Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

संविधान संशोधन राजनीतिक एजेण्डा होः पूर्वमन्त्री शर्मा

खबरडबली संवाददाता

पोखरा ।  पछिल्लो समय माथापच्चीको एक विषय बनेको छस् संविधान संशोधन। २०७२ मा घोषणा भएको संविधान संशोधनको विषयमा दुई ठुला दल एकै ठाउँमा उभिएपछि थप चुलिएको छ।

संविधान संशोधनको पक्ष र विपक्षमा बहस भइरहन्छ। संविधान संशोधन किन गर्ने रु के संविधान संशोधन आवश्यक छ रु राजनीतिक राजनीतिक अस्थिरताको कारक संविधानमा भएका केही प्रावधानलाई मान्दै केही यसको संशोधनको पक्षमा उभिएका छन्। सरकार गठबन्धन प्रक्रिया, अनावश्यक आयोग, नियुक्तिका विषय देखाएर संशोधनको विषय उठाइरहेका छन्।

अर्का पक्षमा भने यसलाई राजनीतिक स्वार्थसँग जोडेका छन्। पोखरामा भइरहेको १२ औं एनसिएल फाउडेण्सन नेपाल लिटरेचर फेस्टिभलको तेस्रो दिन भएको ‘संविधान संशोधनको औचित्य’ विषयमा बोल्दै नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० की नेतृ एवं पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले यस पछाडि अन्य अन्तर्निहित कारण हुनसक्ने आशंका गरिन्।

‘संविधान संशोधनको जून चर्चा बहस छलफल हामीले गरेका छौँ यो गर्नका लागि मात्र हो कि यसका पछाडि अरु कुनै अन्तर्निहित कारण छन्। बहुमत पुगेन भन्ने नाममा संविधान संशोधन गरेर उत्पीडित जाति समुदाय क्षेत्रको अधिकारलाई कटौती गर्ने कुरा चाहिँ हाम्रो लागि मान्य छैन,’ शर्माले भनिन्।

आजको समयमा संशोधनको चर्चा राजनीतिक एजेण्डा मात्र रहेको उनको भनाइ थियो। ‘आजको दिनमा जून संविधान संशोधनको चर्चा चलिरहेको छ अहिले मलाई के लागेको छ भने गठबन्धन परिवर्तनको निम्ति अगाडि सारिएको राजनीतिक एजेण्डा हो। सम्भवतः संविधान संशोधन गर्ने मनसायले हो कि होइन भन्ने मलाई आशंका पनि छ,’ शर्माले थपिन्।

यद्यपि संविधान असंशोधनीय चीज नभएको उनको भनाइ छ। संविधान गतिशील दस्ताबेज भएकाले यसलाई समृद्ध बनाउँदै लैजान आवश्यक रहेको भनाइ शर्माको छ। राजनीतिक अस्थिरताको विषयमा शासकीय प्रणाली चयनमै समस्या भएको उनले बताइन्।

‘संविधान असंशोधनीय चीज होइन। यो गतिशील दस्ताबेज हो। यसलाई समृद्ध गर्दै जानुपर्छ। आज पनि हाम्रो प्रतिबद्धता के मा छ भन्दा यो अस्थिरताका कुरा छन् पटकपटक सरकार बदलिने काम मात्र भइराख्यो यसमा मुख्य शासकीय प्रणाली चयन यसमा समस्या देखेको छु। प्रत्यक्ष कार्यकारी राष्ट्रपति हुने हो भने यो पाँच वर्ष चल्ने सरकार बन्थ्यो,’ शर्माले भनिन्।

संशोधनको विषयलाई राजनीतिक एजेण्डा बताउने शर्माले संविधानमा भएका केही विभेद मिलाउनुपर्ने आवश्यकता रहेको विचार राखिन्।

‘निर्वाचन प्रणालीमा आउँदा असाध्यै खर्चिलो देखका छौँ त्यसकारण पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्छ र नागरिकतामा महिलाहरूलाई विभेद गरिएको छ सो सम्बन्धी जून प्रावधान छ संविधानमा त्यसलाई पनि मिलाउनुपर्छ,’ शर्माले भनिन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आकस्मिक गस्ती’ कि आकस्मिक प्रदर्शन ? फिल्डमा गृहमन्त्री, दबाबमा प्रहरी !

काठमाडौं। गृह मन्त्रालय सम्हालेयता गृहमन्त्री सुदन गुरुङको शैली परम्परागत भन्दा फरक देखिएको छ। मन्त्रालयको बैठक कक्ष र नियमित ब्रिफिङभन्दा बाहिर निस्क...

बिसुपर्व मनाउन घर फर्कँदै नेपाली

कैलाली। सुदूरपश्चिमवासीले मनाउने बिसुपर्व अर्थात् नयाँ वर्ष नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारततर्फ गएका सर्वसाधारण केही दिनयता धमाधम घर फर्...

हदबन्दीको कागज र सत्ता वरिपरि फैलिएको जग्गा : कानुन, परिवार र ‘लुपहोल’को कथा

काठमाडौं।  नेपालमा भूमिसम्बन्धी ऐन २०२१ (२०७६ संशोधनसहित) ले स्पष्ट रूपमा भन्छ— कुनै व्यक्ति वा निजको परिवारले क्षेत्रअनुसार तोकिएको सीमा भन्दा बढी जग...

सुनको कसीमा सरकार : ‘स्वर्णिम’ व्यंग्यदेखि ‘पहेँलपुर’ यथार्थसम्म

काठमाडौं । राजनीतिमा स्मृति छोटो हुन्छ भनिन्छ, तर सामाजिक सञ्जालको स्मृति असाध्यै लामो हुन्छ। आठ वर्षअघिको एउटा व्यंग्यात्मक पोस्टले अहिलेको सत्तालाई ...

बागमती प्रदेशका सांसदहरूसँगको छलफल प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले बागमती प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले स...

चर्च ब्वाइज काठमाडौँ विराट गोल्ड कपको सेमिफाइनलमा

मोरङ । ३८औँ संस्करणको विराट गोल्ड कप फुटबल–२०८२ प्रतियोगिताअन्तर्गत आज राति भएको खेलमा चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ ।...

सुनले झपक्कै मन्त्रिपरिषद् : सरकार चल्ला कि सुनकै तौलमा ढल्ला ?

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् अहिले नीतिले भन्दा पनि सुनले बढी चम्किएको देखिन्छ। आज सार्वजनिक गरिएको सम्पत्ति विवरण हेर्दा लाग्छ—यो...

लालीगुराँस संरक्षण अभियान सञ्चालन गर्दै जन्तेढुङ्गा

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस संरक्षण अभियान’ सञ्चालन गरेको छ । स्थानीय बास...

परराष्ट्रमन्त्री खनालको सम्पत्तिः २२ तोला सुन

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्ति विवरण सार्वजनिक भएको छ । उक्त विवरण अनुसार मन्त्री खनालसँग विभिन्न कम्पनीमा लगानीदेखि सुनसम्म रहेको ...

तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

झापा। झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending