Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

विभिन्न स्थानबाट लागू‌औषधसहित १७ जना पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । देशका विभिन्न स्थानबाट लागू‌औषधसहित प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ।

नवलपरासी पश्‍चिम, सुनवल नगरपालिका-२ मुखिया टोलबाट अवैध लागूऔषध गाँजा करिब १८ किलो ६ सय ८८ ग्राम सहित सोही ठाउँ बस्ने ६० वर्षीया बेली बनियालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो।

ललितपुर, गोदावरी नगरपालिका-५ लेलेबाट अवैध लागूऔषध गाँजा करिब ३० किलोग्राम सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ लेले घर भएका ४० वर्षीय किरण कुमार परियार, ३१ वर्षीय निर्मल घलान र ५९ वर्षीय राज कुमार सुन्दास रहेका छन्। प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।

सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ७० मिलिग्राम सहित इटहरी उपमहानगरपालिका-१६ बस्ने २४ वर्षीय सुशान ठाकुरलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

बाँके, कोहलपुर नगरपालिका-६ रझेनाबाट अवैध लागूऔषध ट्रामाडोल १ सय ८८ ट्याब्लेट र नाइट्राजेपाम १ सय ७८ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २४ वर्षीय पवन कुमार केसीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो।

यसैगरी बाँकेकै, नेपालगंज उपमहानगरपालिका-१५ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल २० ट्याब्लेट र नाइट्राजेपाम ५० ट्याब्लेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा दाङ तुलसीपुर उपमहानगरपालिका-५ बस्ने २६ वर्षीय समिर घर्ति र २६ वर्षीय रमेश गन्दर्भ रहेका छन्।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

सिराहा, सुखीपुर नगरपालिका-८ महदेवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ९ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय सुशिल कुमार चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले  उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

कैलाली, धनगढी उपमहानगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम र नियन्त्रित लागूऔषध स्पास्मो ६ ट्याब्लेट सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-२ बस्ने २१ वर्षीय अविशेक शर्मा, सोही उपमहानगरपालिका-३ बस्ने २० वर्षीय देव शर्मा र बझाङ जयपृथ्वी नगरपालिका-१० घर भएका २७ वर्षीय सन्जिव रिजाल रहेका छन्।

अस्थायी प्रहरी पोष्ट बिशालनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

नवलपरासी पूर्व, कावासोती नगरपालिका-१ कोईलापानीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६३ ट्याब्लेट र एनारगन ६६ ट्याब्लेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने २४ वर्षीय सुनिल विक र सोही नगरपालिका-१ बस्ने २३ वर्षीय अनिल सुनार रहेका छन्। अस्थायी प्रहरी पोष्ट शंखदेवबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४७ ग्राम सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सिराहा बरियारपट्टी गाउँपालिका-४ बस्ने २४ वर्षीय उदित नारायण राय अमात, मोरङ बेलबारी नगरपालिका-१० बस्ने ३७ वर्षीय पदम बहादुर जोगी र झापा मेचीनगर नगरपालिका-२ बस्ने २४ वर्षीय निकास आले रहेका छन्।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दीबास समेतबाट खटिएको प्रहरीले लाहानबाट काठमाडौंतर्फ जाँदै गरेको मधेस प्रदेश०१-००१ ख ०६२८ नम्बरको हायसमा सवार उदितलाई ५ सय ३० मिलिग्राम, इटहरीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्रदेश०१-००२ ज ७५९९ नम्बरको ट्याक्सीमा सवार पदमलाई १२ ग्राम ६ सय मिलिग्राम र काँकडभित्ताबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९६६० नम्बरको हायसमा सवार निकासलाई ३३ ग्राम ८ सय ७० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्वास्थ्य क्षेत्रमा आमूल सुधारको प्रस्ताव

निजी अस्पतालको शुल्क नियन्त्रण गर्न स्तरीकरणको व्यवस्था

सम्पत्ति छानबिनका लागि तयार छु, सरकारले काम गरेको देखेन: वामदेव गाैतम

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले पूर्वप्रधानमन्त्री लगायत उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गर्दै आफू त्यसक...

विभिन्न स्थानबाट लागू‌औषधसहित १७ जना पक्राउ

काठमाडौं । देशका विभिन्न स्थानबाट लागू‌औषधसहित प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ। नवलपरासी पश्‍चिम, सुनवल नगरपालिका-२ मुखिया टोलबाट अवैध लागूऔ...

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रुपन्देहीलाई

दाङ । यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ। आज सम्पन्न फाइनल खेलमा पाल्प...

लुम्बिनीका विद्युतीय बसमा स्वार्थको छायाँ

प्रधानमन्त्रीको निर्देशनमा दुई दिन चले, फेरि विमानस्थलतिर मोडिए

गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही : नेकपा संयुक्त

काठमाडौं । नेकपा संयुक्तले पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनलाई अपूर्ण र पूर्वाग्रही भएको टिप्पणी गरेको छ। शनिबा...

सङ्खुवासभामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते

सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छभने दुई जना घाइते भएका छ...

अमेरिकाबाट एकैपटक ३५ नेपाली डिपोर्ट, पछिल्लो दुई महिनामा २ सय बढी फर्काइए

काठमाडौं ।  अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत डिपोर्ट गरेको छ। विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेका अनुसार उनीहरू गत ७ अप्रिल (...

उपसभामुखमा उम्मेदवारी दिएकोमा राप्रपा महामन्त्री राणा असन्तुष्ट

काठमाडौँ । राप्रपाका महामन्त्री धवल शमशेर राणाले उपसभामुख पदको उम्मेदवारी पार्टीको संस्थागत निर्णयबिना अघि बढाइएको विषयप्रति गम्भीर असन्तुष्टि व्यक्त ...

एकीकरण एक हप्ताभित्र टुंग्याउने प्रयास भइरहेकाे छ: माधव नेपाल

काठमाडौ । काठमाडौँमा आयोजित कार्यक्रममानेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको बाँकी सङ्गठनात्मक एकीकरण ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending