Ntc summer Offer
Khabar Dabali १२ चैत्र २०८१ मंगलवार | 25th March, 2025 Tue
Investment bank

सिंगापुर र चेक रिपब्लिक पठाइदिन्छु भन्दै साँढे ७३ लाख ठगी, दुई जना पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सिंगापुर र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेहरूमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-७ घर भई काठमाडौं महानगरपालिका-२ लाजिम्पाट बस्ने ३७ वर्षीय शरन थापा र इलाम सूर्योदय नगरपालिका-१० घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ पेप्सीकोला बस्ने ३२ वर्षीय मिकेश सुवेदी रहेका छन् । 

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार र मंगलबार पक्राउ गरेको हो ।कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार पक्राउमध्ये शरनले सिंगापुर पठाइदिछु भन्दै १३ जना पीडितहरूबाट ७१ लाख १९ हजार रुपैयाँ ठगी गरेको आरोप छ ।

यस्तै, मिकेशले चेक रिपब्लिक पठाइदिन्छु भन्दै एक जना पीडितबाट २ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप छ । आचार्यका अनुसार रकम लिएर विदेश नपठाई उनीहरू सम्पर्कविहीन भएका थिए । पीडितले जाहेरी दिएपछि प्रहरीले शरनलाई सोमबार र मिकेशलाई मंगलबार पक्राउ गरेको आचार्यले बताए ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

युक्रेन विषयकमा अमेरिका–रुस वार्ता ‘उपयोगी’, वार्ता जारी

मस्को । एक रुसी वार्ताकारले मङ्गलबार मस्कोले युक्रेन द्वन्द्व विषयमा संयुक्त राज्य अमेरिकासँग ‘उपयोगी’ वार्ता जारी राख्ने र संयुक्त राष्ट्रसङ्घ तथा अन...

सुडानको डार्फर बजारमा सेनाको आक्रमण हुँदा सयौँको मृत्यु

खार्तुम । एक सुडानी युद्ध निगरानी समूहले मङ्गलबार सेनामाथि देशको पश्चिमी डार्फर क्षेत्रमा एक बजारमा हवाई हमलामा सयौँ मानिसहरू मारेको आरोप लगाएको छ । ...

अमेरिकाकाे तेलमा कर लगाउने धम्कीपछि भेनेजुएलाकाे पक्षमा चीन

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलाबाट तेल र ग्यास खरिद गर्ने देशहरूमा आयातमा २५ प्रतिशत कर लगाउने घोषणा गरे...

धनुषाको बटेश्वर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । धनुषाको बटेश्वर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तिय...

भाेजपुरमा तीन महिनापछि उडान सुरु

भाेजपुर । बन्द भएको तीन महिनापछि भोजपुर नगरपालिका–१२ टक्सारस्थित विमानस्थलमा उडान सुरु भएको छ । गत पुसबाट बन्द विमानस्थलमा नेपाल वायुसेवा निगमको जह...

बाँकेको नरैनापुरमा आगलागी हुँदा १७ घर गोठ जलेर नष्ट

बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा मंगलबार दिउँसो भएको आगलागीमा १७ घरगोठ जलेर नष्ट भएका छन् । नरैनापुर गाउँपालिका–४ जयरामपुर्वामा मंगलबार दिउँसो...

पोखराको जर्सी सार्वजनिक

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली पोखरा थण्डर्सले जर्सी सार्वजनिक गरेको छ । पोखराले तेस्रो संस्करणको एनएसएलमा खेलाडीले लगाउने ज...

गण्डकी प्रदेशसभाबाट सडक विधेयक पारित

पाेखरा । गण्डकी प्रदेश सभाबाट सार्वजनिक सडक निर्माण विस्तार तथा मर्मत सम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मङ्गलबार पारित भएको छ । प्रदेश...

कुलमानलाई हटाउनु सरकारकाे कायरता हाे: रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउनु सरकारकाे कायरता भएकाे बता...

टीआरसी आयोगमा पदाधिकारी सिफारिसको जिम्मा मिश्र नेतृत्वकै समितिलाई

काठमाडौं । सरकारले संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी दुईवटा आयोगमा पदाधिकारी सिफारिका लागि पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रकै समितिलाई निरन्तरता...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy