रौतहट । आँखा अस्पताल गौर पुरेनवाले २० लाख बढी मानिसलाई पुनः संसार देखाएको छ।रौतहट सर्लाही, बारा देखी भारतासम्म लोकप्रिय पुरेनवा आँखा अस्पतालले मोतिबिन्दु लगायत रोगको सफल अपरेसन र आँखा सम्बन्धी बिभिन्न रोगको उपचार गरी निको बनाएर२० लाख भन्दा बढी मानिसलाई पुनः संसार देखाएको हो।
अस्पताल सञ्चालन भएको २०५४ साल पुस महिना देखी हालसम्म कुल १ लाख, ९३ हजार ६८३ जना मोतिबिन्दु लगायत बिभिन्न रोगबाट ग्रसित बिरामीको सफलता पूर्वक आँखाको अपरेशन गरी पुनः संसार देखाएको अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर प्रज्वल बस्नेतले बताएका छन्।
त्यसैगरी सोही अवधिमा अस्पतालमा ओपिडी सेवा मार्फत कुल १८ लाख ८८२ जना आँखा रोगका बिरामीहरूको सफल उपचार गरी निको बनाईएर पुनः संसार देखाएको अस्पतालका लेखा अधिकृत पवन न्यौपानेले जानकारी दिएका छन्।
आँखा अस्पताल पुरेनवामा मेडिकल डाईरेक्टर डाक्टर बस्नेत संगै नेत्र विशेषज्ञ डाक्टर प्रिती चाैधरि, सुरेन्द्र मिश्रा, मनाेज साह लगायत ६६ जना कर्मचारी कार्यरत रहेका छन्। आँखाको अपरेशन फेकाे प्रविधि र एस आई सी एस (sics )प्रविधि बाट हुने गरेको अस्पतालले जनाएको छ।
आँखा अस्पतालमा दैनिक सरदर ओपिडी तर्फ ४५० बिरामी उपचारको लागि आउने गर्दछन्। त्यसैगरी मोतिबिन्दु लगायत बिभिन्न रोगबाट ग्रसित ४५ जना बिरामीको आँखाको सफल अपरेशन हुनेगरेको अधिकृत न्यौपानेले जानकारी दिएका छन्।
नेपाल नेत्र ज्योती संघ द्वारा संचालित गाैर आँखा अस्पताल पुरेनवाका संस्थापक तथा स्थापना गर्न महत्वपूर्ण याेगदान दिएका आवाेका जापानका डाक्टर जुन्सुके आकुरा केहीदिन अघि अस्पतालको अनुगमन गरेका थिए।
डाक्टर आकुरा लामाे समय पश्चात् पुरेनवा आँखा अस्पतालकाे अकस्मात अनुगमन गरेका हुन्।अनुगमनको क्रममा अस्पताल परीवार उहाँहरुप्रति आभार प्रकट गर्दै नेत्र ज्योति संघ रौतहटको सभापतिमा विजय कुमार सिंह लगायतका आँखा अस्पतालका डाक्टर तथा पदाधिकारीले टिका माला लगाई खाँदा ओढाएर सम्मान सहित स्वागत गरेका थिए।
सो क्रममा डाक्टर आकुराले पुरेनवा आँखा अस्पतालले दिइरहेको सेवाको खुलेरै प्रशंसा गरेका थिए। तत्कालीन समाकल्याण मन्त्री स्व. शेख इद्रिस र नेपाल नेत्रज्योति संघ केन्द्रिय कार्यालयकाे पहल र डाक्टर कमल बहादुर खडकाको सक्रियतामा नेपाल सरकारबाट २ बिगाहा डेढ कठा जग्गा प्राप्त गरी आँखा अस्पतालको स्थापना गरिएको थियो।
जापानी दातृसंस्था आओका र २४आवर टेलिभिजनकाे आर्थिक सहयाेगमा भवन निर्माण पश्चात बि.सं. २०५४ पाैष १६ गते तत्कालीन स्वास्थ राज्यमन्त्री ब्रजकिशाेर सिंहबाट बिधिवत रुपमा उदघाटन भएर संचालन अस्पतालले सेवा सुरु गरेको थियो। ईश २००६ अगष्ट महिना देखि कुनै पनि दातृ निकायको सहयोग नरहेको अस्पतालका लेखा अधिकृत पवन न्यौपानेले बताए।
गौर आँखा अस्पताल पुरेनवा तराई मधेश देखी भारतसम्म निकै लोकप्रिय रहेको छ। उक्त अस्पतालमा तराई मधेशका साथै आँखा सम्बन्धी रोगको उपचार तथा मोतिबिन्दु रोगको अपरेसन गराउन भारतको बिहार देखी उत्तरप्रदेशको बिरामीहरू आउने गर्दछन्।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २८ गते, २०८२ - २१:५३
भोजपुर । सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरिय...
चैत्र २८ गते, २०८२ - २१:४५
नुवाकोट । आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम त...
चैत्र २८ गते, २०८२ - २१:४२
ललितपुर। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सदस्यता शुल्क एक सय रुपैयाँ भएको बताएका छन्।ललितपुरमा आयोजित पार्टीको भेलालाई सम...
चैत्र २८ गते, २०८२ - २१:३१
दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा...
चैत्र २८ गते, २०८२ - २१:२९
नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । ...
चैत्र २८ गते, २०८२ - २०:०६
निजी अस्पतालको शुल्क नियन्त्रण गर्न स्तरीकरणको व्यवस्था
चैत्र २८ गते, २०८२ - १९:५७
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले पूर्वप्रधानमन्त्री लगायत उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गर्दै आफू त्यसक...
चैत्र २८ गते, २०८२ - १९:५५
काठमाडौं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ। नवलपरासी पश्चिम, सुनवल नगरपालिका-२ मुखिया टोलबाट अवैध लागूऔ...
चैत्र २८ गते, २०८२ - १९:५१
दाङ । यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ। आज सम्पन्न फाइनल खेलमा पाल्प...
चैत्र २८ गते, २०८२ - १९:४५
प्रधानमन्त्रीको निर्देशनमा दुई दिन चले, फेरि विमानस्थलतिर मोडिए


प्रतिकृया लेख्नुहोस्: