Khabar Dabali २५ फाल्गुन २०८२ सोमबार | 9th March, 2026 Mon
Investment bank

एकीकृत समाजवादीको दोस्रो केन्द्रीय कमिटीको बैठकका निर्णय सार्वजनिक (पूर्णपाठ)

केवलकार बनाउने विषयलाई लिएर भैरहेको आन्दोलनमाथि सरकारको दमन

खबरडबली संवाददाता

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले पार्टीको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकका निर्णय सार्वजनिक गरिएको छ। 

गत शुक्रबार र शनिबार सम्पन्न केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा महासचिव घनश्याम भूसालले समसामयिक प्रस्तावहरू वाचन गरेका थिए ।  

फागुन ९ र १० गते बसेको सो पार्टीको दोस्रो पूर्ण बैठकमा केन्द्रीय कमिटीका २९८ सदस्य उपस्थित बैठकमा राजनीतिक प्रतिवेदन, पार्टीको नियमावली, विनियमहरु, विभिन्न निर्देशिकाहरू, महाधिवेशनको सामान्य समीक्षा, पार्टीको तात्कालिक कार्य योजना र पार्टीका तात्कालिक सङ्गठनात्मक तथा विभिन्न राजनीतिक विषयमा छलफल भएको थियो । 

बैठकले वर्तमान सरकार नालायक र दमनकारी बन्दै जाने र सडकले सही बाटो नभेटाएर अराजक र पपुलिष्ट बन्दै जाने वर्तमान राजनीतिक अवस्थामा जनताका आधारभूत मुद्दाहरूलाई उठाउँदै पार्टी जनतामाझ जाने निर्णय गरेको छ। 

नेपाल कम्युष्टि पार्टी (एकीकृत समाजवादी)
केन्द्रीय कमिटीको दोस्रो बैठक (२०८१ फागुन ९–१०) बाट पारित

समसामयिक प्रस्तावहरू

१. सरकारले संसदलाई छलेर विभिन्न अध्यादेशहरू जारी गरेको छ । संसदीय समितिमा छलफल भइरहेको विधेयकसमेत फिर्ता नलिई अध्यादेश ल्याउनु संविधान, ऐन–कानून, संसद नियमावली र स्थापित अभ्यासको समेत उल्लङ्घन हो । भूमाफिया, कालोबजारीया, राजस्व छली गर्ने व्यक्ति, विचौलिया, भ्रष्टचारी, तस्कर र दलालहरूलाई फाइदा पुग्ने प्रावधान राखेर ल्याइएको अध्यादेशको अन्तरवस्तुमा पनि सहमत हुन सकिन्न । केन्द्रीय कमिटीको यो बैठक ती अध्यादेशहरूलाई प्रक्रिया र अन्तरवस्तु दुबै हिसाबले विरोध गर्दछ र ती अध्यादेशहरू निर्णयार्थ पेश भएमा हाम्रो पार्टीले विरोधमा मतदान गर्ने कुरा स्पष्ट पार्दछ । 

२. भारतको ओडिसा राज्यको कलिङ्गा इन्सिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यु प्रकरणप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न र भारतमा नेपाली विद्यार्थीहरूको सुरक्षाको प्रत्याभूतिका लागि आवश्यक पहल गर्न हाम्रो पार्टी नेपाल सरकारसँग जोडदार माग गर्दछ  ।

३. मुलुकमा भ्रष्टचार मौलाएको छ र भ्रष्टाचारीहरू सरकारवाट संरक्षित भएका छन् । सहकारी ठगी, मिटर ब्याजी, अनलाईन ठगिले गर्दा गरीव जनताको जीवन कष्टकर हुँदै गएको छ । लाखौँ जनताले सहकारीमा राखेको बचत डुबेको छ । त्यस्ता भ्रष्ट तथा ठगहरूलाई नियन्त्रणमा लिई अविलम्व कडा भन्दा कडा कारवाही गर्न र सम्बधित पक्षको पैसा फिर्ता गराउन सरकारसँग यो बैठक जोडदार माग गर्दछ ।

४. मुलुकमा कृषिको संरक्षण र उद्योगको विकास नभएकाले रोजगारीको उपयुक्त अवसर नहुँदा युवा जनशक्ति विदेश पलायन हुने क्रम बढेको छ । यसले राष्ट्रिय उत्पादन र अर्थ तन्त्रको विकासमा नकरात्मक प्रभाव परेको छ । समग्र अर्थतन्त्रको पुनर्गठन नगर्दासम्म टालटुले नीति तथा कार्यक्रमबाट यो समस्याको समाधान हुन नसक्ने तथ्यमा जोड दिँदै यो बैठक राष्ट्रिय अर्थतन्त्रलाई दिगो रोजगारी मुखी बनाउने दिशामा कदम चाल्न सरकारसँग माग गर्दछ । 

५ .ताप्लेजुङको मुकुम्लुङ्मा केवलकार बनाउने विषयलाई लिएर भैरहेको आन्दोलनमाथि सरकारले दमन गरेको छ । जनसरोकारका मुद्दालाई वार्ता तथा सममतिबाट समाधान गर्नुको सट्टा आन्दोलनकारी माथि दमन गर्ने सरकारी नीतिले समाधान दिँदैन भन्ने कुरामा जोड दिँदै वार्ता र सम्वादको माध्यमबाट समाधान गर्न यो बैठक नेपाल सरकारसँग जोडदार माग गर्दछ ।

६. दूध र उखुको बक्यौता लामो समयसम्म पनि किसानहरूलाई उपलव्ध नगराइएकोले किसानहरू आफनो पेशाबाटै पलाएन हुन थालेका समाचारहरू आउन थालेका छन् । यो अवस्था जो कसैका लागि लज्जाको विषय हो । यस्तो विषयमा सरकार बेखवर रहनु दुखद् कुरा हो । सबै किसानको दूध र उखुको भुक्तानी तत्कालै गर्न यो बैठक सरकारसँग माग गर्दछ । 

७. जाजरकोट लगायत पश्चिम नेपालमा गएको भुकम्पको दुई वर्षसम्म पनि पुनर्निर्माणको काम शुरु नभएको अवस्थाप्रति गहिरो चासो व्यक्त गर्दै यो बैठक भूकम्प पीडित जनताको आवज सुन्न र यथाशिघ्र पुनर्निर्माणको काम अगाडि बढाउन सरकारसँग जोडदार माग गर्दछ । 

८. यो बैठक गत असोज १०–१२ को भारि वर्षाले देशैभर पु¥याएको क्षतिको अविलम्व पुननिर्माण गरी वी.पी राजमार्ग लगायतका यातायात अविलम्व पुन सुचारु गर्न सरकारसँग जोडदार माग गर्दछ ।

९. संसदमा दवाफार छलफलमा रहेका विद्यालय शिक्षा विधेयक र निजामति सेवा सम्बन्धी विधेयकका बारेमा सम्वन्धित सबै सरोकारवालाहरू र विज्ञहरूसँगसमेत ब्यापक छलफल गरी यथाशिघ्र उपयुक्त निश्कर्षमा पुग्न र ऐन निर्माणको प्रक्रियालाई अगाडि बढाउन सम्बन्धित पक्षहरूलाई यो बैठक आह्वान गर्दछ । 

१०. कंचनपुर जिल्ला लगायत देशका विभिन्न स्थानमा भारतीय पक्षबाट भएका सीमा हस्तक्षेप, अतिक्रमण र सीमाना नदीका धार परिवर्तन गर्ने जस्ता कार्यप्रति गहिरो चासो ब्यक्त गर्दै र सख्त विरोध गर्दै यो बैठक यस्ता समस्याको समाधान गर्न सरकारले शिघ्रातिशिघ्र कुटनीतिक पहलकदमी लियोस् भन्ने माग गर्दछ ।

११. नेपाली समाजमा अझै पनि जातीय छुवाछुत र भेदभाव विद्यमान रहेको छ । हालै सर्लाही जिल्लाको बरहवाका सत्येन्द्र राम र नेहा रौनियारबीचको अन्तरजातीय विवाहलाई सर्वोच्च अदालतले समेत मान्यता दिइसकेको अवस्थामा नेपाल सरकारका गृहमन्त्री र प्रहरी उच्च अधिकारी जातीय भेदभावको पक्षमा उभिएको देखिनु खेदपूर्ण छ । त्यसैगरी अछाम जिल्लाको सरस्वती पुजामा भएको विभेद, बैतडी जिल्लाको सिरुगामा मृत्यु भएको दलितको लाश नउठाएको घटना, रौतहट जिल्लामा राजेश पासवानमाथि छठपर्वको विषयलाई लिएर झुट्टा मुद्धामा फसाउने कार्य र देशभरि घटेका अन्य जातीय छुवाछुत र दुरव्यवहारका घटनाको यो बैठक विरोध गर्दछ । 

१२. गत वर्षदेखि प्यालेस्टाइनको गाजा क्षेत्रमा इजरायलले चलाएको नरसंहारले विश्व जनमतलाई विचलित बनाएको छ । यो बैठक विश्व जनमत तथा संयुक्त राष्ट्रसंघको प्रस्तावअनुसार स्वतन्त्र प्यालेस्टाइनको पक्षमा अभिमत दोहो¥याउँदै त्यहाँका जनतामाथि गरिएको बर्बरतापूर्ण आक्रमणको विरुद्ध तथा स्वतन्त्र प्यालेस्टीनी राज्यको पक्षमा संसारभरी उठेको आवाजमा ऐक्यबद्धता जनाउँछ र गत वर्षदेखि बन्धक रहेका नेपाली नागरिक विपिन जोशीको यथाशिघ्र रिहाईका लागि माग गर्दछ । 

१३. नेपालीहरूले विदेशमा रँहदा राहदानीको म्याद समाप्त भएपछि सम्बन्धित देशमा रहेका नेपाली राजदूतावासबाट राहदानी लिने प्रक्रियामा धेरै सकस भोग्नु परेको छ । राहदानीको अभावका नाममा नेपालीहरूले, खासगरी कामदार नेपालीहरूले जे जस्तो सास्ती र झन्झट बेहोर्नु परेको छ । यस समस्याको तत्काल समाधान गर्दै सम्बन्धित दूतावासबाट तुरुन्त राहदानी प्राप्त गर्न सक्ने व्यवस्था मिलाउन यो बैठक सरकारसँग जोडदार माग गर्दछ ।

१४. विदेशबाट नेपालमा विप्रेषण (रेमिट्यान्स) पठाउँदा नेपाली बैंकहरूले चर्को शुल्क लिने हुँदा रेमिट्यान्स अबैध बाटोमा लागेको र नेपालीहरूले कठिन श्रम गरी आम्दानी गरेको रकम उनीहरूले नै प्रयोग गर्न नपाई बैंकहरूलाई मात्र फाइदा पुगेको हुँदा यो बैठक रेमिट्यान्सको शुल्क घटाउने व्यवस्था गर्न र वैधानिक माध्यमबाट नेपालमा पैसा पठाउनेहरूलाई प्रोत्साहन गर्ने सुविधाहरू प्रदान गर्न सरकारसँग जोडदार माग गर्दछ ।

१५. नेपाली जनताले आफुमा निहित सार्वभौमसत्ता तथा स्वशासनको अभ्यास गर्ने सन्दर्भमा दशकौँ लामो सङ्घर्ष र ठूलो बलिदानबाट स्थापना गरेको लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकास गर्दै समुन्नत समाजवादी भविष्य निर्माणमा योगदान गर्नु हामी सबै नेपालीको आजको अभिभारा हो । यस राष्ट्रिय अभिभाराको प्रतिकुल हुने कुनै पनि अभिव्यक्ति तथा प्रयत्न नेपाली जनतालाई सह्य छैन । यो बैठक कुनै पनि प्रतिगामी तथा पुनरुत्थानवादी षडयन्त्रलाई असफल पार्न नेपाली जनता सक्षम छन् भन्ने तथ्यलाई दोहो¥याउन चाहान्छ ।

१६. यसैबिच हाम्रो पार्टीका पोलिटव्यूरो सदस्य क.विदुर सापकोटा, केन्द्रीय सल्लाहकार परिषद्का सदस्य कमरेडहरू रामजी शर्मा र तेजा चौधरीको दुःखद निधन भएको छ । यो बैठक कमरेड बिदुर सापकोटा, रामजी शर्मा र तेजा चौधरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र उहाँका शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ । त्यसैगरी हाम्रो पार्टी केन्द्रीय कमिटीका उपाध्यक्ष कमरेड प्रकाश ज्वालाका भाई बलबहादुर साहु (बि.सी.), केन्द्रीय कमिटीका सचिव कमरेड बलदेव चौधरीकी आमा घुटनदेवी चौधरी, पार्टीका पोलिटब्युरो सदस्य कमरेड रामकुमार ज्ञवालीका दाजु फणिन्द्र ज्ञवाली, पार्टीका पोलिटव्युरो सदस्य कमरेड उषा पोखरेलका छोरी ज्वाई र नाती प्रिजा खतिवडा, मनुराज शर्मा र अधिराज शर्मा, केन्द्रीय कमिटी सदस्य कमरेड चन्द्रा श्रेष्ठका छोरा निश्चल राजभण्डारी, केन्द्रीय कमिटी सदस्य कमरेड गोमादेवी तिमल्सिनाकी सासुआमा ऋषिमाया तिमल्सिनाको निधन भएको छ । त्यस्तै, केन्द्रीय अनुशासन आयोगका सदस्य कमरेड सीताराम नेपालकी आमा बालकुमारी नेपाल र केन्द्रीय निर्वाचन आयोगका सदस्य कमरेड सुरेन्द्र यादवका पिता असर्फी यादव, केन्द्रीय सल्लाहकार परिषद् सदस्य कमरेड यादव शर्माकी आमा देवकुमारी चौलागार्ई, केन्द्रीय सल्लाहकार परिषद् सदस्य जीवछ महतोकी श्रीमती क. उर्मिला महतो , केन्द्रीय सल्लाहकार परिषद् सदस्य रामचन्द्र भट्टराइकी श्रीमती क. मैयाँदेवी ज्ञवालीको निधन भएको छ । हाम्रो पार्टी दिवङ्गत सबैमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र कमरेडहरू प्रकाश ज्वाला, बलदेव चौधरी, रामकुमार ज्ञवाली, उषा पोखरेल,चन्द्रा श्रेष्ठ, गोमा तिमल्सिना, सीताराम नेपाल, सुरेन्द्र यादव र जीवछ महतो,यादव शर्मा र रामचन्द्र भट्टराइलगायत उहाँहरूका परिवारजन तथा आफन्तहरूमा गहिरो समवेदना प्रकट गर्दछ। 

हाम्रो पार्टीका पोलिटब्युरो सदस्य कमरेड हंशबहादुर शाही सडक दुर्घटनामा परी गम्भीर घाइते हुनु भएको छ । केन्द्रीय कमिटी सदस्य कमला साउद लामो समयदेखि क्यान्सर रोगसँग लडिरहनु भएको छ। हालै, पोलिटब्युरो सदस्य तथा पोखराका मेयर कमरेड धनराज आचार्य र नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेल दुर्घटनामा परी घाइते हुनु भएको छ। यो बैठक सबै कमरेडहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

घनश्याम भूसाल
महासचिव, नेकपा (एकीकृत समाजवादी) 
१२ फागुन २०८१ 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्वकै सबैभन्दा प्रदूषित सहरको पहिलो स्थानमा काठमाडौँ

काठमाडौँ । अन्तर्राष्ट्रिय वायु प्रदूषण मापन संस्था ‘आईक्यू एयर’का अनुसार काठमाडौँ विश्वकै सबैभन्दा बढी वायु प्रदूषण हुने सहरको सूचीमा पहिलो स्थानमा प...

समानुपातिकतर्फ राप्रपाले पार गर्‍यो ३ प्रतिशतको थ्रेसहोल्ड

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ तीन लाख मत पार गर्दै आवश्यक थ्रेसहोल्ड पार गरेको छ। २१ फ...

गोरखा–१ मा रास्वपाका सुधन गुरुङ भारी मतान्तरले विजयी, कांग्रेस उम्मेदवार खत्री दोस्रो

गोरखा । गोरखा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुधन गुरुङ विजयी भएका छन्। मतगणनाको अन्तिम परिणामअनुसार गुर...

इलाम–१ मा कांग्रेसका निस्कल राई विजयी, त्रिपक्षीय प्रतिस्पर्धामा नेम्वाङ दोस्रो

काठमाडौं । इलाम जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार निस्कल राई विजयी भएका छन्। त्रिपक्षीय प्रतिस्पर्धा भएको निर्वाचनमा र...

धनुषा–१ मा रास्वपा उम्मेदवारको उम्मेदवारी खारेजीबारे सर्वोच्चको कारण देखाऊ आदेश, मतपरिणाम अझै स्थगित

काठमाडौँ । सर्वोच्च अदालतले निर्वाचन आयोगद्वारा उम्मेदवारी खारेज गरिएका धनुषा क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किश...

ओखलढुंगामा हराएका मतपत्र समानुपातिक ढ्वाङमा भेटिए, अब के होला ?

काठमाडौँ । ओखलढुंगा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका क्रममा प्रत्यक्षतर्फ हराएका भनिएका मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटिएका छन्। ...

झापामा गौरादह मेयर छत्रपति सुवेदीमाथि हातपात, आरोपी पक्राउ

विराटनगर। झापाको गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीमाथि आइतबार साँझ अभद्र व्यवहारसहित हातपात भएको छ। प्रहरीका अनुसार, गौरादह–५, राजपति चोक, चप्...

राष्ट्रिय सभाका निर्वाचित सांसदले गरे शपथ ग्रहण

काठमाडौँ । माघ ११ गतेको राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा पद तथा गोपनीयताको ...

धनुषा–१ मा किशोरी साह कमलको उम्मेदवारी खारेजविरुद्ध सर्वोच्चमा प्रारम्भिक सुनुवाइ

काठमाडौँ । किशोरी साह कमलले राष्ट्रिय स्वतन्त्र पार्टी तर्फबाट धनुषा–१ मा उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट नि...

प्रत्यक्षतर्फ तीन सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिकमा तीन लाख कटायो

काठमाडौँ । प्रत्यक्षतर्फ तीन सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिक मतमा करिब तीन लाख आठ हजार ६५६ मत प्राप्त गरेको छ। कुल ८८ लाख ४८ हजार १४८ मत ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE