Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८१ शुक्रबार | 28th March, 2025 Fri
Investment bank

अधिकार र कर्तव्यको संयोजनले मात्र प्रजातान्त्रिक प्रणाली बलियो हुन्छ: नैनसिंह महर

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले अधिकार र कर्तव्यको संयोजनले मात्र प्रजातान्त्रिक प्रणाली बलियो हुने बताएका छन् । नेपाल शिक्षक संघ ललितपुरद्वारा बुधबार आयोजित २४औं प्रतिनिधिसभा स्वागत तथा सम्मान कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै नेता महरले उक्त कुरा बताएका हुन् ।

अहिलेसम्म अधिकारको मात्र कुरा गरिएकोमा त्यो सँगसँगै कर्तव्यनिष्ठ हुनुपर्नेमा उनको जोड छ । ‘२००७ सालदेखि आजसम्म अधिकारका बारेमा ठूला बहस भए । आन्दोलन भए । हामीले संविधान बनायौं । पार्टीका घोषणापत्र बनायौं । थुप्रै अधिकार स्थापित भए । अधिकारसँगै कर्तव्यको पालनाले मात्र प्रजातन्त्र बलियो हुन्छ भन्ने कुरालाई ध्यान दिएर कर्तव्य पालनातर्फ लागेनौं,’ उनले भने ।

यस्ताखाले कमजोरीका कारण प्रजातन्त्रले हामीलाई के दियो भन्ने प्रश्न उठ्ने गरेको उनको टिप्पणी छ । प्रधानमन्त्रीदेखि श्रमिकसम्म कर्तव्य पालनामा चुक्दा समस्या देखिएको महरले बताए । अधिकार र कर्तव्यको पालनाले मात्र लोकतन्त्र बलियो पार्दै जनताका सपना साकार पार्न सकिनेमा उनले जोड दिएका छन् ।

‘२००७ सालदेखि नेताहरूले राजनीतिक नेतृत्व गर्नु भयो । तर, मुलुकलाई पूर्णरुपमा गतिशील बनाउन ऐन, कानुन दिन सक्नु भएन । अहिलेको ज्वलन्त समस्या यही हो । अब राजनीतिक दलहरू पुरानै शैलीबाट चल्नु हुँदैन । समय सापेक्ष बन्दै परिणाममुखी काम गर्नुपर्छ,' उनले भने ।

उनले राजनीतिक दलका घोषणापत्र निकै लोभदाग्दा बन्ने गरेका तर कार्यान्वयन पक्ष निकै फितलो रहेको बताएका छन् । घोषणापत्रमा लेखिएका कुरा कति कार्यान्वयन भए भन्नेमा पनि गम्भीर समीक्षा आवश्यक रहेको महरले औंल्याएका छन् ।

सबल लोकतान्त्रिक देश निर्माणमा सबै जुट्नुपर्ने महरको भनाइ छ । ‘सबल लोकतान्त्रिक देश भनेको त्यस्तो देश हो, जसले नागरिकका अधिकार र स्वतन्त्रता सुनिश्चित गर्छ । विधिको शासन पालना गर्छ । जवाफदेही सरकारको व्यवस्था गर्दछ । जनताको सहभागिता बढाउँछ’, उनले भने ।

यसका साथै फरक प्रसंगमा बोल्दै नेता महरले शिक्षक र शिक्षा क्षेत्रका समस्या समाधानमा कांग्रेस गम्भीर रहेको बताएका छन् । ‘शिक्षकलाई निजामती सरहको सेवा सुविधा दिइनुपर्छ । भौतिक पूर्वाधारमा ध्यान दिने, तालिम र परीक्षणमा ध्यान दिने कुरामा राज्य गम्भीर बन्नुपर्छ । गुणस्तर अभिवृद्धिका लागि शिक्षामा २० प्रतिशत बजेट छुट्याइनुपर्छ’, महरले भने ।

महरले संसदमा थन्किएर बसेको विद्यालय शिक्षा ऐनलाई यही हिउँदे अधिवेशनबाट पारित गर्नसमेत सरकारसँग माग गरेका छन् । विद्यालय ऐनमा आएका विषयमा सरोकारवालासँग छलफल गरेर उनीहरूको रायलाई पनि स्थान दिएर विधेयक पारित गर्नुपर्ने उनको सुझाव छ ।

यस्तै, ललितपुर कांग्रेसका सभापति जितेन्द्रकुमार श्रेष्ठले एकले अर्कालाई  स्वीकार गर्ने वातावरण बनेमा संगठन सुदृढ हुने बताए । उनले भने, ‘हारलाई स्वीकार गरे मात्र प्रतिस्पर्धामा कुनै कुनै दिन सफल हुन सकिन्छ ।’ एउटा साथीले अर्का साथीलाई स्वीकार गरेमा सबैको जित हुन सक्ने उनको भनाइ छ ।

नेपाल शिक्षक महासंघका प्रवक्ता एवम् उपमहासचिव नारायण तिमिल्सिनाले शिक्षक महासंघले शिक्षा विधेयक संसद्को चालू अधिवेशनबाट पारित गराएरै छाड्ने प्रतिबद्धता जनाए । उनले भने, ‘हामीले शिक्षकका माग र मुद्दा समेटिने गरी विधेयक पारित हुनुपर्छ भनेर राजनीतिक दलका नेता र सांसदहरूसँग पक्षीकरण गरिसकेका छौं ।’

यसैगरी उनले महासंघले केही दिनअघि पूर्णता पाएकोले अब शिक्षकहरू एकजुट भएर आन्दोलनमा जाने बताए । नेपाल शिक्षक संघ ललितपुरका सभापति सुरेश घिमिरेले जिल्लामा शिक्षक संघको संगठन बलियो बनाउन सबै एकजुट भएर लाग्नुपर्ने बताए । उनले पनि संसद्को चालू अधिवेशनबाट शिक्षा विधेयक पारित गराउन नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा हालै राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा चयन भएकी रञ्जना प्रधान, विभिन्न विद्यालयका शिक्षकहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा संघका जिल्ला सचिव तुलसी न्यौपानेले संघले गरेका गतिविधिबारे जानकारी गराएका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आर्मेनियाको संसद्वारा इयु प्रवेशको पक्षमा मतदान

येरेभान । ऐतिहासिक रूपमा रूस–सहयोगी मुलुकका रूपमा मस्कोको कक्षबाट टाढा हुँदै आर्मेनियाको संसद्ले बुधबार युरोपेली सङ्घ (इयु) को सदस्यता प्रक्रिया सुरु ...

अर्घाखाँची बस दुर्घटना अपडेट: मृत्यु हुनेकाे संख्या चार पुग्याे

काठमाडौं । अर्घाखाँचीमा बस दुर्घटना मृत्यु हुनेकाे संख्या चार पुगेकाे छ ।  बुधबार अर्घाखाँचीको सुपादेउरालीको दर्शन गरेर फर्किंदै गरेको लु २ ख ३०३ न...

हुम्ला केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । हुम्ला केन्द्रबिन्दु भएर बुधबार साँझ भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु हुम्लाको कालिका रहेको थि...

ब्राजिलमाथि अर्जेन्टिनाको सानदार जित

काठमाडौं । फिफा विश्वकप–२०२६ मा स्थान बनाइसकेको साबिक विजेता अर्जेन्टिनाले दक्षिण अमेरिकी छनोट खेलमा बलियो प्रतिद्वन्द्वी ब्राजिलमाथि सानदार जित निकाल...

माेटरसाइकल दुर्घटनामा परी वडा सदस्यको मृत्यु

बुटवल । बुटवलमा भएको सडक दुर्घटनामा परी तिलोत्तमा नगरपालिकाका वडा सदस्य रामकृष्ण पाठकको मृत्यु भएको छ । तिलोत्तमा-२ का वडा सदस्य पाठक जानकीनगरबाट बुटव...

काभ्रेपलाञ्चोकमा बाबुले चलाएको ट्रकले किचेर चार वर्षीया छोरीको मृत्यु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ मा बाबुले चलाएको ट्रकले किचेर चारवर्षीया छोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार...

अर्घाखाँचीमा बस दुर्घटनामा तीन जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको शितगंगामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।  शितगंगा नगरपालिका २, भुवनपाटामा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भ...

एक सय दुई थान गहनासहित एक जना पक्राउ

काठमाडौं । प्रहरीले सुन जस्तो देखिने धातुका विभिन्न गहनासहित ४१ वर्षीय दिपेश लाल चित्रकारलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना...

मुरली मकै सिफारिस गर्दै मकैबाली अनुसन्धान कार्यक्रम

चितवन । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरले पहिलोपटक मुरली मकै सिफारिसको तयारी गरेको छ । भीमनगर लोकल मुरली मकै सिफारिसको तयारी गरिएको कार्य...

सञ्चारमन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेट

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङसँग नेपालका लागि जापानका राजदूत तोरु मायदाले शिष्टाचार भेट गरेका छन् । नेपाल सरकारका प्रव...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy