Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

चितवनका विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण

खबरडबली संवाददाता

चितवन । चितवनको भरतपुर– २१ पार्वतीपुरस्थित श्री आधारभूत विद्यालय कञ्चनवस्तीका विद्यार्थीलाई न्यानो कपडा, स्कुल ब्याग, स्टेसनरी तथा खेलकुदका सामग्री उपलब्ध गराइएको छ । हेल्प नेपाल नेटवर्कको सहयोग र इन्द्र भगवती अक्षय कोषको आयोजनामा यी सामग्री उपलब्ध गराइएको हो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजेन्द्र पाण्डे, अध्यक्ष बाबुराम तिमिल्सिना, वडाध्यक्ष कृष्णकुमार गुरुङ, हेल्प नेपालका अन्तर्राष्ट्रिय संयोजक डिला खरेल, अक्षय कोषका संस्थापक भुपेन्द्र बस्नेत, कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीलगायतको उपस्थिति थियो । 

सामग्री वितरण कार्यक्रममा बोल्दै हेल्प नेपालका अन्तर्राष्ट्रिय संयोजक खरेलले विद्यार्थीहरुका लागि सानो सहयोग गर्न पाउँदा खुसी लागेको बताए । चितवनको भरतपुर महानगरपालिका– ५ आनन्दपुर घर भएका खरेल विगत लामो समयदेखि अष्ट्रेलियालाई कर्मथलो बनाएर काम गर्दै आएका छन् । 

२५ वर्षअघि स्थापना भएको हेल्प नेपालको हाल ३० वटा देशमा शाखा छन् । आधारभूत विद्यालय कञ्चनवस्ती २०३५ सालमा स्थापना भएको विद्यालय हो । यस विद्यालयमा विपिन्न परिवारका १०० जति विद्यार्थी पठनपाठन गर्दछन् । विद्यार्थीको सहजताका लागि भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले आवश्यक सहयोग उपलब्ध गराउँदै आएको वडाध्यक्ष गुरुङले बताए । हरेक शुक्रबार विद्यार्थीहरूलाई व्यावहारिक तथा सिर्जनात्मक सिकाइका गतिविधि गराइँदै आइएको उनको भनाइ छ ।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा उपस्थित भएका एलबी क्षेत्रीले सामुदायिक विद्यालयलाई राम्रो बनाउन शिक्षक तथा अभिभावकले विशेष ध्यान दिनुपर्ने सुझाव दिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending