Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८२ आईतवार | 4th May, 2025 Sun
Investment bank

सर्लाहीकाे हरिपूर्वामा नगर अस्पताल सञ्चालन

खबरडबली संवाददाता

सर्लाही । शिलान्यास भएको १२ वर्षपछि सर्लाहीको दक्षिण–पूर्वी ग्रामीण भेगमा पर्ने हरिपूर्वामा १५ शय्याको नगर अस्पताल सञ्चालनमा आएको छ ।

हरिपूर्वा नगरपालिका–२, मा निर्माण गरिएको अस्पतालको शुक्रबार नगरप्रमुख विनोदकुमार साह तेली, उपप्रमुख सुमित्रादेवी ग्वारनी र सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले संयुक्तरूपमा उद्घाटन गरेका हुन् । २०६९ साल मङ्सिर २ गते तत्कालिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री राजेन्द्र महतोले अस्पताल भवनको शिलान्यास गरेका थिए ।

भवन निर्माणको काम दस वर्ष लगाएर २०७९ सम्पन्न गरी सहरी विकास तथा भवन कार्यालयले हरिपूर्वा नगरपालिकालाई हस्तान्तरण गरेको थियो । हरिपूर्वा नगरपालिकाका प्रमुख विनोदकुमार साह तेलीले नगरपालिकालाई अस्पताल भवन हस्तान्तरण भएपश्चात गत वर्षदेखि नै सेवा सञ्चालनमा ल्याउने गरी बजेट विनियोजन गरिए पनि बेलैमा नगरसभा हुन नसक्दा यो वर्षलाई सारिएको बताए । 

यो वर्ष असारमै बजेट पारित भएकाले आवश्यक पर्ने स्वास्थ्य सामग्री खरिद, चिकित्सक र अन्य स्वास्थ्यकर्मी नियुक्त गरी नगर अस्पताल सञ्चालनमा ल्याइएको नगरप्रमुख साहले बताए । अस्पताल सञ्चालनका लागि दुई जना एमबिबिएस चिकित्सक, एक जना रेडियोग्राफर, आँखासम्बन्धी रोगको उपचार गर्ने एक जना स्वास्थ्यकर्मी र तीन जना सिनियर अहेब नियुक्त गरिसकिएको हरिपूर्वा नगरपालिकाको स्वस्थ्य शाखाका संयोजक रामएकवाल रायले बताए । 

पाँच जना जग्गादाताले प्रदान गरेको १० कट्ठा जग्गामा अस्पताल भवन निर्माण गरेर सञ्चालनमा ल्याइएको हो । नगरपालिकाले अस्पताल उद्घाटन समारोहमा शुक्रबार जग्गादातालाई कदर–पत्रसहित सम्मान गरेको छ । जग्गादाता विनोद साहले वर्षौ‌को प्रतीक्षापछि आफूहरूले प्रदान गरेको जग्गामा अस्पताल सञ्चालन हुँदा अत्यन्त खुसी लागेको बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

टीआरसीसम्बन्धी पीडित पक्ष र सरोकारवालाकाे विषयमा छलफल

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच टीआरसीबारे (संक्रमणकालीन न्याय) छल...

अब सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा: प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, सामाजिक न्याय र समृद्धिको प...

अर्थसमितिमा बाफियामाथि छलफल

काठमाडौं । बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन (बैङ्क एन्ड फाइनान्सियल इन्स्टिच्युसन एक्ट–बाफिया), २०७३ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्रतिनिधिसभाअ...

पार्टीका आन्तरिक समस्यालाई राष्ट्रिय राजनीतिमा बिसाउन हुँदैन: एमाले

काठमाडाैं । नेकपा एमालेले दलभित्रका समस्यालाई आन्तरिक रुपमै समाधान गर्नुपर्ने बताएको छ । आइतबार बसेको एमाले सचिवालय बैठकले दलभित्रका समस्यालाई राष्ट्र...

राष्ट्रिय हक्की : आर्मी सेमिफाइनलमा

काठमाडौं । विभागीय टोली नेपाल आर्मी राष्ट्रिय हक्की प्रतियोगिताको पुरुषमा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ को लिग खेलमा अपराजित रहँदै आर्म...

प्रधान सेनापति राष्ट्रिय टेनिस सुरु

काठमाडौं । नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस सङ्घको प्राविधिक सहयोगमा तेस्रो संस्करणको प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु भएको छ । ...

म्याद थपका लागि रविन्द्र मिश्रलाई लगियो अदालत

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई म्याद थपका लागि अदालत लगिएको छ।  थपिएको म्याद सकिएसँगै आज पु...

तनहुँमा स्रोत नखुलेको १४ लाख नगदसहित दुई जना पक्राउ

तनहुँ । आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट स्रोत नखुलेको नगद १४ लाख रूपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखा शहिद लख...

बाँके एकीकृत समाजवादीकाे अध्यक्षमा दीपक जिएम

बाँके । नेकपा एकीकृत समाजवादी बाँकेको आठौँ जिल्ला अधिवेशनले दीपक जिएमको अध्यक्षतामा ५३ सदस्यीय जिल्ला कमिटी निर्विरोध चयन गरेको छ । बाँकेका आठैवटा ...

प्रधानमन्त्री ओली र प्रचण्डबिच सिंहदरबारमा भेटवार्ता

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबिच सिंहदरबारमा छलफल भएको छ ।  उनीहरुबिच संक्रमणकाली न्याय तथा समसामय...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending