लिमा । पेरुमा मादक पदार्थ सेवन गरी आएका एक व्यक्तिले ५०० वर्ष पुरानो पुरातात्विक वस्तु (‘ट्वेल्भ एङ्गल स्टोन’)मा तोडफोड गरेको अधिकारीहरूले मङ्गलबार बताएका छन् ।
प्रहरीका अनुसार ३० वर्षीय ती व्यक्तिले हथौडाले ढुङ्गामा प्रहार गरेको नजिकैको सिसिटिभी क्यामेरामा रेकडमा देखिएको थियो । प्रहरीका अनुसार कुस्को शहरमा भएको घटनापछि उनलाई पक्राउ गरिएको छ ।
कुस्को प्रहरी चौकीका प्रमुख हेनरी भाल्डेजले सरकारी समाचार संस्था एन्डिनालाई बताएअनुसार गेब्रियल रोयसी नाम गरेका ती व्यक्ति रक्सी वा लागूपदार्थको नशामा थिए । पेरुको संस्कृति मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ‘प्रतीकात्मक पत्थरको संरचना’ लाई धेरै टुक्रामा तोडिएको जनाएको छ ।
कुस्कोको संस्कृति मन्त्रालयका निर्देशक जर्ज मोयाले भने, “वर्तमान नियमअनुसार यो कार्य संस्कृतिमाथिको आक्रमण हो र यसका लागि छ वर्षसम्मको जेल सजाय हुन सक्छ ।”
यस घटनाले प्राचीन संस्कृतिका लागि संरक्षित ५०० वर्ष पुरानो पुरातात्विक वस्तु (‘ट्वेल्भ एङ्गल स्टोन’) मा ‘अपूरणीय क्षति’ पुर्याएको उनले बताए ।
उक्त पत्थर पेरुको इन्कान सांस्कृतिक सम्पदाको एक लोकप्रिय पर्यटक आकर्षण स्थल इन्का रोका महलको आकर्षण हो । यसको सिद्ध १२–कोण सीमालाई इन्का सभ्यताको उन्नत पत्थरको कामको प्रतीकको रूपमा वर्णन गरिएको छ । यो पत्थर अहिले कुस्कोमा आर्कबिशपको महल र एक कला सङ्ग्रहालयको भाग हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: