काठमाडौं । दक्षिण कोरिया मानव संसाधन विभाग (एचआरडी) ले यस वर्षका लागि इपिएसमार्फत कोरियाली भाषा परीक्षाको नयाँ आवेदन खुलाउन ढिला गरेको छ । अघिल्लो वर्ष उत्पादनमूलक क्षेत्रमा पुसमै भाषा परीक्षाको आवेदन खुला गरेको एचआरडी कोरियाले अहिलेसम्म आवेदन माग गरेको छैन ।
परीक्षाको मिति तय नहुँदा भाषा परीक्षाको तयारीमा रहेका युवाले ग्वार्कोस्थित रोजगार अनुमति प्रणाली (इपिएस) कोरिया शाखामा बारम्बार सम्पर्क गर्दै आएका छन् । यता एचआरडी कोरियाको वेबसाइटमा पनि नेपालसहित केही देशमा इपिएस भाषा परीक्षाको आवेदन मिति तय हुन बाँकी रहेको उल्लेख छ । सन् २०२५ का लागि एक लाख ६३ हजार जना परीक्षामा सहभागी भएकोमा १७ हजार ३० जना भाषा परीक्षामा उत्तीर्ण भएका थिए । तीमध्ये केहीको करार सम्झौतासमेत भई जान सुरु गरेको इपिएस कोरिया शाखाले जनाएको छ ।
इपिएस कोरिया शाखाका निर्देशक राजकुमार राईले हालसम्म इपिएस कोरिया शाखामा एचआरडी कोरियाबाट भाषा परीक्षाको कार्यतालिका प्राप्त नभएको र कुनै जानकारी पनि प्राप्त नभएको बताए । यसले अन्योलको अवस्था देखिएको उनको भनाइ छ ।
अघिल्लो वर्षमा एउटै क्षेत्रमा आवेदन दिनेहरूको सङ्ख्या धेरै हुँदा एचआरडी कोरियाले कोरियाली भाषा परीक्षा सक्न एक वर्ष लागेको थियो । त्यसैले गर्दा असर नयाँ आवेदन देखिएको अनुमान छ । एचआरडी कोरियाले तत्काल लिने श्रमिकको सङ्ख्याभन्दा बढीमा २० प्रतिशत मात्रै रोस्टरमा रहने गरी माग गर्ने गरी तयारी इपिएस शाखाको छ । यसअघि दक्षिण कोरियाले इपिएस भाषा परीक्षामा श्रमिकको माग सङ्ख्याभन्दा दुई तिहाइभन्दा बढी मात्रै आवेदन लिन नेपाललाई आग्रह गरेको थियो । एचआरडी कोरियाले सन् २०२५ मा नेपालका लागि इपिएस अन्तर्गत यस वर्ष सेवामूलक र वन विज्ञानसहित ‘होटेल तथा रेस्टुराँ’ र पानीजहाज निर्माणका क्षेत्रमा पनि भाषा परीक्षा सञ्चालन गर्ने बुझिएको छ । त्यसो त यसअघि नै भाषा परीक्षा उत्तीर्ण भएर पनि दक्षिण कोरिया जाने पर्खाइमा रहेका नेपालीको सङ्ख्या ३० हजारभन्दा धेरै रहेको छ ।
एचआरडी कोरियाले इपिएस प्रणालीमार्फत १६ देशबाट श्रमिक लगिने गरेकोमा यस पटक ताजिकिस्तान पनि थपिएको छ । देश थपिएसँगै सन् २०२५ मा नेपालबाट दक्षिण कोरिया लैजाने श्रमिकको सङ्ख्या उल्लेख्य मात्रामा घट्न सक्छ ।
दक्षिण कोरियाले इपिएस प्रणालीबाट बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, क्याम्बोडिया, म्यान्मारसहित विभिन्न देशहरूबाट कामदार लैजाने गरेको छ । तीमध्ये पछिल्ला वर्षमा सबैभन्दा धेरै श्रमिक नेपालबाट पर्ने गरेका छन् ।
सन् २०२३ मा नेपालबाट इपिएस प्रणाली अन्तर्गत १९ हजार ६९८ कामदार रोजगारीका लागि छनोट भएका थिए । त्यसअघि सन् २०२२ मा १४ हजार जना गएका थिए । भाषा परीक्षाको आवेदन खुलाउनुअघि गर्नुपर्ने दुई देशबिचको द्विपक्षीय श्रम सम्झौता नवीकरण पनि बाँकी छ । नेपाल र दक्षिण कोरियाबिच हरेक दुई वर्षमा नवीकरण गर्नुपर्ने श्रम सम्झौता २०२४ नोभेम्बरमा सकिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २८ गते, २०८२ - २१:५३
भोजपुर । सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरिय...
चैत्र २८ गते, २०८२ - २१:४५
नुवाकोट । आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम त...
चैत्र २८ गते, २०८२ - २१:४२
ललितपुर। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सदस्यता शुल्क एक सय रुपैयाँ भएको बताएका छन्।ललितपुरमा आयोजित पार्टीको भेलालाई सम...
चैत्र २८ गते, २०८२ - २१:३१
दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा...
चैत्र २८ गते, २०८२ - २१:२९
नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । ...
चैत्र २८ गते, २०८२ - २०:०६
निजी अस्पतालको शुल्क नियन्त्रण गर्न स्तरीकरणको व्यवस्था
चैत्र २८ गते, २०८२ - १९:५७
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले पूर्वप्रधानमन्त्री लगायत उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गर्दै आफू त्यसक...
चैत्र २८ गते, २०८२ - १९:५५
काठमाडौं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ। नवलपरासी पश्चिम, सुनवल नगरपालिका-२ मुखिया टोलबाट अवैध लागूऔ...
चैत्र २८ गते, २०८२ - १९:५१
दाङ । यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ। आज सम्पन्न फाइनल खेलमा पाल्प...
चैत्र २८ गते, २०८२ - १९:४५
प्रधानमन्त्रीको निर्देशनमा दुई दिन चले, फेरि विमानस्थलतिर मोडिए


प्रतिकृया लेख्नुहोस्: