काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले अहिले नेपाली जनताले उपभोग गरिरहेका सबै अधिकार प्राप्तिको जग २००७ सालको क्रान्तिको देन भएको बताएको छन ।
राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा कुराकानी गर्दै नेपालको राजनीतिक इतिहासमा फागुन ७ महत्वपूर्ण भएकाले सबै नेपालीले गौरवपूर्ण ढङ्गबाट यो दिवस मनाउन आह्वान गरे।
पूर्वराष्ट्रपति यादवले भने, “यो जनताको दिवस हो । जनताका अधिकार प्राप्तिका सन्दर्भमा कोसेढुङ्गाका रुपमा यो दिनलाई लिनुपर्छ । २००७ को परिवर्तन जुन ढङ्गबाट भयो जनताको अधिकार प्राप्तिको लडाइँबाट जनता स्वतन्त्रता भएको दिन हो, आज ।”
फागुन ७ गतेले दै लोकतान्त्रिक राजनीतिक स्थापना गर्न मार्ग निर्देश गरेको बताउँदै उहाँले मुलुकमा धेरै उतारचढाव हँुदै विसं २०४६ र २०६२/०६३ को जनआन्दोलनमार्फत सामन्ती संस्थाको निर्मूल र नष्ट गरी अघि बढ्न सम्भव भएको धारणा राखे।
पूर्वराष्ट्रपति डा यादवले भने “अहिले मुलुकले सभ्य समाज उपभोग गरिरहेको छ, त्यसको मूल जरो भनेको २००७ साल हो । जुन मुलुकको राजनीतिक इतिहासमा त्यति ठूलो योगदान कहिलै भएको थिएन । त्यो धेरै ठूलो परिवर्तन थियो ।” मुलुक सङ्घीयता, गणतन्त्र, समावेशी, समानुपातिक, धर्मनिरपेक्षसहित लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा रहेको बताउँदै उनले त्यो प्राप्तिको मुख्य जग भनेको नै २००७ को राजनीतिक परिवर्तन भएको टिप्पणी गरे।
प्राप्त उपलब्धि र विविधताको रक्षा र एकीकरण गर्दै लैजानु पर्ने आजको आवश्यकता भएको बताउँदै पूर्वराष्ट्रपति डा यादवले सबैका राजनीतिक, आर्थिक, सामाजिक र धार्मिक अधिकार तथा न्यायमा पहुँच स्थापित गरी जनताको आशालाई व्यवस्थित तुल्याउन सुझाव दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १७:०२
काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...
मंसिर ३० गते, २०८२ - १६:५५
काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...
मंसिर ३० गते, २०८२ - १६:३३
काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...
मंसिर ३० गते, २०८२ - १६:१६
मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...
मंसिर ३० गते, २०८२ - १५:५६
काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...
मंसिर ३० गते, २०८२ - १५:५१
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...
मंसिर ३० गते, २०८२ - १५:४२
काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...
मंसिर ३० गते, २०८२ - १५:३३
काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...
मंसिर ३० गते, २०८२ - १५:१४
काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...
मंसिर ३० गते, २०८२ - १५:०८
काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...




प्रतिकृया लेख्नुहोस्: