काठमाडौं । उपेन्द्र यादव नेतृत्वकाे जनता समाजवादी नेपाल (जसपा) ले सरकारले ल्याएकाे भूमिसम्बन्धी अध्यादेश फिर्ता लिनु पर्ने माग राखेकाे छ । भूमिसम्बन्धी अध्यादेश फिर्ता नलिए सरकारले जारी गरेका पाँचवटा अध्यादेशमा पनि जसपा नेपालले समर्थन नगर्ने घाेषाणा गरेकाे छ ।
सरकारले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश, निजीकरण ऐन २०५० लाई संशोधन गर्न बनेको अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी अध्यादेश, सहकारी सम्बन्धी अध्यादेश र भूमिसम्बन्धी अध्यादेश गरि ६ वटा अध्यादेश ल्याएको थियाे ।
ती अध्यादेशहरू अहिले राष्ट्रियसभामा पुगेका छन् । जसपा नेपालकाे सहयाेग सत्तारुढ दलले मागिरहेका छन् । जसपा नेपालसँग राष्ट्रियसभामा ३ जना सांसद छन् । जसपा नेपालले साथ नदिएसम्म राष्ट्रियसभाबाट कुनै पनि अध्यादेश पारित नहुने अवस्थामा छन् । सरकारले जसपा नेपाललाई फकाउने प्रयास जारी राखेकाे छ ।
यता जसपा नेपालले भने भूमि सम्बन्धी अध्यादेशमा आपत्ति जनाउँदै सरकारले फिर्ता लिनुपर्ने शर्त राखेकाे छ । भूमि सम्बन्धी अध्यादेश फिर्ता नलिएसम्म अन्य पाँच वटा अध्यादेशमा पनि सहयोग नगर्ने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवकाे भनाइ छ ।
यादवले भने, ‘भूमि सम्बन्धी अध्यादेशलाई थाती राखेर अरू बाँकी पाँच वटामा समर्थन जनाउनुको कुनै अर्थ रहँदैन । त्यो कानुनको रूपमा कार्यान्वयनमा आइसकेकाले त्यो फिर्ता लिएपछि मात्र अरू अध्यादेशमा सहयोग गर्ने तयारी गर्छाैँ ।’
अध्यादेशकै विषयमा प्रधानमन्त्री केपी शर्मा ओली अहिले विवादमा तानिएका छन् । अध्यक्ष यादवले भूमिसम्बन्धी अध्यादेश फिर्ता लिएपछि मात्र अन्य अध्यादेशमा सहयोग गर्ने बताउँदै आएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८१ - १८:३३
जापान । हत्याको गलत आरोपमा दोषी ठहरिएका र विश्वमा सबैभन्दा लामो समयसम्म मृत्युदण्डको सजाय भोगेका एक जापानी पुरुषलाई १४ लाख डलर क्षतिपूर्ति प्रदान गरि...
चैत्र १२ गते, २०८१ - १८:२८
चीन । बोआओ फोरमले मङ्लबार जारी गरेको गरेको प्रतिवेदनमा सन् २०२५ मा एसियाको वास्तविक कुल गार्हस्थ्य उत्पादन जिडिपी वृद्धि दर चार दशमलव पाँच प्रतिशत पुग...
चैत्र १२ गते, २०८१ - १८:२३
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको युग व्यक्तिलाई नायक मान्ने राजतन्त्रात्मक व्यवस्थामा फर्कन नसक्ने भएकाले त्यस्तो भ्रममा कोही पर्न नहुने...
चैत्र १२ गते, २०८१ - १८:१४
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षक एक साताभित्र नियुक्त गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । क्यानले मङ्गलबार व...
चैत्र १२ गते, २०८१ - १८:१०
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय सरकारले सार्वजनिक गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्...
चैत्र १२ गते, २०८१ - १८:०६
बर्दीबास । एसइईको मंलबार अनिवार्य विज्ञान विषयको परीक्षामा अनियमितता गरेको आरोपमा प्रहरीले छुट्टाछुट्टै केन्द्रबाट चिटसहित दुई जनालाई नियन्त्रणमा लिएक...
चैत्र १२ गते, २०८१ - १८:०२
मस्को । एक रुसी वार्ताकारले मङ्गलबार मस्कोले युक्रेन द्वन्द्व विषयमा संयुक्त राज्य अमेरिकासँग ‘उपयोगी’ वार्ता जारी राख्ने र संयुक्त राष्ट्रसङ्घ तथा अन...
चैत्र १२ गते, २०८१ - १७:५९
खार्तुम । एक सुडानी युद्ध निगरानी समूहले मङ्गलबार सेनामाथि देशको पश्चिमी डार्फर क्षेत्रमा एक बजारमा हवाई हमलामा सयौँ मानिसहरू मारेको आरोप लगाएको छ । ...
चैत्र १२ गते, २०८१ - १७:५५
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलाबाट तेल र ग्यास खरिद गर्ने देशहरूमा आयातमा २५ प्रतिशत कर लगाउने घोषणा गरे...
चैत्र १२ गते, २०८१ - १७:५०
काठमाडौं । धनुषाको बटेश्वर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तिय...
प्रतिकृया लेख्नुहोस्: