बाँके । बाँके जिल्लामा लक्षित समुहका शतप्रतिशत बालिका र किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बाँके जिल्लामा १५ दिनमा सम्पन्न गरिएको एचपिभी खोप अभियान अन्तर्गत ३३ हजार ३७५बालिकालाई खोप लगाउने लक्ष्य निर्धारण गरिएकोमा ३२ हजार ९९९ बालिकालाई अर्थात ९९ प्रतिशतलाई खोप लगाइएको छ । उनले सो अभियान अन्तर्गत सबैभन्दा बढी खजुरा गाउँपालिकामा लक्ष्य भन्दा ५७ प्रतिशत बढी बालिकालाई सो खोप लगाइएको बताए । खजुरामा तीन हजार २५३ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा पाँच हजार १०० जनालाई खोप लगाइएको छ ।
सोही प्रकारले नेपालगन्ज उपमहानगरपालिकामा पनि लक्ष्यभन्दा दुई प्रतिशत बढी बालिकालाई खोप लगाईएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीले बताए । उनले प्रायजसो खोप अभियानमा पछाडी पर्ने नेपालगन्ज उपमहानगरमा यस पटक एचपिभी खोप उत्साहपूर्ण रुपमा लगाएको देखिएको बताए । प्रमुख शाहीका अनुसार नेपालगन्जमा आठ हजार २६२ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा आठ हजार ४०० जनाले खोप लगाएका छन् ।
यस्तै डुडुवा गाउँपालिकामा पनि लक्ष्यको ९९ प्रतिशत बालिकाले खोप लगाएका छन् भने राप्ती सोनारी गाउँपालिकामा ९७ प्रतिशतले खोप लगाएका छन् । जानकीमा ९० प्रतिशत, बैजनाथमा ८९ प्रतिशत र नरैनापुरमा ८८ प्रतिशत बालिकाले खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । सबैभन्दा कम खोप लगाउनेमा कोहलपुर नगरपालिकामा ८३ प्रतिशत बालिकाले खोप लगाएको जनाउँदै जिल्लाका खोप फोकल पर्सन श्रेष्ठले किन यहाँ सबैले खोप लगाएनन् सो बारेमा अनुसन्धान गरिने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८१ - १७:५०
काठमाडौं । धनुषाको बटेश्वर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तिय...
चैत्र १२ गते, २०८१ - १७:४६
भाेजपुर । बन्द भएको तीन महिनापछि भोजपुर नगरपालिका–१२ टक्सारस्थित विमानस्थलमा उडान सुरु भएको छ । गत पुसबाट बन्द विमानस्थलमा नेपाल वायुसेवा निगमको जह...
चैत्र १२ गते, २०८१ - १७:४२
बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा मंगलबार दिउँसो भएको आगलागीमा १७ घरगोठ जलेर नष्ट भएका छन् । नरैनापुर गाउँपालिका–४ जयरामपुर्वामा मंगलबार दिउँसो...
चैत्र १२ गते, २०८१ - १७:३८
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली पोखरा थण्डर्सले जर्सी सार्वजनिक गरेको छ । पोखराले तेस्रो संस्करणको एनएसएलमा खेलाडीले लगाउने ज...
चैत्र १२ गते, २०८१ - १७:३४
पाेखरा । गण्डकी प्रदेश सभाबाट सार्वजनिक सडक निर्माण विस्तार तथा मर्मत सम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मङ्गलबार पारित भएको छ । प्रदेश...
चैत्र १२ गते, २०८१ - १७:३०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउनु सरकारकाे कायरता भएकाे बता...
चैत्र ११ गते, २०८१ - २१:१५
काठमाडौं । सरकारले संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी दुईवटा आयोगमा पदाधिकारी सिफारिका लागि पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रकै समितिलाई निरन्तरता...
चैत्र ११ गते, २०८१ - २१:०१
ढाका । देशको पूर्व नेताप्रतिको बफादारीका कारण उत्पन्न भएको पछिल्लो कानूनी समस्यामा बङ्गलादेशको एक अदालतले क्रिकेटर शकिब अल हसनको सम्पत्ति जफत गर्ने आद...
चैत्र ११ गते, २०८१ - २०:५६
काठमाडौं । प्रेस चौतारीको अध्यक्षमा अन्ततः गणेश पाण्डे चयन भएका छन् । निबर्तमान अध्यक्ष गणेश बस्नेतले पाण्डेलाइ सर्बसम्मत रूपमा पाण्डेलाइ चयन गरेको...
चैत्र ११ गते, २०८१ - २०:५०
काठमाडौं । कुलमान घिसिङलाई बर्खास्त गरेसँगै नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यले नियुक्ति पाएका छन् । आज सोमबार साँ...
प्रतिकृया लेख्नुहोस्: