काठमाडौं । अन्तरजातीय विवाहका कारण दलित समुदायमाथि भइरहेका हत्या, हिसां र विभेदका घटना तत्काल वन्द गरी दोषीलाई कारवाही गर्न दलित संघसंस्थाले माग गरेका छन् । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइयाकी रिंकु सदायको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै नेपाल दलित मुक्ति मोर्चाले बिहीबार विरोध प्रदर्शन गरी न्यायको माग गरेको छ ।
संयुक्त दलित राजनीतिक संघर्ष समितिले अन्तरजातीय विवाहका कारण भइरहेका हत्या र हिंसाका घटनामा संलग्नलाई तत्काल कारवाही गरी पीडित परिवारलाई न्याय दिन गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएको थियो । तर सरकारले विभेदका घटनाहरुलाई गम्भीरताका साथ नलिएपछि दलित संघसंस्था विरोधमा उत्रिएका छन् ।
दलित समुदायमाथि श्रृखलाबद्ध हत्या र विभेदका घटना भइरहेको तर प्रहरी प्रशासन र सरकारले वेवास्ता गरिरहेको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य परशुराम रम्तेलले बताए । छुवाछूत, विभेद, उत्पीडन र हत्याविरुद्ध सरकारको ध्यानाकर्षण गराउन विरोध प्रदर्शन गरिएको उनले बताए ।मोर्चाका अध्यक्ष तथा पूर्व मन्त्री दलजित श्रीपालीले दलित समुदायमाथि भएका संरचनात्मक हिंसाका घटनामा मेलमिलाप गरिने, परिवारको घेराभन्दा बाहिर लैजान नदिने, झुट्टा मुद्दामा फसाउने, ऐन कानुनलाई बेवास्ता गर्ने कामहरु भइरहेका तर सरकार मुकदर्शक भएको बताए ।
सर्लाहीका सत्येन्द्र राम र नेहा गुप्ताको अन्तरजातीय बिहे हुँदा तत्काल पक्राउन गरेको प्रहरीले रिंकु सदायको घटनामा भने पक्राउ नगरिएकोमा विरोध भइरहेको छ । मोर्चाका अनुसार सदाय माघ २७ गते राति ९ बजेतिर शौचालय गएकी थिइन् । बिहान ३ बजे आफै घर फर्केपछि बलात्कार भएको परिवारलाई भनेकी थिइन् । रिंकुले स्थानीय रुपेश मण्डल, टिंकु मण्डल र चन्दन मण्डलले आफूलाई बलात्कार गरेको आमासँग भनेकी थिइन् ।
पीडित परिवारका फागुन १ गते किटानी जाहेरी दिएका थिए । बिहिबार पुनः पुरक जोहरी दर्ता गराएका छन् । घटनामा संलग्न तीन जना फरार छन् । घटना भएको १२ दिन वितिसक्दा पनि प्रहरीले पक्राउ गरेको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २१ गते, २०८२ - २०:११
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच टीआरसीबारे (संक्रमणकालीन न्याय) छल...
बैशाख २१ गते, २०८२ - २०:०४
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, सामाजिक न्याय र समृद्धिको प...
बैशाख २१ गते, २०८२ - १९:५९
काठमाडौं । बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन (बैङ्क एन्ड फाइनान्सियल इन्स्टिच्युसन एक्ट–बाफिया), २०७३ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्रतिनिधिसभाअ...
बैशाख २१ गते, २०८२ - १९:११
काठमाडाैं । नेकपा एमालेले दलभित्रका समस्यालाई आन्तरिक रुपमै समाधान गर्नुपर्ने बताएको छ । आइतबार बसेको एमाले सचिवालय बैठकले दलभित्रका समस्यालाई राष्ट्र...
बैशाख २१ गते, २०८२ - १९:०७
काठमाडौं । विभागीय टोली नेपाल आर्मी राष्ट्रिय हक्की प्रतियोगिताको पुरुषमा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ को लिग खेलमा अपराजित रहँदै आर्म...
बैशाख २१ गते, २०८२ - १९:०३
काठमाडौं । नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस सङ्घको प्राविधिक सहयोगमा तेस्रो संस्करणको प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु भएको छ । ...
बैशाख २१ गते, २०८२ - १८:१३
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई म्याद थपका लागि अदालत लगिएको छ। थपिएको म्याद सकिएसँगै आज पु...
बैशाख २१ गते, २०८२ - १८:११
तनहुँ । आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट स्रोत नखुलेको नगद १४ लाख रूपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखा शहिद लख...
बैशाख २१ गते, २०८२ - १८:०८
बाँके । नेकपा एकीकृत समाजवादी बाँकेको आठौँ जिल्ला अधिवेशनले दीपक जिएमको अध्यक्षतामा ५३ सदस्यीय जिल्ला कमिटी निर्विरोध चयन गरेको छ । बाँकेका आठैवटा ...
बैशाख २१ गते, २०८२ - १८:०५
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबिच सिंहदरबारमा छलफल भएको छ । उनीहरुबिच संक्रमणकाली न्याय तथा समसामय...
प्रतिकृया लेख्नुहोस्: