अदालतमा फिर्ता पठाउन सिफारिस गरेको छ । भारती...

संक्रमणकालीन न्यायकाे प्रक्रियामा पुनः सिफारिस समिति बन्ने

काठमाडौं । संक्रमणकालीन न्यायकाे प्रक्रियामा पुनः सिफारिस समिति बन्ने भएकाे छ । प्रमुख दलका तीन शीर्ष नेताहरू संक्रमणकालीन न्यायको प्रक्रिया अघि बढाउन...

अनधिकृत टहरा हटाउँदा डोजर चालकमाथि ढुङ्गा प्रहार

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं.–७ स्थित कालोपुल क्षेत्रमा टहरा हटाउने क्रममा डोजर चालकमाथि ढुङ्गा प्रहार भएको छ । गुठी संस्थान केन्द्रीय क...

‘आइटि इन्फास्टक्चर’ निर्माणमा केन्द्रीत बजेट आउँछ: मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बजेट बनाउदा ‘आइटि इन्फास्टक्चर’ निर्माणमा जोड दिनुपर्ने बताएका छन् ।  त्रिवर्षीय ...

सुख्खा पहिरो खस्दा बेसीसहर-चामे सडक अवरुद्ध

लमजुङ । सुख्खा पहिरो खस्दा बेसीसहर–चामे सडक अवरुद्ध भएकाे छ । दिउँसो १२ बजेको समयमा मर्स्याङ्दी गाउँपालिका–४ अक्टोपस झरना नजिकै सुख्खा पहिरो खस्दा सडक...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy