Ntc summer Offer
Khabar Dabali १२ भाद्र २०८२ बिहीबार | 28th August, 2025 Thu
Investment bank

इपिएसको आवेदन आह्वानमा ढिलाइ

खबरडबली संवाददाता

काठमाडौं  । दक्षिण कोरिया मानव संसाधन विभाग (एचआरडी) ले यस वर्षका लागि इपिएसमार्फत कोरियाली भाषा परीक्षाको नयाँ आवेदन खुलाउन ढिला गरेको छ । अघिल्लो वर्ष उत्पादनमूलक क्षेत्रमा पुसमै भाषा परीक्षाको आवेदन खुला गरेको एचआरडी कोरियाले अहिलेसम्म आवेदन माग गरेको छैन ।  

परीक्षाको मिति तय नहुँदा भाषा परीक्षाको तयारीमा रहेका युवाले ग्वार्कोस्थित रोजगार अनुमति प्रणाली (इपिएस) कोरिया शाखामा बारम्बार सम्पर्क गर्दै आएका छन् । यता एचआरडी कोरियाको वेबसाइटमा पनि नेपालसहित केही देशमा इपिएस भाषा परीक्षाको आवेदन मिति तय हुन बाँकी रहेको उल्लेख छ । सन् २०२५ का लागि एक लाख ६३ हजार जना परीक्षामा सहभागी भएकोमा १७ हजार ३० जना भाषा परीक्षामा उत्तीर्ण भएका थिए । तीमध्ये केहीको करार सम्झौतासमेत भई जान सुरु गरेको इपिएस कोरिया शाखाले जनाएको छ । 

इपिएस कोरिया शाखाका निर्देशक राजकुमार राईले हालसम्म इपिएस कोरिया शाखामा एचआरडी कोरियाबाट भाषा परीक्षाको कार्यतालिका प्राप्त नभएको र कुनै जानकारी पनि प्राप्त नभएको बताए । यसले अन्योलको अवस्था देखिएको उनको भनाइ छ । 

अघिल्लो वर्षमा एउटै क्षेत्रमा आवेदन दिनेहरूको सङ्ख्या धेरै हुँदा एचआरडी कोरियाले कोरियाली भाषा परीक्षा सक्न एक वर्ष लागेको थियो । त्यसैले गर्दा असर नयाँ आवेदन देखिएको अनुमान छ । एचआरडी कोरियाले तत्काल लिने श्रमिकको सङ्ख्याभन्दा बढीमा २० प्रतिशत मात्रै रोस्टरमा रहने गरी माग गर्ने गरी तयारी इपिएस शाखाको छ । यसअघि दक्षिण कोरियाले इपिएस भाषा परीक्षामा श्रमिकको माग सङ्ख्याभन्दा दुई तिहाइभन्दा बढी मात्रै आवेदन लिन नेपाललाई आग्रह गरेको थियो । एचआरडी कोरियाले सन् २०२५ मा नेपालका लागि इपिएस अन्तर्गत यस वर्ष सेवामूलक र वन विज्ञानसहित ‘होटेल तथा रेस्टुराँ’ र पानीजहाज निर्माणका क्षेत्रमा पनि भाषा परीक्षा सञ्चालन गर्ने बुझिएको छ । त्यसो त यसअघि नै भाषा परीक्षा उत्तीर्ण भएर पनि दक्षिण कोरिया जाने पर्खाइमा रहेका नेपालीको सङ्ख्या ३० हजारभन्दा धेरै रहेको छ । 

एचआरडी कोरियाले इपिएस प्रणालीमार्फत १६ देशबाट श्रमिक लगिने गरेकोमा यस पटक ताजिकिस्तान पनि थपिएको छ । देश थपिएसँगै सन् २०२५ मा नेपालबाट दक्षिण कोरिया लैजाने श्रमिकको सङ्ख्या उल्लेख्य मात्रामा घट्न सक्छ । 

दक्षिण कोरियाले इपिएस प्रणालीबाट बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, क्याम्बोडिया, म्यान्मारसहित विभिन्न देशहरूबाट कामदार लैजाने गरेको छ । तीमध्ये पछिल्ला वर्षमा सबैभन्दा धेरै श्रमिक नेपालबाट पर्ने गरेका छन् । 

सन् २०२३ मा नेपालबाट इपिएस प्रणाली अन्तर्गत १९ हजार ६९८ कामदार रोजगारीका लागि छनोट भएका थिए । त्यसअघि सन् २०२२ मा १४ हजार जना गएका थिए । भाषा परीक्षाको आवेदन खुलाउनुअघि गर्नुपर्ने दुई देशबिचको द्विपक्षीय श्रम सम्झौता नवीकरण पनि बाँकी छ । नेपाल र दक्षिण कोरियाबिच हरेक दुई वर्षमा नवीकरण गर्नुपर्ने श्रम सम्झौता २०२४ नोभेम्बरमा सकिएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उखु किसानको आन्दोलनलाई समर्थन गर्न माइतीघर पुगे माधव नेपाल र बाबुराम भट्टराई

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेसपा (नयाँ शक्ति) अध्यक्ष डा‍. बाबुराम भट्टराईले उखु किसानको आन्दोलनमा समर्थन जनाएको छ। माइती...

कवाडी व्यवसायीको आन्दोलन र बालेन साहको नेतृत्वप्रति प्रश्न

बालेन साह रूपान्तरणको प्रतिक वा निरंकुश 'फेस लिफ्ट' ?

२०८४ को आशा : डा. भट्टराईको वैकल्पिक शक्तिको सपना र यथार्थको मूल्याङ्कन

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हालै दिएको अभिव्यक्तिमा उनले २०८४ सालसम्म नेपालमा वैकल्पिक शक्तिको उदय हुने ठोकुवा गरे। उनी आफैंले सुरु गरेको...

तीज केवल सौभाग्यको पर्व होइन, नारी शक्तिको उत्सव पनि होः नायिका रेखा थापा

काठमाडौं । नेपाली चलचित्रकी चर्चित नायिका रेखा थापाले हरितालिका तीजलाई नारीहरूको सौभाग्य र समृद्धिका लागि मात्र नभई नारी शक्तिको उत्सवका रूपमा लिनुपर्...

प्रभावकारी बन्दै 'शिक्षासँगै सिप कार्यक्रम', बिधालय शिक्षा पुरा गरे पछि सिपसहित निस्कने

माेरङ । मोरङ्गको पथरी शनिश्चरे वडा नम्वर ८ ले सुरु गरेको 'शिक्षा सँगै सिप कार्यक्रम' प्रभावकारी बन्दै गएको छ । वडाका तिन विद्यालयमा अघिल्लो...

आन्दोलनरत उखु किसानलाई माओवादी केन्द्रको ऐक्यबद्धता

काठमाडौं। सरकारले अनुदान कटौती गरेपछि काठमाडौंमा आन्दोलनरत उखु किसानलाई नेकपा माओवादी केन्द्रले ऐक्यबद्धता जनाएको छ। माइतीघर मण्डलामा धर्नामा रहेका...

कुवेत पुगेको आठौँ दिनमै सुर्खेतका युवकको आत्महत्या

कुवेत । कुवेतमा काम गर्न पुगेका एक नेपाली युवकले फ्लाइओभरबाट हाम फालेर आत्महत्या गरेका छन्। सुर्खेत, वीरेन्द्रनगर–४ शिवनगरका २३ वर्षीय हरिबहादुर गौतमल...

सँधै विवादमा आइरहने मेडिसिटी अस्पतालको ओरालो यात्रा

एक वर्षमै साढे ३२ करोड घाटा

उखुको बोटसहित किसान सडकमा आउनु दुःखद हाे: डा. शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उखुको भुक्तानी नपाएर किसानहरू उखुको बोटसहित सडकमा आउनु दुःखद भएको बताएका छन्। उनले सरकारलाई कि...

पशुपतिमा दर्शनार्थीलाई पानीको फोहोरा !

काठमाडौं । तीज पर्वको अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्नेहरुको बिहानैदेखि घुइँचो लागेको छ । दर्शनार्थीहरु बिहानैदेखि लामबद्ध भएर पूजा गरिसकेपछि नाचगान...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending