बाँके । बाँके जिल्लामा लक्षित समुहका शतप्रतिशत बालिका र किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बाँके जिल्लामा १५ दिनमा सम्पन्न गरिएको एचपिभी खोप अभियान अन्तर्गत ३३ हजार ३७५बालिकालाई खोप लगाउने लक्ष्य निर्धारण गरिएकोमा ३२ हजार ९९९ बालिकालाई अर्थात ९९ प्रतिशतलाई खोप लगाइएको छ । उनले सो अभियान अन्तर्गत सबैभन्दा बढी खजुरा गाउँपालिकामा लक्ष्य भन्दा ५७ प्रतिशत बढी बालिकालाई सो खोप लगाइएको बताए । खजुरामा तीन हजार २५३ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा पाँच हजार १०० जनालाई खोप लगाइएको छ ।
सोही प्रकारले नेपालगन्ज उपमहानगरपालिकामा पनि लक्ष्यभन्दा दुई प्रतिशत बढी बालिकालाई खोप लगाईएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीले बताए । उनले प्रायजसो खोप अभियानमा पछाडी पर्ने नेपालगन्ज उपमहानगरमा यस पटक एचपिभी खोप उत्साहपूर्ण रुपमा लगाएको देखिएको बताए । प्रमुख शाहीका अनुसार नेपालगन्जमा आठ हजार २६२ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा आठ हजार ४०० जनाले खोप लगाएका छन् ।
यस्तै डुडुवा गाउँपालिकामा पनि लक्ष्यको ९९ प्रतिशत बालिकाले खोप लगाएका छन् भने राप्ती सोनारी गाउँपालिकामा ९७ प्रतिशतले खोप लगाएका छन् । जानकीमा ९० प्रतिशत, बैजनाथमा ८९ प्रतिशत र नरैनापुरमा ८८ प्रतिशत बालिकाले खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । सबैभन्दा कम खोप लगाउनेमा कोहलपुर नगरपालिकामा ८३ प्रतिशत बालिकाले खोप लगाएको जनाउँदै जिल्लाका खोप फोकल पर्सन श्रेष्ठले किन यहाँ सबैले खोप लगाएनन् सो बारेमा अनुसन्धान गरिने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - २०:०२
बेइजिङ । चीनको कुल विदेशी व्यापार पहिलो ११ महिनामा वर्षभरको तुलनामा ३.६ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले सोमबार जनाएको छ । चिनियाँ भन्सार प्रशा...
मंसिर २३ गते, २०८२ - १९:५९
रुपन्देही । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा चौपाया रहेको तथ्याङ्क सार्वजनिक भएको छ । प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रा...
मंसिर २३ गते, २०८२ - १९:४८
कैलाली । कैलालीमा वन पैदावार बिक्री वितरणमा रोक लगाइएपछि एक लाख क्युफिट भन्दा बढी परिमाणमा काठ घाटगद्दीमै थन्किएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले...
मंसिर २३ गते, २०८२ - १९:४५
म्याग्दी । नेपाली कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले राजनीतिक निकासका लागि आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको विकल्प न...
मंसिर २३ गते, २०८२ - १९:४१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुस ५ गतेसम्म केन्द्रदेखि प्रदेश र जिल्लासम्म सबै तहमा पार्टी एकता प्रक्रिया सम्पन्न गर्ने जनाएको छ । ...
मंसिर २३ गते, २०८२ - १८:५७
बेल्जियम । युरोपेली सङ्घ (ईयू) ले सोमबार आप्रवासन नीति कडा पार्ने महत्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ । यसअन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ ख...
मंसिर २३ गते, २०८२ - १८:५३
भियतनाम । भियतनामको नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ । जुन अघिल्लो वर्...
मंसिर २३ गते, २०८२ - १८:४९
पर्सा । विभिन्न कालखण्डमा मधेस प्रदेशमा अतिक्रमणमा परेको वन क्षेत्र सङ्घीयतापछि पनि फिर्ता ल्याउन सकस भएको छ । विसं २०७२ मा नयाँ संविधानसँगै सङ्घीयता ...
मंसिर २३ गते, २०८२ - १८:४५
काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा भाग लिन सोमबारसम्म ६७ दलले निवेदन दिएका छन् । आयोगकी सहायक प्रव...
मंसिर २३ गते, २०८२ - १८:०५
काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेख...




प्रतिकृया लेख्नुहोस्: